११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस र ८ मार्च

२०७९ फाल्गुन २४ गते, बुधबार
दाना केसी



खासमा महिलाहरुलाई जागरुक, सक्षम र शसक्त पार्न जागरुकताका मुद्धाहरु उठाउने विशेष दिन हो अन्तराष्ट्रिय श्रमिक महिला दिवस ! जहा शोसण हुन्छ त्यहाँ संघर्ष हुन्छ,जहा दमन हुन्छ त्यहाँ विद्रोह हुन्छ भने झैं पतृसत्तात्मक विभेद विरुद्ध “समान श्रमको समान ज्याला” (भन्ने मूल नारा बोकेको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको छुट्टै हमत्व रहेको छ । “११३औं अन्तराष्ट्रिय महिला दिवस तथा ८ मार्च” उत्सबको रुपमा अनाउन थालेको ११३औं वर्ष वितेछ । फेरि पनि ११३औं अन्तराष्ट्रिय महिला दिवसको दिन आई पुग्यो । यसलाई महिला दिवस अथवा नारी दिवस भनेर संसारका महिलाहरुले मनाउदै आएको देखिन्छ । यो उत्सब दिनको कुरा गर्दा यसको स्थापित कर्ता जर्मनकी एक महिला क्लारा जेडकीनको नामसँग जोडिएको पाईन्छ । उनी एक शिक्षित र खान्दानी परिवारमा जन्मिएकी थिइन् । आफ्नो पारिवारिक वातावरण भन्दा पनि पर रहेर एउटा महिलाको मुद्दालाई अगाडि सारेर विश्वसामु आफ्नो योगदानलाई प्रचार–प्रसार गर्न सक्षम महिलालाई हामीले आत्मसात गर्नुपर्छ । महिलामाथि हुने गरेका हिंसा, बलत्कार, शोसन र दमन हिजोदेखि नै यथावत थियो भन्ने कुरा यिनै इतिहासले स्पष्ट पार्दछन् । क्लारा अन्तर्राष्ट्रिय समाजवादी महिला नेता पनि थिइन् । उनले आफ्नो राजनीतिमा पनि निकै उतार चढाव भोगेकी थिइन् । अन्तर्राष्ट्रिय स्तरमै आफ्नो ठाउँबाट महिलामाथि हुने असमान व्यवहारले यो मुद्दालाई विश्वमा पु¥याउनु थियो । युरोपको सामन्ती आर्थिक क्रान्तिको पतन पछि पूँजीवादले श्रमिक महिलामाथि गरेको शोसन, दमन नै पहिलो थियो । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको पृष्टभूमिलाई फर्केर हेर्दा ठूलो चुनौतिलाई कुल्चिदै अघि बढेको पाईन्छ । यिनै मुद्दा महिला अधिकारको लागि अभियानको मूलनारा बनेर यो अवस्थामा आइपुगेको छ । हाम्रा सामु आईपुगेको ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सम्पूर्ण महिलाहरुमा शुभ–कामना व्यक्त गर्दछु ।
समय सपेक्षित तत्कालको महिला दिवसको नारा सरकारको तर्फबाट यस्तो रहेको छ । “लैङ्गिक समानताको बलियो आधार, श्रृजनात्मक प्रविधिमा महिला पहुँचको विकास” र राजैतिक रुपमा “महिला माथि हुने सबै प्रकारको विभेद र हिंसा अन्त्य गरौं, ११३औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले मनाऔं” यी दुबै आम महिलाहरुको निम्ति उति कै महत्व बोकेका नारा हुन्, किनकि समाजमा महिला मान्छेको स्थान नगनिने अवस्था, चरम शोसन, श्रम प्रतिको हेपाहा प्रवृत्ति जस्ता कुराले गर्दा शुरुमा सन् १८८९ मा पेरिसबाट शुरुभएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस न्यूओर्कको एक धागोको कारखानाबाट “समान श्रमको समान ज्याला” भन्ने मूल नारामा सन् १८९० मार्च ८का दिन नै महिलाहरुको आवाज बुलन्द गर्न आन्दोलन कै रुपमा एकजुट भई यो दिवसलाई मनाइएको पाईन्छ । खासगरी आम श्रमिक महिलाको दाँजोमा महिला श्रमिकले विशेष किसिकले सम्मान पाउनु पर्ने माग हो । त्यो समयदेखि नै विश्वमा ८ मार्चलाई महिलाकोहरुको लागि उत्सवको दिन मानिंदै आएको छ । अन्तर्राष्ट्रिय स्तरबाट सम्पूर्ण महिलाहरुको लागि उठेको वास्तविक र सह्रानीय अभियान कारुणिक हुनु आफ्नै ठाउँमा छ । यो अभियानलाई नेपालको राजनीति र नेपाली महिलाहरुको जनजीवनसँग जोडेर हेरौं । नेपाली महिलाहरुले वैधानिक रुपमा आफ्नो अधिकारको खोजनीति गर्दा–गर्दा लामोसमयसम्म पितृसत्तात्मक राज्य भएको कारण उचित तरिकाले प्राप्त गर्न असफल भएको पाईन्छ । थोरै भएका नीतिलाई पनि कार्यान्वयन गर्न नसकेको अवस्थाले महिलाको जीवनमा समस्या देखिएको हो । “मागेर होईन खोसेर लिने अधिकार”लाई नेपाली महिलाहरुले अझै केहि कसरत गर्नु पर्ने देखिन्छ किनभने नेपालको सन्दर्भमा भन्दाखेरी नेपाली महिलाहरुले पूर्णरुपमा अधिकार लिन सकिरहेकाछैनन् ।
अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सम्झनामा ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अधिराज्य भरी आ–आफ्नो संगठनात्मक तरिकाले सम्पन्न गर्दै गरेको अवस्थालाई गौरब गर्नु पर्दछ । बिचार आस्था आ–आफ्नो ठाउँमा भए पनि आम महिलाहरुको समस्या र उद्देश्य एउटै हुन्छ । त्यसैले अहिले सम्म महिलाहरुले आ–आफ्नो स्थानबाट अधिकारको आवाजलाई वुलन्द गर्न चैं भुलेका छैनन् ,यो अभियानले निरन्तरता पाउने छ । ११३ वर्ष अगाडि नै महिलाको वास्तविक जीवनसँग सहकार्य गर्दै र पीडित महिला जीवनको घटनालाई आत्मसात गर्दै सुनौलो भविष्यको अभियान दाताहरुलाई साथ दिंदै आउने क्रममा अहिले २१औं शाताव्दीका महिलाहरुले पनि यो अभियानसँग हातेमालो गर्न छोड्नु हुँदैन । हामीले सुनेका छांै र भोग्दै आइरहेका पनि छांै कि अधिकार भन्ने वस्तु धेरै महत्वपूर्ण र पद लोलुपलापूर्ण हुन्छ । कसैले पनि पाएको अधिकार दिन र खादै गरेको भाग अरुलाई सुम्पन, सहजै स्वीकार्न कठिन पर्दर्छ । नेपाली जनता, नेपालको राज्य सत्ता, राजनीति र नेपालीहरुको वास्तविक जीवनको वर्णन गर्दा जो कोहिले पनि १० वर्षे जनयुद्धलाई भुल्नु हुदैन, किनकि नेपाली जनताको जीवन १० वर्षे जनयुद्ध लगायत १९ दिने जनआन्दोलनसँग जोडिएको छ, यी संघर्षहरुले ठूलो भूमिका खेलेकाछन् । क्रान्तिमा हाम्रा महिला दिदी, बहिनीहरुले हरेक क्षेत्रबाट सहयोग मात्र होईन त्याग, तपस्या र बलिदान गरेको अवस्था होे । बर्षै पिच्छे अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनु र महिला उन्मुक्तिको आन्दोलनको दिनलाई स्मरण गर्नु दिदी बहिनीले आ–आफ्नो बारेमा दुःख र सुख पोख्नुका साथै सहयात्री साथीहरुको गुनासो र वेदनालाई सहकार्य मार्फत प्रस्फुटन गर्दै आएको पनि आज ११२ वर्ष पुगे छ । विशेष दिनमा हम्रो भेटहुने र फेरि अन्य परिस्थतिमा पीडालाई लुकाउनु परे यसको अर्थ रहंदैन । जुन युरोप र अमेरीका जस्ता विकसित राष्ट्र छन् ती राष्ट्रहरुमा पनि समय समयमा महिला हिंसा र बलत्कार जस्ता चरम यातनाका समाचारहरु सुन्नमा आउँछ । यस्तो किन हुन्छ त भन्दा पितृसत्ताको प्रशासन हाबी हुनु, महिलाहरुको मुद्दालाई देखाउन नचाहनु हो ।
विकसित देशका शिक्षित महिलाहरुले आफ्नो अधिकारलाई पूर्ण रुपमा प्राप्त गर्न नसकेको अवस्थामा हाम्रो नेपालको राज्यले महिला अधिकारलाई पूर्णरुपमा सहजै सुम्पनको लागि मनस्थिति बदलिनु पर्दछ र महिलाहरुको जीवनस्तर पनि अलि माथि उठ्नु पर्दछ । नेपाली महिलाहरुको माग धेरै ठूलो छैन । परिवर्तित समयसँग मिल्ने नेपाली महिलाहरुको महिला अधिकारको नारा “सामाजिक न्याय र लैङ्गगिक समानताः दिगो विकासको शुनिश्चितता” किनकि राज्यस्तरबाट नै हेर्नेहो भने पनि महिलाको लागि भनेर आधिकारीक रुपमा शून्य अवस्थाको व्यवस्थामा आन्दोलनबाट नै प्राप्त भएको त हो ३३ प्रतिशत आरक्षण ! ३३ प्रतिशत पनि निर्णायक पदमा खै र महिलाको पहुँच पुगेको ? यसको लागि महिला एक्लैले गर्ने स्थिति पनि त होइन । जीवन जीउनलाई त महिला र पुरुषको अपरिहार्य छ भने सत्तासंचालनमा पनि त्यसको खाँचो त छ ! तर हाम्रो नेपालमा परम्परा, धर्म, सँस्कृति र सामाजिक दृष्टिले बडेमानको जरा गाडेको छ र सबैको मनस्थितिलाई संकुचित बनाएको छ । आमाको नाममा नागरिकता पाउनलाई कति ठूलो आन्दोलन गर्नु प¥यो ? यो सत्य कुरा लुकाएर लुक्ने होईन । नेपाली समाजमा महिला अधिकारका लागि विभिन्न किसिमका आन्दोलन र अभियान संचालन भइरहेको अवस्थामा प्रत्येक वर्ष एक चोटी भएपनि मनाउने अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमले थप उर्जा थप्दै, अर्गानिक शक्ति दिनुकासाथै सबैलाई उपचार गर्न सफल भएको छ । म त भन्छु यसले आजीवन निरन्तरता पाओस् । विडम्वना के भने अधिकार र स्वायत्तताका लागि महिला आन्दोलन आ–आफ्नो क्षेत्रबाट सक्रियकासाथ आवाज बुलन्द गर्दै गर्दा पनि ठाउँ–ठाउँमा महिला हिंसाका घटनाहरु घट्ने क्रम बढ्दोछ ।
व्यक्ति, परिवार र समाजले लगाउने आरोप प्रत्यारोपदेखि लिएर महिलाहरुलाई यौन क्रियाकलापका आरोप लागाउनु, अभद्र व्यवहार गर्नु, होच्याएर बोल्नु, महिला भएकै कारण समाजमा हरेक कुरामा पछि पार्नु जस्ता व्यवहारहरु आम महिलाहरुले भोग्नु परेकोछ, यो नै महिला हिंसा हो । अधिकार कै कुरा गर्ने हो भने नेपालको सन्दर्भमा उदाहरणकोलागि लिन सकिन्छ । ललितपुर, भक्तपुर, पोखरा तिरका इट्टाभट्टामा काम गर्ने महिलाहरुलाई पनि अन्तराष्ट्रिय महिला दिवसको वारेमा बुझाउनु पर्ने देखिन्छ । सफल महिलाहरुले माथिल्लो तहबाट सफलताका कुरा गरे पनि आधार क्षेत्रका महिलाहरुको स्तर अनुसार विश्लेषण गर्नु पर्दछ । श्रमिक महिलाहरुको जीवन स्तरलाई मध्यनजर गरी यसका वारेमा व्यापक वहस गर्नु पर्ने देखिन्छ । महिला हिंसा प्रकारका हिसाबले शारीरिक, मानसिक लगायत आर्थिक, सामाजिक हिंसाका शिकार बन्दै आएका छन्, । नेपाली महिलाहरु दाइजोको नाममा मुद्दा उठाई यातना दिने, उत्तेजित कामहरुमा तृप्त पुरा गर्न इच्छा बिपरित शारीरिक शोषण गर्नु र महिलाहरुलाई अन्त्यमा मृत्युको बाटोलाई रोज्न पठाउनु, बलत्कार पछि हत्या गर्नु जस्ता जघन्य क्रियाकलापहरु नेपाली समाजमा चुलिंदै गएको छ । २१औं शताव्दीको राजनीतिले हामीलाई अधिकार र स्वतन्त्रताको भाग छुट्याउनुको सट्टा आफ्नै सुरक्षाको ज्ञारेन्टी दिन नसकेको अवस्थामा राज्यलाई फेरि हाम्रा प्रत्येक कदमका आन्दोलनले थप पृष्ठपोषण दिनु पर्ने देखिएको छ । किनकि महिलाका हरेक किसिमका मुद्दाका सुनुवाईको जिम्मा राज्यले लिनु पर्दछ । राज्यका कोटामा बसेका सम्पूर्ण महिलाहरुलाई पनि हाम्रा आवाजमा आवाज बुलन्द गर्न र भाषण मात्र होइन कार्यक्षेत्रमा पुगेर सम्पूर्ण श्रमिक महिलाहरुको कथा व्यथा बुझ्न आह्वान गर्दछौ ।
त्यो स्थितिबाट जेलिदै आएको महिलाहरुको जीवन पूर्ण रुपमा सम्पन्न हुन नसके पनि विचारका हिसाबले महिले यो स्थितिमा पुगेकाछन् । यसलाई उपलब्धिमुलक मान्नु पर्दछ । यसका निम्नि महिलाहरु आफ्ना अधिकार र स्वयत्तताका निम्ति धेरैले बलिदान गरेको इतिहास हिजोको नालापानीका युद्ध देखि २१औं शताव्दीको ज्वलन्त उदाहरण नेपालको महान १० वर्षे जनयुद्ध नै हो । यी लडाइहरुमा नेपाली महिलाहरुको छिपाएर छिप्न नसककिने अहम भूमिका रहेको छ । यसकारण हरेक समयमा महिलाले अलि फराकिलो भएर परिवार, समाज र राष्ट्रलाई नियालेर आफ्ना कदम चलाउँदा यो पित्रृसहयोग र सद्भावको पनि उतिकै खाँचो पर्दछ । किनभने हरेक कार्य सम्पन्न गर्नको लागि हातेमालो गर्ने सहयात्रीको पनि उतिकै आवश्यक पर्दछ । यसको लागि महिला हक–हित र स्वायत्तताकोलागि राज्यले पूर्णरुपमा जिम्मा लिनु पर्दछ । हरेक क्षेत्रबाट राज्यले महिला भएकैकारण उनीहरुले पाउनु पर्ने अधिकार, सहयोग र बन्धुत्वको भावनाबाट टाढा नदेखेर विशेष ग्रहायता दिनु आवश्यक छ । किनभने समय सापेक्ष महिलाका आन्दोलन र मागले यही देखाउँछ, महिलालाई विशेष सम्मान चाहिएको छ । परिवर्तनको नाममा समय अनुसार महिलाहरुको जीवनस्तर माथि नउठ्नुमा यसको समीक्षात्मक दोष राज्यले लिनु पर्दछ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम विश्वव्यापि रुपमा सम्पन्न हुदै आईरहेको छ । प्रत्येक वर्ष यसलाई उत्सवको रुपमा मनाउने चलन पनि फरक–फरक हुँदैछ, तर जहाँका महिलाले जुन रुपमा महिला अथवा नारी भनेर यो दिवस मनाउछन्,अन्तिममा “विद्यालय जानकोलागि बाटो अनेक भएको मात्र हो” । यसमा कसैको दुई मत र संकुचित हुनुपर्ने देखिदैन । यो भन्ने वा बोल्नेको भाषा र शैलीफरक भएको मात्र हो । सम्पूर्ण महिला एक हुन सक्यौं भने असम्भव र असक्षमको कुरै आउँदैन । अतः ११३औं अन्तराष्टिय श्रमिक महिला दिवस भव्य र सभ्यताकासाथ मनाऔं ! अन्तिममा महिला एक हौं । शुभाकामना !

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु