नेपाल कम्युनिस्ट पार्टी जनताको साथी !

२०७९ माघ १९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य भरत सीले पार्टीले ‘नेपाल कम्युनिस्ट पार्टी सुखदुखमा जनताको साथी’ अभियान चलाउने बताएका छन् । बिहिवार जनपत्रकार संगठन नेपाल , दाङद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता भरत सीले उक्त कुरा बताएका हुन् । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता भरत सीले भने – ‘ हाम्रो पार्टीको नवौं केन्द्रीय समितिको ऐतिहासिक तेस्रो पुर्ण बैठक सम्पन्न भएको छ । हामिले ६ महिने आवधिक योजनासहित जनताको बिचमा जादैछौ । नेपाल कम्युनिस्ट पार्टी सुखदुखमा जनताको साथी अभियान चलाउदैछौ । जनताले पार्टी आफ्नो सुखदुखमा हमेसा सधै संगै रहोस भन्ने चाहना व्यक्त गरेका छन् । हामी जनताको भावना अनुसार हरेक सुखदुखमा जनतासंगै रहनेछौँ ।’
पार्टीले ७/८ वर्षसम्म विभिन्न उतारचढावमा बिताएको नेता रणविरले बताएका थिए । उनले भने , ‘ हामिले बिगतका वर्षमा प्रतिबन्धमा बितायौ । राज्यको गैरन्यायिक प्रतिबन्ध , जेल-हिरासत मोर्चा सम्हाल्दै हामी यहाँसम्म आइपुगेका छौँ । दलाल पुजीवादी राज्यसत्ताले आफ्नो असफलता ढाकछोप गर्न अनेकौं हर्कत गर्ने गरेको छ । हामी जनताका दैनिक जनजिविका , राष्ट्रिय स्वाधीनता , जनताको अधिकार र न्यायका लागि संघर्ष गरिरहेका छौँ ।’
एक अर्को प्रसंगमा बोल्दै नेता भरत सीले युवा व्यवसायी प्रेम प्रसाद आचार्यको आत्मदाह एक प्रकारको बिद्रोह भएको समेत बताए । उनले थपे – ‘ यो देशमा केही गर्छु भन्ने युवा उधमीहरु किन दिनदाहाडै आत्मदाह गरिरहेका छन ? यो बिसयमा राज्य जिम्मेवार बन्नुपर्छ कि पर्दैन ? यो आत्मदाह एक प्रकारको बिद्रोह हो । यो दलाल पुजीवादी संसदीय व्यवस्था विरुद्धको बिद्रोह हो । यो व्यवस्था असफलताको ज्वलन्त उदाहरण समेत हो । अब युवाहरू आत्मदाहको बाटो रोज्ने होइन बरु संगठित भएर लुटखसोट मच्चाइरहेको संसदीय व्यवस्था विरुद्ध बिद्रोहको आट गर्नुपर्ने बेला आएको छ ।’
अमेरिकी मन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आएर दबाब दिएको समेत नेता भरतले स्पष्ट पारेका थिए । उनले दबाब दिएकी छन , नेता भरतले थपे ‘संक्रमणकालिन मुद्दा उठाएर नुल्याण्डले दबाब दिने र धम्क्याउने काम गरेकी छिन ।’
राष्ट्रियता , जनतन्त्र , जनताको जनजिविकाको मुद्दा पार्टीले बोकेको नेता भरतको ठोकुवा थियो । सबै दल उस्तै होइनन् , उनले थपे ‘ हामी फरक छौँ । संसदीय सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद चाहेका छौँ । हामी नेपालमा क्रान्ती गर्न चाहेका छौँ । एकीकृत जनक्रान्ती गर्न चाहान्छौ । राजनीतिक , आर्थिक , सामाजिक , सांस्कृतिक संकटको मुक्ती खोज्नैपर्छ । नयाँ उदाएका शक्ति साम्राज्यवादले यो व्यवस्था टिकाउन खडा गरेर नयाँ अनुहारका दलाल हुन् । नयाँ उदाएका पात्रप्रती जनता शसंकित भएका छन् ।’
पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले कम्युनिस्ट एकताको बारेमा राखेको जिज्ञासामा बोल्दै नेता भरत सीले पार्टीले झापा बिद्रोहदेखि जनयुद्ध हुँदै अहिलेसम्मका सबै क्रान्तिकारी ,कम्युनिस्टहरुसंग एकता हुनुपर्ने मान्यता राखेको छ तर एकताको नाममा एकता नहुने भन्दै एकता लागि संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद चाहाने शक्तीसंग एकता हुन सक्ने बताएका थिए ।
माओवादी केन्द्रसंग तत्काल एकता सम्भव नभएको र एकता चाहाने हो भने माओवादी केन्द्र संसदीय दलाल पुजीवादी व्यवस्था त्यागेर वैज्ञानिक समाजवाद प्राप्तिका लागि सडक संघर्षमा आउनुपर्ने नेता भरत सीको धारणा रहेको थियो ।
एक अर्को प्रसंगमा नेता भरत सीले पार्टीको नवौं महाधिवेशनले दर्शन , राजनितीक अर्थशास्त्र , वैज्ञानिक समाजवादका क्षेत्रमा थुप्रै नयाँ संस्लेसन गरेको समेत बताएका हुन् । पुरानो परम्परागत जातीको सट्टा नयाँ कम्युनिस्ट / साम्यवादी जाती सी जाती निर्माण गरेको समेत नेता भरतको भनाइ थियो ।
नेकपाका स्थायी कमिटी सदस्य भरत सीको प्रमुख आतिथ्यमा भएको पत्रकार भेटघाटमा नेकपाका पोलिटब्युरो सदस्य सुवास सी , नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपाका केन्द्रीय सदस्यहरु सम्झना सी , प्रदिप सी , पाटन सी , नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य भिम सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , प्रेस चौतारी नेपालका दाङका अध्यक्ष इन्द्र डिसि , नेपाल पत्रकार महासंघ दाङ जिल्ला कार्यसमिती सदस्य गिरिराज नेपाली , नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश परिसदका सदस्य गोबिन्द खड्का लगाएतको आतिथ्य रहेको थियो ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय समितिका सदस्य तथा दाङका अध्यक्ष हेमन्त प्रकाश सीको अध्यक्षता एवम स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संगठनका केन्द्रीय सदस्य तथा जिल्ला उपाध्यक्ष जंगबहादुर सीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु