निष्क्रिय रहेका डिम्याट खाता बन्दै गरिँदै

२०७९ फाल्गुन २१ गते, आईतवार


काठमाडौंं । शेयर कारोबारका लागि खोलिएका ३२ प्रतिशत हितग्राही (डिम्याट) खाता निष्क्रिय रहेको पाइएपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ती खाता सधैंका लागि बन्द गर्ने भएको छ । एक ब्यक्तिले दुई वटासम्म डिम्याट खाता संचालन गर्न पाउने र ती खाता नवीकरण भएको हुनुपर्ने प्रावधान रहेकाले निष्क्रिय रहेका खाता बन्द गरिने भएको हो ।
सीडीएससीका अनुसार अहिलेसम्म ५५ लाख ७७ हजार डिम्याट खाता खोलिएकोमा ३२ प्रतिशत अर्थात १७ लाख ६३ हजार खाता निष्क्रिय छन् । ती खाताहरुमा शेयर पनि नरहेको र खाताको नवीकरण समेत नगरिएको पनि सीडीएससीले जनाएको छ । २०७३ सालदेखि नै निष्क्रिय राखिएका खाताको नवीकरण दस्तुर पनि धेरै लाग्ने भएकाले धितोपत्र वोर्डको अनुमति लिएर सीडीएससीलसे ती खाताहरु बन्द गर्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु