नेकपा मध्यकर्णाली ब्युरोले ६ महिने अभियान सञ्चालन गर्ने

२०७९ माघ २१ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी मध्येकर्णाली ब्युरोको शुक्रबार सम्पन्न प्रथम बैठकले सुर्खेत , दैलेख र कालिकोटमा ६ महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले पार्टी केन्द्रिय समितिद्वारा आवधिक योजनाका लागि तय गरिएका लक्ष्यहरुलाई पुरा गर्ने उदेश्यले अभियानको सञ्चालन गर्ने निर्णय गरिएको जानेको छ । दैलेख जिल्लाको आठबिस नगर पालिकाको सातलामा भएको मध्यकर्णाली ब्युरोको बैठकले” पार्टी केन्द्रद्वारा तय गरिएका राजनीतिक र सङ्गठनात्मक लक्ष्य हासिल गर्न र पार्टीलाई जनआधारित बनाउदै सुदृढ गर्न तीन ओटा जिल्लामा अलग अलग अभियान सञ्चालन गर्ने निर्णय गरेका छौ” ब्युरो इन्चार्ज विवेक सी ले भने- अभियानको क्रममा महङ्गी, भ्रष्टाचार , मिटर ब्याजी र चर्को ब्याजदर बिरुद्ध ठोस संघर्स पनि चलाउने छौ।”
दुई दिन सम्म चलेको ब्युरो बैठकले आगामी फाल्गुन १ गते जनयुद्ध दिवस मनाउने, शहिद सप्ताहका अवसरमा बिशेस कार्यक्रम गर्ने र जिल्ला स्तरमा जबस मोर्चालाइ सुदृढ गर्ने निर्णय समेत लिएको छ।
ब्युरो इन्चार्ज बिबेक सी को अध्यक्षतामा बसेको बैठकमा नेकपा केन्द्रिय सदस्य बिराट सी को प्रमुख आतिथ्यता रहेको थियो भने बैठकमा केन्द्रिय सदस्यहरु बलवान सी, रणदीप सी ,बिबेक सी र अबिचल सी सहितका नेताहरुको सहभागिता रहेको जानकारी दिइएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु