नेकपाका महासचिव विप्लव र एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता

२०७९ माघ २४ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड र एमालेका अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री केपी ओलीबीच सोमबार साँझ बालकोटमा भेटवार्ता भएको छ। उक्त भेटवार्तामा देशको बर्तमान राजनीतिक अवस्था र जनजीविकाका बिषयमा छलफल भएको र ति समस्या समाधान गर्न साझा पहल गर्ने सहमतिसमेत भएको बताइएको छ।
यसैगरी , उक्त भेटवार्तामा तीन बुंदे सहमति कार्यान्वयनलाई निष्कर्षमा पुर्याउन नेकपाका नेतामाथि लगाइएका मुद्दा तत्काल खारेज गर्न र बन्दी नेता कार्यकर्ता तत्काल रिहा गर्ने बिषयमा समेत छलफल भएको र एमालेका अध्यक्ष एबम् पुर्वप्रधानमन्त्री ओलीले यस बिषयमा आफू सकारात्मक भएको तीन बुंदे सहमति कार्यान्वनका निम्ति आबश्यक पहल गर्ने बताएको बताइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु