‘असमान सन्धिहरु खारेज गरेर पञ्चशिलताका आधारमा नयाँ सम्झौता हुनुपर्छ’

२०७९ माघ २३ गते, सोमबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य एबम स्कुलिङ बिभाग प्रमुख भरत सी ले नेपालसङ्ग विगतमा गरिएका सबै सम्झौताहरु -१९४९को नेपाल भारत शान्ति तथा मैत्री सम्झौता , महाकाली सम्झौता, विप्पा र एमसिसि -लगाएतका सबै असमान र देशबिरोधी सम्झौताहरु खारेज गरेर देशलाई नवऔपनिवेशिक संकटबाट मुक्त गर्नुपर्ने भएकोले पञ्चशीलताको सिद्धान्तको आधारमा विश्व परिवेश र नया शक्तिसन्तुलनको बदलिँदो स्थिति , द्विपक्षीय हित अनुरुप नयाँ सन्धि सम्झौताहरु हुनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन।
जनपत्रकार संगठन नेपाल कैलाली जिल्ला समितिले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता भरत सी ले यस्तो टिप्पणी गरेका हुन।
पत्रकारहरुको प्रश्नको उत्तर दिदै उनले – संकटग्रस्त बनेको नेपालको राजनीतिक व्यवस्था प्रेम प्रसाद आचार्यको आत्मदाहमा व्यक्त भएको भन्दै भ्रष्टाचार, बैंक तथा वित्तीय संस्थाहरुको ऋणको कारण जनतालाई अनावश्यक दुःख दिने गरिएको र यसको समाधान सरकारले खोज्न नसकेको बताए। कुनै बेला जनताको आवश्यकतामा स्थापित भएका बैंक तथा वित्तीय संस्थाहरु अहिले जनताको पीडकको रुपमा रहेका छन् र यो सत्ताको अर्थतन्त्रको संकट त्यहाँबाट समेत प्रकट भएको उनले उल्लेख गरे।
आईतबार आयोजित पत्रकार सम्मेलनमा -“राष्ट्रियताको संकट दिन प्रतिदिन बढ्दो छ , भारतले दार्चुला लगायत विभिन्न ठाउँका सिमानामा अनावश्यक जनतालाई दुःख दिइरहेको छ, अमेरिकी प्रतिनिधि भिक्टोरिया नुल्याण्डले भर्खरै नेपाल भ्रमणमा एमसीसीलाई लागू गर्न दबाब दिदै फर्केकी छन् । देशमा अमेरिकी र भारतीय हस्तक्षेप यसरी चरम रुपमा बढेको र सरकार लाचार भएको छ” उनले भने।
एक फरक प्रसङ्गमा “हरेक पार्टीका आ-आफ्ना नीति र विचार हुन्छन् ,सिद्धान्त हुन्छन् तर नेपालमा सत्ताको गठबन्धनको नाममा एउटा खेल शुरु भएको छ र यसले पनि लोकतन्त्र फेल हुँदै गएको छ -उनले थपे ।”
जनपत्रकार सङगठन नेपाल कैलाली जिल्ला संयोजक पृथ्वी लुवारको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा नेकपा केन्द्रिय सदस्यहरु भगत सिंह , समर सी, प्रकास सी, बिमल सी र जनपत्रकार सङगठन नेपाल केन्द्रिय सचिवालय सदस्य धिरज बिश्वकर्माको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन बिनोद बिस्टले गरेका थिए।-गणेश एसके

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु