टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो

२०७९ फाल्गुन १३ गते, शनिबार

काठमाडौं । यस महिना टर्की र सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेको संख्या ४४,२०० नाघेको जनाएको छ । जबकि सिरियामा यसका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण एक लाख ६० हजारभन्दा बढी भवन या त ध्वस्त भएका छन् वा त्यसमा ठूलो दरार परेको छ । जसमा पाँच लाख २० हजारभन्दा बढी घर थिए । फेब्रुअरी ६ मा टर्की र सिरियामा दुईवटा शक्तिशाली भूकम्प गएको थियो ।

प्रतिक्रियाहरु