जनयुद्ध, जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति

२०७९ फाल्गुन २ गते, मंगलवार
 
असल सी

आज हामी अठाइसौ जनयुद्ध दिवस मनाइ रहेका छौ, केही गुमाएको केही प्राप्त गरेको पृष्ठभुमिमा जनयुद्ध दिवस मनाइरहदा हामी सबैका आ आफ्ना अनुभव अनुभुति पिडा उत्साह र जिवनगाथाहरु छन । जनयुद्ध नेपाली राजनितिमा एक महत्वपूर्ण परिघटना हो सकारात्मक रुपमा होस वा नकारात्मक रुपमा नै किन नहोस जनयुद्धको स्मरण नगर्ने कोही पनि छैन । गाउ, शहर,किसान, कर्मचारी, मजदुर, बुद्धिजिवि ठुलो घराननिया देखी झुपडीका सबैको दृष्टिमा जनयुद्ध एक ऐतिहाँसीक परिघटनाइतिहाँसकोरुपमा दर्ज भैसकोको छ । आजका उपलब्धीहरु जनयुद्धको लक्ष उदस्य अनुरुप छैनन् तथापी जति भएको छ त्यसको म्ुख्य आधार जनयुद्ध नै हो भन्ने कुरा सबैले स्वकारेकै विषय हो । यदि जनयुद्ध हुदैन्थ्यो भने आज पनि देश सामन्तवादको धेरा भन्दा माथी आउने संभावना हुदैन्थयो । तल तल सम्म जरा गाडेर बसेको सामन्तवादलाइ परास्त गर्ने तागत बोकेको जनयुद्धको स्मरण जुन रुपमा भए पनि गर्नु अनिवार्य नै छ । करिव असि प्रतिशत भूगोल र आम श्रमिक किसानको शक्तिको रुपमा जनयुद्ध स्थापित मात्र हैन ब्यापक बनेको थियो । बिश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक तथा बिगठीत भैरहेको परिवेशमा नेपाली भूमिमा मौलाएको माओवादी जनयुद्ध बिश्व कम्युनिष्ट आन्दोलनको दियोको रुपमा स्थापित र आशा बन्दै गएको थियो । बिश्वभरका सर्बहाँरा बर्गले नेपाली जनयुद्ध प्रति एकयवद्धता जनाइरहेका थिए भने बर्षौदेखी सामन्तवादको शोषण उत्पिडनको जाँतो मुनि पिल्सएर बसेको नेपाली जनताको शक्ति अपार बन्दै गएको थियो । जनयुद्ध महान ऐतिहाँसीक र अविस्मरनिय क्षण हो । यदि नेपाली जनयुद्धलाइ नेपालका कुनै पनि क्रान्तिकारी शक्तिले अपनत्व ग्रहन गर्न सक्दैनन र यसवाट सकारात्मक शिक्षा लिन सक्दैनन भने त्यो क्रान्तिकारी शक्ति हुन सक्दैन वा सम्भव छैन । शक्तिशाली सेना आफ्नै जनसत्ता जन अदालत र मजवुत आधार इलाकाहरु निर्माण गर्दै सामन्तवादका इलाकाहरुलाइ परास्त गर्दै क्रान्तिको नयाँ र महान हुङकार सहित अगाडी बढेको जनयुद्ध आज पनि किसान मजदुरको स्मरणमा ताजै छ । नेपाली जनताको परिवर्तनको आकांक्षालाइ मजवुत रुपमा पकडेको जनयुद्ध कहिल्यै पराजित भएन । क्रान्ति महान बलिदानको आहालवाट अगाडी बढछ र मुटुमा सहास भएको मान्छेले त्यसको नेतृत्व गर्दछ । नेपाली जनताको बलिदानी पूर्ण सहासको अगाडी सामन्तवाद एकपछि अर्को गर्दै पराजित बन्दै गएको थियो । हजारौ बलिदानको जगमा उभिएको नेपाली जनयुद्ध कसरी कुन सैद्धान्तिक मान्यतामा टेकेर अगाडी बढयो र अहिले नेपाली क्रान्तिको अवस्था के छ आज हामी सबैले चर्चा गर्न जरुरी छ, यस आलेखमा पनि यसैवारे चर्चा गर्न खोजिएको छ ।
जनयुद्धको थालनि र यसका मान्यताहरु
जनयुद्धको ऐतिहासीक पहल हुनु पुर्व बिभिन्न ढगंका बहस छलफल र पार्टी भित्रकै अवसरवादी शक्ति संग क्रान्तिकारी शक्ति लडनु पर्ने भयो । एकता महाधिवेशनवाट आएको एउटा पक्ति जनयुद्धको पहलको पुर्व शन्ध्यामा नै बरिष्ट नेता निर्मल लामाको नेतृत्वमा पार्टीवाट निस्कियो, क्रान्ति बिरोधी नबने पनि क्रान्तिको पक्षधर शक्ति बन्न सकेन । शान्ति प्रक्रिया आउदा पूनः त्यो शक्ति क्रान्तिवाट प्राप्त रशको लोभमा पार्टीमा त आयो तर सो शक्तिको गलत बिचार र जनयुद्धको मुल नेतृत्वको आत्मसर्मनवादी दृष्टिकोणका कारण आज माओवादी आन्दोलन छिन्नभिन्न हुदै कमजोर पर्न गएको छ । जनयद्धका सैद्धान्तिक मान्यताहरु ओझेलमा परेका छन वा ति मान्यताहरुमा कुठाराघात भएको छ । जनयुद्धको सपना अपमानित हुर्दै मृत अवस्थामा छ । जनयुद्धको थालनिको लागी २०५२ असारमा बसेको बैठकले सातवटा सैद्धान्तिक प्रतिवद्धताहरु जनाएको छ । ति सात प्रतिवद्धताहरु आज लिलाम बिक्रि भैसकेका छन र क्रान्तिमा बगेको रगत र नेपाली क्रान्तिको सपना पनि पुजिंवादीहरुले खिसिटयुरी गर्ने बिषय बन्दै छ । जनयुद्धको उपलब्धिवाट प्राप्त रस पनि चुस्ने र क्रान्तिको अपमान गर्ने ठाउमा पुंजिवादीहरु छन ।महान जनयुद्धको मुल नेतृत्व पंक्ति पनि साम्राज्यवादको खेलौना बन्दै गएको छ । तथापि जनयुद्ध एक महान उदस्य सहित उठेको थियो । जनयुद्धको ऐतिहाँसिक पहलका लागी पहिलो योजनाले निर्धारण गरेका सैद्धान्तिक प्रतिवद्धताहरु आज पनि सबै माओवादी आन्दोलनवाट आएको शक्तिले स्मरण गर्न जरुरी छ । स्मरण मात्र हैन यसलाइ आजको क्रान्तिको कार्यभार संग जोडन जरुरी हुन्छ ।
१) माओद्धारा बिकास गरीएको सर्बहारा बर्गको सार्बभौम र अपराजय माक्र्सवादी सैन्य सिद्धान्तका रुपमा जनयुद्धको सिद्धान्तप्रति अबिचल रहने प्रतिज्ञा पहिलो सैद्धान्तिक प्रतिवद्धता हो ।
२) राज्य सत्ता बाहेक सबै कुरा भ्रम हो भन्ने मान्यतामा आधारीत रहि सत्ता कब्जा नै सशस्त्र संघर्षको प्रमुख उदस्य राख्नु र पार्टी भीत्र देखीने गलत चिन्तन र प्रबृतिका बिरुद्ध निरन्तर संघर्ष गर्न प्रतिवद्ध रहनु ।
३) एकपटक हतियार उठाएपछि त्यसलाइ अन्त सम्म लैजाने दृढताबिना सशस्त्र संघर्षको थालनि गर्नु सर्बहारावर्ग र आम जनता प्रति अपराध हुने कुरामा दृढ हुने प्रतिवद्धता सहित आंसिक सुधार, प्रतिक्रियावादीलाई दवाव दिई सामान्य संझौतामा टुंग्याउने साधन हुन कदापी दिइने छैन । पूंजिवादी संकृणता, राष्ट्रवादी, धार्मिक, साम्प्रदायिक र जातिवादको विभ्रमवाट मुक्त हुन गरीएको प्रतिवद्धता ।
४) नेपाली क्रान्ति अन्तराष्ट्रवादी भावना सहित बिश्व कम्युनिष्ट क्रान्तिको अभिन्न अंगको रुपमा रह्ी बिश्व क्रान्तिको सेवा गर्ने र बिश्व अन्तराष्ट्रियतावादी आन्दोलन (च्क्ष्ः ) को बिकासमा सहयोग पु¥याउन गरीएको प्रतिवद्धता ।
५) क्रान्तिकारी संयुक्त मोर्चा र क्रान्तिकारी सेना निमार्णको सैद्धान्तिक मान्यता, अन्तरबिरोधको नियमको सार्बभौमिकता अनुसार पार्टी भित्रका अन्तरबिरोधहरु द्धन्दात्मक रुपमा ग्रहण र संचालन गरी पार्टीलाइ सजिव राख्ने र त्यसको नेतृत्वलाइ स्थापित गर्नु । जनदिशाको सिद्धान्तमा अबिचल रहने भनि गरीएको प्रतिवद्धता ।
६) कृषि क्रान्तिलाइ मेरुदण्ड मानी सशस्त्र संघर्ष श्रमजीवि जनसमुदाय मुख्यतः गरिव किसानहरु माथी भर पर्ने र कुनै पनि हालतमा पार्टी भीत्र देशी एवं प्रतिक्रियावादीको दवाव धम्की र प्रलोभनमा नपर्ने भनेर प्रतिवद्धता जाहेर गरीएको छ ।
७) लेनिनको “ क्रान्ति आफैले आफ्नो बिकासक्रममा सधै नै असाधारण जटिल परिस्थिति सिृजना गर्दछ ” भन्ने भनाइ उदृत गर्दै जीत र हार, उपलब्धि र क्षतिका चक्रहरु पार गरेर जनयुद्ध अगाडी बढछ र बिजयी बन्छ भनिएको छ । खराव कुरालाइ असल कुरामा रुपान्तरण गर्ने अन्तरबिरोधको नियमलाई ठिक ढङ्गले पकडेर नै जनयुद्धको नेतृत्व गर्न सकिने प्रतिवद्धता जाहेर गरीएको छ ।

ऐतिहासिक जनयुद्धको पहिलो योजनाको दस्तावेजमा गरीएका सैद्धान्तिक प्रतिवद्धताहरु के पुरा भएका हुन त ?आज जनयुद्धको मुल नेतृत्वमा यो प्रश्न क्रान्तिकारी जनता, कार्यकर्ता, शहीद बेपत्ताका परिवार, जनयुद्धका घाइते अपाङ्गहरुको छ । यदि पुरा भएका हुन भने महान उदस्य सहित निमार्ण भएको जनमुक्ति सेना कहाँ छ ?जनयुद्धका सपनाहरुलाइ रक्षानमा मिल्काएर पुंजिवादको रसातलमा डुब्नु नेतृत्वको बिचलन हैन र ? एकपटक हतियार उठाइ सके पछि अन्त सम्म लैजाने भनेर गरीएको सैद्धान्तिक प्रतिवद्धतालाइ नेपालका क्रान्तिकारीहरुले कसरी बुझ्ने ? क्रान्तिकारी जनता सेना र हतियारलाइ बिचमै त्यागेर प्रतिक्रियावादीहरु संग घाटी जोडनु के क्रान्ति नै हो, यसलाइ क्रान्तिकारी जनताप्रति गरीएको अपराध ठान्ने कि नठान्ने ? जव माओवादी नेतृत्व जनयुद्धको सैद्धान्तिक मान्यतावाट चिप्लियो र गद्धारी ग¥यो बिजयको सन्निकट पुगेको नेपालको माओवादी आन्दोलन बिगठन र बिर्सजनको दिशा पकडयो । प्रतिक्रियावादी शक्ति काग्रेश र एमाले संग घाटी जोडेर कुर्सी छोडनै नहुने प्रबृतीलाइ कसरी क्रान्तिकारी मान्न सकिएला र ?सैद्धान्तिक मान्यताहरुलाइ बिराउदा बिगठन हुनु नै पर्दथ्यो अन्तत त्यही भयो आज गरीने पश्चातापले केही हुनेवाला छैन । जनयुद्धमा त्यो बेलाको युवा पंक्ति निसर्त लागेको थियो कुनै स्वार्थ थिएन निस्कलंकित थियो नेतृत्वप्रतिको बिश्वास अगाध थियो । हामीलाइ थाहा थिएन मुख्य नेतृत्व त्यो बेला कहाँ थियो तर एक आदेशमा नेपाली युवा शक्ति बलिदान गर्न तयार हुन्थयो । कयौ कमरेड प्रचण्ड जिन्दावाद भन्दै बलिदान गरे ।मृत्युमा पनि हास्न सिकेका थिए युवाहरु किनकी नेतृत्व र क्रान्ति प्रति अपार बिश्वास थियो । जव मान्यताहरु तोडिन्छन त्यहाँ बिश्वास रहदैन नेपाली जनयुद्धमा मुल नेतृत्वले नै क्रान्तिका मान्यताहरु तोडदा त्यो बेलाका महान प्रचण्ड प्रतिक्रियावादीहरुले खिसिटिउरी गर्ने र क्रान्तिकारीहरुले जतावाट नाप्दापनि बिश्वास गर्न नसकिने प्रचण्डमा रुपान्तरण भएका छन । जनयुद्धमा कमाएको राजनितिक चातुर्यता र सैन्य कौसलता सबै खोसिएको छ वा गुमेको छ । यो गुम्नुमा नेतृत्वको आत्मसर्मपनवादी रुझान र प्रतिक्रियावादी शक्तिको षडयन्त्र नै हावी हुन पुग्यो ।

जनयुद्ध दिवस ः नेपाली समाजलाइ समाजवादी जनवादी ब्यवस्था दिन नसके पनि जनयुद्धले सामन्तवादको चंगुलवाट देश र जनतालाइ मुक्त गर्न सकेको छ र जनजागरण पैदा गरेको छ, सामान्य मान्छेमा समेत राजनितिक चेतना, अधिकार र मुक्तिको लागी लडनु पर्दछ भन्ने चेतनाको स्तर बढाइदिएको छ । जनयुद्धको सपना पुरा गर्न अझ धेरै बाँकी छ । त्यसकारण फागुन १ अथार्त जनयुद्ध शुरु भएको दिन नेपाली माओवादी क्रान्तिकारीहरुका लागी मात्र हैन सिंगै नेपाली क्रान्तिकारी कम्युनिष्ट जनताको निम्ति महान दिन हो । यो दिनलाइ पर्बको रुपमा मनाउनु सच्चा क्रान्तिकारीहरुको कर्तव्य संग जोडिएको कुरा हो । जनयुद्धवाट आएको एउटा शक्ति बिचलित भएको छ तर उहि स्तरमा नभए पनि जनयुद्धको उदस्य सहित क्रान्तिको सपना पुरा गर्न चाहने शक्ति आज पनि जिवित छ । क्रान्तिहरुले कुनै न कुनै नौला कुराहरु दिएर नै जान्छन नेपाली जनयुद्धले आजको नेपाली समाजलाइ दलाल पूंजिवादी भए पनि गणतन्त्र दिएर गएको छ । यो गणतन्त्र निश्चित दलालहरुको पोल्टामा छ दलालहरुको मनपरी त छ नै तर सामन्तवाद भन्दा अलि अग्रगामी नै मान्नु पर्दछ । उत्पिडत जाती क्षेत्र र समुदायको चेतनालाइ जनयुद्धले अधिकारको निम्ति लडनु पर्दछ भन्ने तहमा बिकास गरेको छ आज सबै ठाउमा ति लडाइहरु छन र केही अधिकारहरु प्राप्त पनि भएका छन । निश्चित सामन्तहरुको सत्ता सरकार र नेतृत्ववाट जनताको तहमा ल्याउने प्रयत्न गर्नु जनतालाइ अग्रगामी क्रान्तिकारी चेतनाले लैस गर्नु जनयुद्धको महान कार्य हो । सर्बहाँरा बर्ग श्रमिक जनताको सत्ता स्थापना गर्न नसके पनि नेपाली माटोलाइ कम्युनिष्टमय बनाउनुमा नेपाली जनयुद्धकै भुमिका महत्वपूर्ण छ । आज हामी सबै कम्युनिष्ट क्रान्तिकारीहरुको अस्तित्व टिकेको छ र हामीले गर्बका साथ कम्युनिष्ट क्रान्तिकारीको पहिचान दिइरहेका छौ र भनिरहेका छौ भने हाम्रो त्यसको मुल आधार नेपाली जनयुद्ध नै हो । त्यसकारण नेपालमा जनयुद्ध शुरु भएको दिन ऐतिहाँसीक र महान दिन हो । यो दिन प्रति प्रतिक्रियावादी सामन्ती शक्तिले डाहा गर्नु स्वभाविक हो । किनकी सामन्ती प्रतिक्रियावादी शक्तिको सत्तामा धावा बोलिएको फागुन एक, अर्थात दश बर्षको अथक मेहनत, बलिदानको बिरासतमा सामन्ती सत्तालाइ धुलुपिठो पारेर क्रान्तिकारी सत्ता बिजयको सन्निकट पुगेको थियो सामन्ती सत्ताको समाप्ती त भयो नै जनताले चाहेको जनवादी सत्ता स्थापनाको कार्यभार अझै बाकी नै छ । बचेखुचेको सामन्तवादी सोच चिन्तन र जनयुद्धको जगमा स्थापना भएको जनबिरोधी दलाल पूंजिवादी सत्तालाइ परास्त गरी जनयुद्धको सपना अनुरुपको बैज्ञानिक समाजवादी सत्ता स्थापना गर्न क्रान्तिको नयाँ कार्यभार पुरा गर्नु आजका सच्चा माओवादी क्रान्तिकारीहरुको नविनतम कार्यभार हो । साचो अर्थको जनयुद्ध दिवस त्यही नै हुन्छ जस्ले जनताको सत्ता जनताको सेना निमार्ण सहित आजको संस।दिय पूंजिवादी सत्तालाइ ध्वसं गर्ने उदस्य राख्दछ र निरन्तर क्रान्तिको बाटोमा अघि बढने गर्दछ । जनयुद्ध दिवसका बिरुद्ध भएका चिच्याहटहरु सामन्ती पराजित मानसिकताको उपजमात्र हो यस्ता सामन्ती प्रबृतीहरुलाइ आजका क्रान्तिकारीहरुले धुलुपिठो पारेर खरानी बनाइ दिनु पर्दछ । जनयुद्धका उपलब्धीहरुको रस चुस्ने जनयुद्धको अपमान गर्ने छुट कसैलाइ दिन सकिदैन ।
जनयुद्ध दिवस र एकीकृत जनक्रान्ति
हामीले जनयुद्ध दिवस मनाइउदै गर्दा नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नविन बहसको सुरु भएको छ बहस गर्न जरुरी पनि छ । जनयुद्धको आधार र सिङ्गो बिश्व कम्युनिष्ट आन्दोलन, नेपाली कम्युनिष्ट आन्दोलन र आजको सिंगो क्रान्तिको रेखा नेपाल कम्युनिष्ट पार्टीले दर्शन राजनिति र बिचारमा कोर्दै आएको छ साथै नयाँ नयाँ प्रयोगहरु प्नि गर्दै छ । आजको युगमा माक्र्सवादको सहि बिकास गर्न नसक्दा बिश्वभरका क्रान्तिकारी आन्दोलनहरुले गति लिन सकेका छैनन् । नेपाली जनयुद्ध पनि परिस्थिति अनुकुल अगाडी बढन निति योजना र बिचारहरुलाइ बिकास गर्न नसक्दा मुख्य नेतृत्वमा आत्मसुरक्षावाद पैदा भयो र अन्तत त्यसैमा टेकेर पुंजिवादी साम्राज्यवादीहरुले नेतृत्वलाइ नै आफ्नो पोल्टामा लियो परिणाम तः माओवादी आन्दोलन कमजोर बन्न गयो । माक्र्सवाद रिजट बिज्ञान हैन, माक्र्सवाद बस्तु परिस्थिति अनुकुल बिकास हुन्छ भन्ने मान्यतालाइ पकडदै नेपाल कम्युनिष्ट पार्टीले बिचार सिद्धान्त र दर्शनमा समेत नयाँ खोज अनुसन्धान गर्दै आएको छ यो एउटा सुन्दर पक्ष हो । जनयुद्धका सपनाहरुको हत्या गर्न खोज्ने साम्राज्यवादी प्रतिक्रियावादी शक्तिलाइ एउटा ठुलो चुनौतीको रुपमा एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडी बढिरहेको छ । जनयुद्धका सपनाहरु पुरा गर्नु एकीकृत जनक्रान्तिको मुल दायित्व हो, अर्को भाषामा भन्दा एकीकृत जनक्रान्ति जनयुद्ध कै निरन्तरता हो । जनयुद्धको जगवाट नै एकीकृत जनक्रान्तिको जन्म भएको हो । एकीकृत जनक्रान्तिलाइ जनयुद्धवाट बिभक्त गरेर हेर्न हुदैन । कयौ नया आयामहरुको बिकास भएको छ, कयौ नयाँ बिषयहरुले रुप ग्रहण गरेका छन तर यसको मुख्य आधार जनयुद्ध नै हो । किनकी जनयुद्ध क्रान्तिकारीहरुको गौरवपूर्ण आदर्श हो । आज जनयुद्धको स्वामित्व ग्रहण एकीकृत जनक्रान्तिमा भएको छ । क्रान्तिहरु नयाँ नयाँ खोज र अनुसन्धान मार्फत नै हुन्छन तर पुराना गौरवपूर्ण इतिहासहरुलाइ साछी राखेर नै नयाँ नयाँ अनुसन्धानहरु भएका हुन्छन । हाम्रो पार्टी र नेतृत्वले गरेका अनुसन्धान र खोजहरु पुराना गौरवपूर्ण इतिहासहरुलाई टेकेर नै भएका हुन । आज प्रतिक्रियावादीहरुको सत्तामा जुन संकट देखा परिरहेको छ त्यसको मुख्य निकास क्रान्ति हो परीवर्तन हो । पुंजिवादको बिकल्प पुजिवाद संसदवादको बिकल्प संसदवाद हुन सक्दैन, यसको बिकल्प बैज्ञानिक समाजवाद हो । बैज्ञानिक समाजवाद एकीकृत जनक्रानितमा टेकेर मात्र संभव छ । एकीकृत जनक्रान्ति आजको क्रान्तिको बिज्ञान हो, मालेमाबादको सैदान्तिक मान्यताहरुलाइ पकडेर बिकास भएको बिचार हो ।
अन्तमा– नेपालको संसदिय ब्यवस्था कमजोर र धरासायी बन्दै गैरहेको छ । नेपालमा सच्चा कम्युनिष्टहरुले समयमा नै सहि कुरा बुझ्ने र नेपालमा विभक्त रुपमा रहेको कम्युनिष्ट क्रान्तिलाइ एकतावद्ध गर्ने र एकतावद्ध हुने हो भने जनयुद्धले देखेको सपना पुरा हुन धेरै समय लाग्ने छैन । जनयुद्धको अठाइसौ दिवसको सन्दर्भमा सबै कम्युनिष्ट घटकहरुले सफा दिलले आत्म समिक्षा गरौ आफुले गरेका गल्तिहरु प्रति निर्मम बनौ क्रान्ति अनिवार्य छ, परिवर्तन संभव छ । एकीकृत जनक्रान्तिको झण्डामुनि सबै शक्ति गोलवन्द रहौ । बैज्ञानिक समाजवाद तथा जनताको ब्यवस्था स्थापना गर्नु नै कम्युनिष्टहरुको मुल दायित्व हो त्यो पुरा गरौ । संसदवादको घेराभीत्र रहेका कम्युनिष्ट नामका शक्तिहरु आफ्ना सबै स्थार्थहरुलाइ त्यागेर घेरा बाहिर निस्कने हो र नेपाली जनताको निम्ति लडने,साम्राज्यवाद संरक्षित पुंजिवादलाइ परास्त गर्ने उदस्य राख्ने हो भने कम्युनिष्टहरु एकतावद्ध हुने वा बृहत बैज्ञानिक समाजवादी मोर्चा बन्न सक्ने संभावना रहन्छ यसो गर्दा समाजवादको अथवा नेपाली जनताको जित छिटो हुन्छ । एकताबद्ध नहुदा जित्न सकिदैन यसो हैन केही समय लाग्न सक्दछ एकताबद्ध नहुदा पनि क्रान्तिकारी शक्ति त लडछ र जित पनि क्रान्तिकारीहरुको नै हुनेछ । यो सत्यलाइ स्वकार गर्न सक्ने क्षमताको बिकास जनयुद्ध दिवसको सन्दर्भमा सबैमा हवस । सबैमा अठाइसौ जनयुद्ध दिवसको सन्दर्भमा शुभकामना ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु