नेकपा दक्षिण कर्णाली ब्युरोद्वारा गिरफ्तार नेता कार्यकर्ताको रिहा नगरिए सशक्त संघर्ष गर्ने चेतावनी

२०७९ फाल्गुन १७ गते, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दक्षिण कर्णाली ब्युरोले मध्यराती बिनाकारण गिरफ्तार गरिएका जाजरकोट जिल्ला इन्चार्ज पाैरख सी सहित ४ जनाको यथाशीघ्र रिहाइ नगरिए सशक्त संघर्षको घाेषण गर्ने चेतावनी दिएको छ । ब्युरो इन्चार्ज संगम सी द्वारा बुधबार जारी विज्ञप्तिमा मध्यराती गिरफ्तार गरिएको घटना प्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यस प्रकारकाे गलत क्रियाकलापको घाेर भत्सर्ना गर्दै रिहाइको माग गरेका हुन । विज्ञप्तिमा फागुन १६ गते राती भेरी नगरपालिका ११ कटीगाउँमा एनआइसी लघुवित्त संस्थालाई जनताले कार्वाही गरेको कुरालाई निहु बनाएर आफ्नो पार्टीका जाजरकोट जिल्ला इन्चार्ज बलबहादुर मल्ल ( पाैरख), जिल्ला सेक्रेटरी विराजन, पत्रकार कर्ण बस्याल र दिपेन्द्र सिंहलाई घरमै सुतिरहेको अवस्थामा मध्यराती गिरफ्तार गरिएकाे जनाईएको छ ।
नेकपाले गिरप्तार नेता कार्यकर्ताको तुरुन्त रिहाइ नगरिए त्यसबाट उत्पन्न हुने परिणामको जवाफदेही स्वयम राज्यपक्ष हुने चेतावनी दिएको छ ।
विज्ञप्तिमा भनिएको छ “वित्तीय संस्थाहरूलाई आफ्ना गलत कदम बन्द गर्न र राज्यलाई यि क्रियाकलापको उच्च निगरानी र कार्वाही हाेस भन्दै विनम्रता साथ आग्रह गर्दै आइरहेको अवस्था हाे ।”
स्मरणरहाेस: मंगलबार मात्रै एनआइसी लघुवित्तीय संस्थाको एक कर्मचारीलाई जनताले कालोमोसो दलेर कार्वाही गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु