‘नेपालमा जे जति परिवर्तन भएको छ ,त्यो सहिदकै बलिदानको मूल्यमा भएको हो ‘

२०७९ फाल्गुन १८ गते, बिहीबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा जे जति परिवर्तन भएको छ ,त्यो सहिदहरुकै बलिदानको मुल्यमा भएको बताएका छन । महासचिव विप्लव सीले सहिद तथा बेपत्ता परिवाद्वारा जनयुद्धको क्रममा सहादत प्राप्त गर्ने सहिदहरुका परिवारको साझा संस्था चम्किलो ताराको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
सहिद तथा बेपत्ता परिवाद्वारा स्थापित संस्था चम्किलो तारा संस्थाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने -‘हामीसङ्ग आशा, निराशा र गम्भीर जिम्मेवारीहरु छ्न,आज जे जति परिवर्तन भएको छ ,त्यो सहिदहरुकै बलिदानको मुल्यमा भएकोछ,जनयुद्ध बिश्वलाई तरङ्गीत पार्ने परिघटना थियो त्यसले गाउँमा सामन्तवादको अन्त्य गर्यो जसले बोल्न नसक्ने महिल, श्रमिक देखि उत्पीडितहरु बोल्ने बनायो, अहिले नेपाल प्रहरी देखि सेनासम्म महिलाहरुको जुन सहभागिता देखिन्छ, त्यो सबै जनयुद्धको परिणाम र उपलब्धी हो ।’
महासचिव विप्लवले अगाडी भने- ‘जवसम्म साम्यवाद आउँदैन तवसम्म क्रान्ति अनिवार्य छ, यो कुरा त पुजीवादी वुद्दिजीविहरुले समेत स्वीकारेका छन। ‘
उनले नेपाल कम्युनिस्ट पार्टी सहिदहरुका सपना पुरा गर्न आफुहरु निरन्तर अन्याय ,अत्याचार विरुद्ध लड्दै गर्दा राज्यले दमन गरेको तर्फ संकेत गर्दै भने – ‘हामी भ्रष्टाचार , कालोबजारी , महङ्गी र महङ्गो ब्याजदर बिरुद लडाइँ लड्दैछौं राज्य त्यसलाई बचाउन खोज्दै छ,त्यसकारण हामीलाई प्रतिबन्ध लगाईयो।’
उक्त कायक्रममा सहिद परिवारहरुको साझा संस्था जनक्रान्तिका महान सहिद परिवार संगठन नेपाल कि अध्यक्ष खुमा सुवेदी (विश्वक्रान्ती)ले जनयुद्धका सहिदहरुलाई रास्ट्रीय सहिदको मान्यता सहित उनिहरुको नामावली राजपत्रमा प्रकाशन गर्ने सरकारको निर्णय स्वागतयोग्य भएको बताईन । स्मरणीय छ , फाल्गुन १४ गते जनयुद्धका सहिद तथा बेपत्ता परिवारद्वारा सहिद घोषणा गर्न र बेपत्ताहरुको सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र दिए लगत्तै फाल्गुन १५ गते मन्त्रीपरिषदले सहिदहरुलाई रास्ट्रीय सहिद यस अघि नै घोषण गरिसकिएको र उनीहरुको नाम राजपत्रमा प्रकाशित गर्न बाकी रहेको भन्दै यस्तो निर्णय गरेको थियो।
उक्त कार्यक्रममा किशोर अनुरागद्वारा लेखन तथा निर्देशन गरिएको लक्ष्मी गुरुङको सहिदहरुका सपनामा आधारित नाटक सपनाको मञ्चन समेत गरिएको थियो।
उद्घाटन कार्यक्रममा गोर्खा जेल ब्रेककि कमान्डर तथा नेकपा स्थायी समिति सदस्य शिलु सी लगायतका नेता – कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको अध्यक्षता खुमा सुबेदीले गरेकि थिइन।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु