पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र दृस्टीकोण जरुरी

२०७९ माघ २२ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा स्कुलिङ बिभाग इन्चार्ज भरत सी ले पुरानो सत्तालाई बदल्न र क्रान्तिलाई बिजयी बनाउन नयाँ दृस्टीकोण र मान्यता जरुरी रहेको बताएका छन।कैलालीको अत्तरियामा नेकपा सेती र महाकाली ब्युरो द्वारा संयुक्त रुपमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै विद्यमान संसदिय ब्यवस्था असफल र संकटग्रस्त भएर देशमा आर्थिक- राजनीतिक संकट मडारिदै र बाह्य हस्ताक्षेप बढ्दै गैरहेको बेला यो सत्ताको संकटलाई क्रान्तिकारी दिशामा बदल्न तथा बैज्ञानिक समाजवाद स्थापना गर्न नयाँ मान्यता र नयाँ बिचारको जरुरी रहेको उल्लेख गरेका हुन।
स्थायी कमिटी सदस्य भरत सी ले पुरानो सत्तालाई बदल्न नयाँ मान्यता र नयाँ शैली सहित नेकपा नयाँ बाटोमा अग्रसर भएको बताए ।
वर्तमान राष्ट्रिय राजनीति परिदृश्य तर्फ संकेत उनले भने , “ विगतमा जनताको बलबाट लडेर ल्याएको गणतन्त्र माथि डकैती भएको छ । पुरानो राज्य सत्ताको केही स्वरूप बदलिएको भएता पनि मूल रूपमा जनताको अवस्थामा कुनै परिवर्तन भएको छैन त्यसकारण यो दलाल व्यवस्थालाई बदल्नु पर्ने आबस्यकता परेको छ ।”
नेपालको कम्युनिस्ट आन्दोलनमा निर्णयक उपलब्धि हासिल हुन अझै बाकी रहेपनि नयाँ सामाजिक अनुसन्धान केन्द्रका रुपमा आफ्नो पार्टीलाई विकास गर्ने योजना रहेको उनको भनाइ थियो । अहिले हावी भएको दलाल पूँजीवादले देशलाई दिन प्रतिदिन संकट तिर धकेलेको छ, यसलाई परास्त गर्न नयाँ विचार सहितको नेतृत्वको आवश्यकताका रहेको छ र त्यसको नेतृत्व गर्ने हैसियत जिम्मेवारी सहित आफ्नो पार्टी नेकपा उभिएको समेत नेकपा नेता भरत सि ले बताए ।
हालै सम्पन्न भएको नेकपाको तेस्रो पूर्ण बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनले मार्गनिर्देश गरेको योजनाको व्याख्या गर्दै पार्टीको तेस्रो बैठकले पारित गरेको ६ महिने आवधिक योजनालाई कडाइपूर्वक लागू गर्ने विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको र पार्टी कार्यकर्ताले निर्णयलाई पूर्ण रुपमा व्यवहारमा रूपान्तरण गर्न समेत निर्देशन गरे । “हामी जनताको वीचमा जानु पर्छ, जनताका समस्यासंग एकाकार हुनुपर्छ, समस्या समाधान गर्नेगरी काम गर्नुपर्छ” नेता रणविरले भने ” हामी उत्पादनसंग जोडीनु पर्छ , सरकारसंग नभएको चिज उत्पादन र आविष्कार गर्ने सामर्थ्य हामीसंग भएकाले विश्वको आशा हाम्रो पार्टीप्रति छ । त्यसैले पार्टी नेता कार्यकर्ताको मुल्याङकन पुरानो मात्रै भनेर नहुने बताउदै व्यवहार र कामका आधारमा गरिने बताउदै पार्टीले तेस्रो पूर्ण बैठकबाट छ महिने आवधीक योजनालाई अगाडी सारेको बताउनु भयो ।
अन्य पार्टीहरुले आफ्नो पार्टीमा ल्याउन कसरत गर्छन तर हामीले काम गर्न नसक्नेलाई पार्टी छोड्न सक्ने भनेका छौ, हामीलाई संख्या होईन परिणाम चाहिएको छ। तीन वटा आधार र पाच वटा कार्य गर्नुपर्ने कार्यलाई पार्टीले निर्धारण गरेको जानकारी गराउदै संगठन, आर्थिक र प्रविधी मुख्य तीन वटा आधारलाई पार्टीले मुख्य रुपमा लिएको बताए । त्यसैगरी सूचना- सञ्चार, प्रचार, अन्तरास्ट्रिय मोर्चा,प्रकाशन, संस्कृती र संयुक्त मोर्चा सहित पाच वटा कार्य भएको बताए।
नेता भरत सी ले सुदूरपश्चिम प्रदेश सहिद भिमदत्त पन्त, दशरथ चन्द, जयपृथ्वी बहादुर सिह र डाः केआई सिहको विरासत बोकेको प्रदेश भएको टिप्पणी समेत गरेका छन।
त्यसैगरी नेकपा पोलिट ब्यूरो सदस्य असल सी ले विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक भएको अवस्थामा नेपाली क्रान्तिको बिजय नजिकै रहेको बताउदै आत्मगत रुपमा तयार हुन जरुरी भएको बताए । उनले दस्ताबेजले क्रान्तिका लागि आत्मगत र संगठनात्मक रुपले तयार हुन निर्देश गरेको बताउदै महङगी, भ्रष्टाचार, कालोबजारी र दलालीको अन्त्य गरी जनताको शासन ब्यवस्था बैज्ञानिक समाजबाद स्थापना गर्न एकिकृत जनक्रान्तीको माध्यमबाट सम्पूर्ण नेता कार्यकर्ताहरुले एक ढिक्का भएर आवधिक योजना सफल पार्न लाग्नुपर्ने बताए ।
सेती ब्युरो ईन्चार्ज भगत सिंह सी को अध्यक्षतामा सम्पन्न भएको प्रशिक्षण कार्यक्रमको सञ्चालन महाकाली ब्यूरो ईन्चार्ज समरले गरेका थिए भने कार्यक्रममा केन्द्रिय सदस्यहरु र सुदूरपश्चिमका ९ वटै जिल्लाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु