अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको बैठक सुरु

२०७९ माघ २५ गते, बुधबार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) केन्द्रित समितिको पाचौं पूर्ण बैठक सुरु भएको छ। संगठनका अध्यक्ष प्रकाश सि को अध्यक्षता र पार्टीका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज शिलु सि को प्रमुख आतिथ्यतामा उक्त बैठक सुरु भएको हो ।
बैठकमा त्रिभुवन विश्वविद्यालयले गर्ने चैत्र ५ स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी,चौथो पूर्ण बैठक देखि हालसम्म गरिएका योजनागत उपलब्धि र कमजोरीहरुको समिक्षा,संगठनको आगामी राजनैतिक,बैचारिक ,सांगठनिक काम बारे छलफल हुने बताइएको छ।
बैठक भोलि माघ २६ गतेसम्म चल्ने बताइएको छ।

प्रतिक्रियाहरु