वर्तमान समस्याको कारक संसदीय व्यवस्था

२०७९ फाल्गुन १६ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा बर्दिया इन्चार्ज हिमशिखर सी ले वर्तमान अवस्थामा देखिएका सबै समस्याको कारण भनेको संसदीय व्यवस्थाको उपज भएको बताउँदै यो समस्याको निकास जनताको व्यवस्था वैज्ञानिक समाजवादले गर्ने ठोकुवा गरेका छन । सोमवार महंगी, भ्रष्टाचार कालाबजारी, बैंक वित्तीय संस्था तथा लघुवित्तहरुको गैरन्यायिक कारोबारका विरुद्ध आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता हिमशिखर सी ले अहिलेका राजनीतिक दल र पार्टीका नेताहरु सत्ता र कुर्सीको प्रतिस्पर्धामा व्यस्त रहेको भन्दै देशमा अवैधानिक तरिकाले बढ्दै गएको महंगी,बैंक लघुवित्त र वित्तीय संस्थाहरुको बढ्दो आतंकका कारण प्रेमप्रसाद आचार्य जस्ता व्यवसायीले आत्मदाह गर्नुपरेको र गाउँघरमा जनताको उठिबास लाग्ने स्थिति सिर्जना भएको बताए । उनले यसको विरुद्ध नेपाली जनताले ठाउँ ठाउँमा विद्रोहको आवाज उठाइरहेको भन्दै देशमा उद्योगी व्यवसायीहरुलाई आत्महत्या गर्न बाध्य बनाउने , युवाहरुलाई सस्तो ज्यालादारीमा विदेशमा बेच्ने यो दलाल व्यवस्था गणतान्त्रिक मुलुक हुन् नसक्ने र यो वर्तमान सत्ताका दलालहरुले गणतन्त्रको नाममा जनता माथि लुट मच्चाएको बताए । उनले पछिल्लो अवस्थामा राष्ट्रियता, जनजीविका , जनतन्त्रका विषयमा कसैले संघर्स गरेको छ भने त्यो आफ्नो पार्टी नेकपाले गरेको बताए ।
उक्त कार्यक्रममा नेकपाका बर्दिया जिल्ला सचिव संगिन सी ले अत्याचार,अन्याय,सोषण, दमनका विरुद्धमा नेपाली जनता आफ्नो स्वाधीनताका लागि आजको एकाइसौ सत्ताप्तीमा बन्दुक र शक्तिको आडमा मुलुकमा आकासिँदै गएको महङ्गीका कारण आम सर्वसाधारण नागरिकको दैनिकी निकै कष्टकर बन्दै गइरहेको छ । कालोबजारीले सिमा नाघेको छ । भ्रष्टाचारीलाइ राज्यले संरक्षण गरिरहेको छ । यो दलाल राज्यले जनतालाइ परेको असैह्य मारलाइ सम्बोधन गर्ने स्थिति छैन अझ संरक्षण भइरहेको छ । अब भ्रष्टाचारीलाई नेकपाले जनताको सहभागितामा कार्वाही गर्नेछ ।’बैंक वित्तीय संस्थाहरुले चर्को ब्याजदर लगाएर ठूलो मात्रामा जनता माथि ऋण थुपार्ने काम भएको संगिन सी ले बताए ।साथै उक्त ज्यादती विरुद्ध हरेक नेपालीले आन्दोलनमा उतर्नु पर्ने समेत उनको भनाइ थियो । अनुत्पादक क्षेत्रमा जनतालाई लगानी लगाएर विभिन्न बैंक लघुवित्तहरुका केही निहित मालिकहरूले आफ्नो कमाई खाने भाँडो बनाएको छ। नेकपा नेता संगिनले भने । उनले थप्दै भने ,“ सेवाका नाममा वित्तीय संस्थाहरुले गरेको दलाली लाई नरोके यसको विरुद्ध हाम्रो पार्टी सशक्त आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं ।” जनताको दैनिकी संग जोडिएको महंगी कालाबजारी जस्ता कुरालाई समयमै नियन्त्रण गर्न सरकारलाई उनले आग्रह गरे ।
आमबगैंचादेखि सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय,अगाडि हुदै जिल्ला प्रहरी कार्यलयको पश्चिम हुदै राधाकृष्ण चोकमा गएर कोण सभामा परिणत भई कार्यक्रम सम्पन्न भएको थियो ।
विरोध र्यालीमा प्रदर्शनकारीहरुले बढ्दो महंगी नियन्त्रण गर ,बैंक वित्तीय संस्थाहरुको आतंक बन्द गर , भ्रष्टाचार नियन्त्रण गर्न , नेपाल कम्युनिस्ट पार्टीजिन्दाबाद जस्ता नारा लगाएका थिए । जनताका जनजीविका संग जोडिएका विषयलाई राज्यले सहज तुल्याउनु पर्ने नेकपाको मुख्य माग थियो।
उक्त बिरोध सभामा नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय प्रतिनिधि सदस्य भुकंप सी, थारु मोर्चाका केन्द्रिय सदस्य कामना सी, महिला संगठन कि बर्दिया जिल्ला अध्यक्ष एकता सीलेसमेत मन्तव्य राखेका थिए।

प्रतिक्रियाहरु