अखिल क्रान्तिकारी शिक्षामा निजीकरण र ब्यापारिकरणविरुद्ध लड्नु पर्छ

२०७९ माघ २४ गते, मंगलवार


काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले अखिल क्रान्तिकारीलाई शिक्षामा निजीकरण र ब्यापारिकरणविरुद्ध लड्न निर्देशन दिएका छन । अखिल क्रान्तिकारी केन्द्रिय समितीद्वारा त्रिभुवन बिश्वबिधालय केन्द्रिय क्याम्पसमा आयोजित स्ववियु निर्वाचन विशेष केन्द्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले सो निर्देशन दिएका हुन। महासचिव विप्लवले अखिल क्रान्तिकारीसंग आवद्ध नेताकार्यकर्ताहरु समाज , देश र आन्दोलनका सवालहरुमा इमानदार , बिबेकी र अरु संगठनका नेताहरू भन्दा फरक हुनुपर्ने तर आइपर्दा अन्याय ,अत्याचार र दमन थोपरिन्छ भने प्रतिरोध गर्नसक्ने र देशका लागि लड्न सक्ने साहसी हुन् निर्देशन दिए । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपालको शिक्षा क्षेत्रको स्थिति र निजीकरण र ब्यापारिकरणतर्फ संकेत गर्दै महासचिव विप्लवले -शिक्षामा निजीकरण र ब्यापारिकरण हुदै जानु भनेको नेपाली समाज सामन्तवादबाट दलाल पुजीबाद तिर संक्रमण भैरहेको छ भन्ने कुराको संकेत हो।शिक्षामा निजीकरणले प्रयोगात्मक शिक्षा क्रान्ति नै ल्याएको जस्तो देखिन्छ तर यसको सारतत्वमा प्रतिक्रान्ती र दलाल पुजिवादको हमलाको रुपमा यो आएको छ।यसले पढ्नेलाई पनि सुख छैन, पढाउनेलाई पनि सुख दिएको छैन।अखिल क्रान्तिकारी शिक्षामा निजीकरण र ब्यापारिकरणको विरुद्ध एकपटक लड्नुपर्छ।
उनले थपे -” शिक्षित युवाहरुलाई रेमिटेन्सको लागि राज्यले बिदेश पठाउने भनेको समाजमा प्रतिक्रान्ति हुनदिनु हो।शोषण ,दमन र अत्याचार बिरुद्ध बिद्रोह गर्ने युवा शक्तिलाई पलाएन गराउने कुरा हो।यसरी दलाल पुजिवादले युवाहरूलाई नेतृत्व , सचेतता र सामाजिक पहलकदमीबाट अलग्याउने षड्यन्त्र गरेको छ।”
मङ्गलवार आयोजित कार्यक्रममा देशमा विद्यमान संकटको अर्थराजनिक कारण र कम्युनिस्ट आन्दोलनको धुर्विकरणको स्थितिबारे प्रचण्ड -ओलि तर्फ इङ्गित गर्दै महासचिव विप्लवले भने -“आजको देशको संकट कसका कारणले आएको हो? के नेपालको आर्थिक ,सामाजिक र राजनीतिक संकट नौलो जनवाद , माओवादी जनयुद्ध वा बैज्ञानिक समाजवादका कारण उत्पन्न भएको हो? त्यो कदापि होइन।यो संकट दलाल पुजिवादी सत्ताका कारणले आएको हो।त्यसैले प्रचण्ड ओलि लगाएतका नेताहरू सङ्ग यसप्रकारको संकट र राजनीतिक निकास दिने गरि कम्युनिस्ट आन्दोलनलाई धुर्विकरण गरौ भनेका छौँ ।यसबारे उहाँहरु कसरी सोच्नु हुन्छ त्यो उहाँहरुको बिषय हो।”
महासचिव विप्लवले हालै सम्पन्न भएको नेकपाको नवौं महाधिवेशनले मार्क्सवाद -लेनिनवाद र माओवादका सैद्धान्तिक मान्यताहरुमा नयाँ र उच्च संश्लेषण गरेको दाबी गर्दै -“हामीले कम्युनिस्ट आन्दोलनका असफलता र प्रतिक्रान्तीको बिसद अनुसन्धान गर्दै सिद्धांत र दर्शनमा अनिश्चय, रक्षा र रुपान्तरणको नियम संश्लेसण गरेका छौ”- उनले थपे।
“यसो गर्नुको मुख्य कारण बिगतमा शोभियतसंघ र चिनमा किन प्रतिक्रान्ति हुन पुग्यो भन्ने प्रश्नको उत्तर खोज्ने क्रममा यस्तो संश्लेषण गरेका हौ।हिजोका समाजवादमा किन ख्रुश्चेव जन्मियो, देङ जन्मिए , गोर्वाचोभहरु जन्मिए? नेपालमा पनि कञ्चन- सुदर्शनहरु एकाएक गालि गर्ने ठाँउमा कसरी परिणत भए।यो भनेको भौतिकवादी द्वन्दवादमा अनिश्चयताको नियमले काम गर्यो भन्ने हो।”
“यो सङ्गै नवौं महाधिवेशनबाट हामीले एकिकृत आर्थिक प्रणाली , सी जातिहरुको निर्माण , नयाँ निर्वाचन प्रणाली र संगठनको क्षेत्रमा तथ्यद्वारा सत्यको अन्वेषण गर्ने पद्धति लगाएतका कम्युनिस्ट आन्दोलनका गहन र आधारभुत बिषयमा नयाँ निष्कर्ष निकालेका छौ।निश्चय नै यी सवालमा नेपालका बिश्वबिद्धालय देखि अन्तरास्ट्रिय कम्युनिस्ट आन्दोलनमा नयाँ बहस सिर्जना हुनेछ।”


प्रशिक्षण कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य तथा जवस मोर्चा फ्रयाक्सन इन्चार्ज शिलुले -सत्ताको बर्गचरीत्र अनुसारको शिक्षा प्रणाली नै आजको एक समस्या भएकोले मानिसहरू जति शिछित हुदै गयो, त्यति नै शैक्षिक बेरोजगारीको समस्या देखियो ।यो भनेको हाम्रो समाज , राज्य र ब्यवस्थाको आवश्यकता एकातिर र शिक्षा प्रणाली अर्कोतिर हुनुको कारण पैदा भएको अन्तरबिरोध हो।यसको यथोचित समाधान दलाल राज्यव्यवस्थाको अन्त्य र बैज्ञानिक समाजवादको स्थापनाबाट हुनसक्ने बताईन।


अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश सी को अध्यक्षतामा भएको प्रशिक्षणमा नेकपा पोलिट ब्युरो सदस्य तथा अखिल क्रान्तिकारीका पुर्व फ्र्याक्सन इन्चार्ज मिलान सी लाई सम्मान पत्र सहित बिदाई गरिएको थियो भने नयाँ फ्रयाक्सन इन्चार्ज शिलु सी लाई स्वागत गरिएको जानकारी दिइएको छ।


कार्यक्रममा आशन्न स्ववियु निर्वाचनका लागि संगठनका समस्या, सम्भावना र ध्यान दिनुपर्ने बिषयमा संगठनका प्रदेश इन्चार्जहरु- लुम्बिनी इन्चार्ज बिज्ञान , सेतीमहाकाली इन्चार्ज बबर जङ्ग, कर्णाली इन्चार्ज धनजीत , मधेस प्रदेश इन्चार्ज हरि पुन, प्रदेश न १ इन्चार्ज बिकास राई, काठमाडौ क्याम्पस जिल्ला इन्चार्ज प्रकाश सी, बाग्मती पुर्वबाट नतशा , गण्डकी इन्चार्ज प्रकाश, त्रिभुवन बिश्वबिधालय इन्चार्ज अनिल,,बाग्मती पश्चिम इन्चार्ज विवेक ,उपत्यका बिशेष क्षेत्र इन्चार्ज अटलले कार्यक्षेत्रको रिपोर्ट पेश गरेका थिए भने मङ्सिर ४ गतेको संसदिय चुनावको क्रममा घाइते हुनु भएका विद्यार्थी नेता डिल्ली सी लाई प्रमाणपत्र र दोसल्ला सहित सम्मान र अभिनन्दन गरिएको थियो।


अखिल क्रान्तिकारीका महासचिव ललित सी ले सञ्चालन गरेको केन्द्रिय प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष नरेन्द्र सी ले मन्तव्यद्वारा अतिथि र सहभागीहरुलाई स्वागत गरेका थिए भने कार्यक्रममा अखिल क्रान्तिकारी काठमाडौ जिल्ला समितीको मुखपत्र विगुलको महासचिव विप्लवद्वारा विमोचन गरिएको छ।

प्रतिक्रियाहरु