नेकपा लम्जुङका सल्लाहकार प्यासीको निधन

२०७९ माघ २१ गते, शनिबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति लम्जुङका जिल्ला सल्लाहकार समिति सदस्य सोमनाथ अधिकारी ( प्यासी)को असामयिक निधनप्रति नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी लम्जुङले शोक व्यक्त गरेको छ।जिल्ला सेक्रेटरी गौरब सी द्वारा शनिबार एक शोक बक्तब्य जारी गर्दै प्यासीको निधनले पार्टीलाई स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली प्रकट गरिएको हो।
जिल्ला सेक्रेटरी गौरबद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ: नेपाल कम्युनिस्ट पार्टी लम्जुङका जिल्ला सल्लाहकार सदस्य तथा मध्यनेपाल वडा न७ रामबजार निबासी बर्ष ५६ का सोमनाथ अधिकारी- कमरेड प्यासीको २०७९/१०/२० गते बिहान ४ बजे असामयिक निधन हुन गएको खबरले पार्टीलाई स्तब्ध बनाएको छ।उनले पार्टी , आन्दोलन र परिवर्तनको पक्षमा पुर्याएको योगदान प्रति बिशेश स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ।साथै यस दुखको क्षणमा आफन्तजनहरुमा समवेदना प्रकट गर्दछौ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु