नेकपा महासचिव विप्लव र माओवादी समाजवादीका महासचिव सुशीलबीच भेटवार्ता

२०७९ माघ २५ गते, बुधबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा (माओवादी समाजवादी)महासचिव कर्णजीत बुढाथोकी सुशीलबीच मंगलबार साँझ भेटवार्ता भएको छ। देशको विद्यमान आर्थिक सामाजिक संकट, समसामयिक राजनीतिक परिस्थिति , दुई कम्युनिस्ट पार्टीहरुबीचको कार्यगत एकता र संयुक्त मोर्चाको बिषयमा दुई नेताहरूबीच कुराकानी भएको नेकपा केन्द्रिय सदस्य अडिग सी ले जानकारी दिएका छन् ।
भेटघाटका क्रममा नेपालको कम्युनिस्ट आन्दोलनलाई ध्रवीकृत गर्न र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु बीच सहकार्य र एकताका लागि पहल लिने समझदारी भएको बताइएको छ ।

प्रतिक्रियाहरु