नेकपा झापाद्वारा मिटरब्याजीहरुलाई चेतावनी !

२०७९ माघ १९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी झापाले मिटरब्याजीहरुलाई चेतावनी दिएको छ । ओ पार्टीले बिहिबार बिज्ञप्ति जारी गर्दै महानन्द नेपालको घर जग्गा ३० दिनभित्र सुरु बोलकबोल अनुसार फिर्ता गर्न मिटरब्याजीहरुलाई चेतावनी दिएको हो । झापा शिवसताक्षी ११ दुधे निवासी नेपाल परिवारलाई तीन लाख दिएर दृस्टिबन्धक लिएको घरजग्गा खड्गबहादुर काम्वाङ, माओवादी केन्द्रको नेता डम्बर पुलामीलगायतले विभिन्न ब्यक्तिको नाममा नामसारी गर्दै हडप्न थालेपछि पार्टीले सो चेतावनी दिएको हो ।
नेकपा झापाका ईन्चार्ज प्रशान्त र सचिब संजयद्वारा जारी गरिएको बिज्ञप्तिमा ३० दिनभित्र फिर्ता नगरे सडकमा ल्याएर जनकारबाही गर्ने चेतावनी दिइएको छ । साथै बिज्ञप्तिमा झापामा मिटरब्याजी, बैंक तथा बित्तिय संस्थाले उधमी, ब्यवशायी र गरेर खानेलाई आतंकित बनाएको, चर्को ब्याज असुलेको, तीन पुस्ते निकाल्ने धम्की दिएको, अपहरण गरेर, जबरजस्ती अशुली गरेको भन्दै एक अंकमा ब्याज घटाउन र सहज ढंगले व्यवहार मिलाउने वातावरण बनाउन सरोकारवालालाई खबरदारी गरेको छ । सो पार्टीले झापामा यस्ता ठगहरु बिरुद्ध आफ्नो पार्टी शसक्त रुपमा लड्ने र पिंडितहरु शसक्त प्रतिकार गर्न संघर्सको मैदानमा आउन अपिल समेत गरेको छ । सो पार्टिका जिल्ला सचिब संजयले आंफुहरु यस्ता तस्कर, गिरोहबिरुद्ध जस्तोसुकै संघर्स गर्न तयार रहेको जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु