‘दलाल पुंजिवादी सत्ता संकटमा फसेको छ ‘

२०७९ माघ २३ गते, सोमबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल विरहीले दलाल पुंजिवादी सत्ता संकटमा फंसेको र यो संकटलाई क्रान्तिकारीहरुले देश र जनताको अनुकुलतामा बदल्न सक्नु पर्ने अन्यथा यो देश फेरि नयाँ ढंगले विदेशी दलालहरुकै हातमा जाने र नेपाली जनताले सदिऔं कालसम्म दु:ख पाउने समेत बताएका छन । नेपाल कम्युनिस्ट पार्टी मेची ब्युरोको राजनैतिक तथा योजनागत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता बिरहीले सो कुरा बताएका हुन् । नेता विरहीले पार्टीलाई उत्साही, साहसी र दृढतापुर्वक योजना कार्यन्वयन गर्ने नेता कार्यकर्ताको पंक्ती चाहिएको बताए । उनले जनतामा भिजेको पार्टी, जनताले विश्वास गर्ने नेता कार्यकर्ता, जनताको सुख दु:खको साथी बन्नु पर्ने भन्दै जनता र देश माथि थोपरिएका तमाम उत्पीडन विरुद्ध जनतालाई गोलबद्ध गरेर सशक्त संघर्ष संचालन गर्नुपर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा मेची ब्युरो इन्चार्ज सुमनसि्ह सीले निराशा बाड्ने, निरुत्साहित गर्ने सयौं कार्यकर्ता भन्दा उत्साहित र आशावादी एउटा कार्यकर्ता पार्टीको निम्ति महत्वपुर्ण भएको बताउँदै पार्टी र नेताले जनतालाई सुखी हुन, समृद्ध हुन सिकाउन प्रयत्न गर्नु पर्ने र गरेर खान सिकाउनु पर्ने बताए । जनतालाई आफ्नो नेता आफ्नो निम्ति बलिदान गर्न तयार छ भन्ने स्तरको विश्वस्तता पैदा गर्नेगरी पार्टी पंक्तिले आफुलाई प्रस्तुत गर्नु पर्ने, देश र जनताको पक्षमा संघर्ष गर्ने क्रममा विभिन्न संकटहरु निम्तिन सक्ने, अप्ठ्याराहरु आउन सक्ने कुरालाई बेवास्ता गर्दै यो देशको संकट, अपमान र अत्याचार सम्झेर जनताको नेतृत्व गर्न सबै नेताकार्यकर्ता तयारी रहन समेत उनले बताएका छन् ।
पार्टीले तय गरेको ६ महिने आवाधिक योजनालाई दृढतापुर्वक कार्यन्वयन गर्न र पार्टीले अपेक्षा गरेको परिणाम दिन मेचीको सिंगो पंक्ती उत्साहित भएर काममा लाग्न उनले नेताकार्यकर्तालाई निर्देशन दिएका छन् ।
यसअघि उक्त पार्टीले झापामा पत्रकार सम्मेलन गर्दै जनताको पक्षमा सशक्त संघर्ष गर्ने घोषणा गरिसकेको छ ।

मेची ब्युरो इन्चार्ज सुमनसिंह सिको अध्यक्षतामा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा पार्टी केन्द्रीय सल्लाहकार सदस्य होम खतिवडा, पार्टीका केन्द्रीय समिति सदस्य लगायतका नेताहरुको आतिथ्यता रहेको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु