युरोपेली यूनियनकी आयुक्त उर्पिलाइनेन नेपाल आउने

२०७९ माघ २३ गते, सोमबार

काठमाडौं । युरोपेली यूनियन (ईयू) की आयुक्त जुट्टा उर्पिलाइनेन यहि माघ २५ गते बुधबार नेपाल आउने बताइएको छ । ईयूको काठमाडौंस्थित राजदूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल भ्रमणमा आउने छिन । ईयुका अनुसार उनले पोषण, शिक्षा र ग्रिन रिकभरी लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । उनले भ्रमणका क्रममा प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि युरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत छलफल गर्ने राजदूतावासले जनाएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु