सबै कम्युनिस्टहरुले समिक्षा गर्ने हो भने समाजवाद सम्भव छ

विप्लव सी, महासचिव, नेपाल कम्युनिस्ट पार्टी २०७९ माघ १८ गते, बुधबार


नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नवौं महाधिवेशन केहि समय अघि कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा सम्पन्न गरेको छ। त्यसक्रममा केहि बाह्य अबरोध र चुनौतीसहित महाधिवेशन गर्नु भयो , त्यो सन्दर्भलाई कसरी टिप्पणी गर्नुहुन्छ ?

हामीले आठौं महाधिवेशन गर्दा एउटा नीति अघि सारेका थियौँ, त्यो के थियो भने पार्टीले कुनैपनि कामको निर्धारित समयभित्र र नीतिभित्र पूरा गर्नु पर्छ भनेका थियौ र त्यसमा हामीले पाँच बर्षभित्र महाधिवेशन गर्ने भनेका थियौ । केहि समय कोभिड १९ र हाम्रा नेताकार्यकर्ताहरूविरुद्धका मुद्दा, गिरफ्तारीलगायतका राजनीतिक प्रतिकुलताको कारणले अलिकति यताउता भएतापनि हामीले निर्धारित समयमै नवौं महाधिवेशन गर्न पाएका छौ र गरेका छौ। त्यसमा सिङगै पार्टीपंतिले उत्साहका साथ भागलिएको छ। र त्यसलाई सफल बनाएका छौ।
दोस्रो कुरा, महाधिवेशनको परिबेशको परिस्थिति निकै नै उथलपुथलपुर्ण थियो । चाहे बिश्वको राजनीतिक हेर्नुस् , चाहे नेपालको । जताबाट हेरेपनि राजनीतिमा ठूल्ठूला संकट, संघर्ष,धुर्बिकरणहरु देखापरेका छन। यसक्रममा हामीले मार्क्सवादका मान्यताहरुदेखि लिएर अहिलेको बिश्व राजनीतिका चरित्रहरु तथा नेपाली कम्युनिस्ट आन्दोलनका महत्वपूर्ण बिषयमा संश्लेषण गरेका छौ। यो कुरा निकै ऐतिहासिक र महत्त्वपूर्ण पनि छ।
यहाँहरुले नेपालको एकीकृत क्रान्तिको प्रक्रियामा मार्क्सवाद- लेनिनवाद र माओवाद वा बिचारधारात्मक क्षेत्रमा केहि नयाँ संश्लेशणहरु गरेको भन्नुभयो । खासमा तपाईहरुले वैचारिक काममा बिशेष जोड दिनुका पछाडि के कुराले प्रेरित गरिरहेको छ ?
२०औं शताब्दी कम्युनिस्ट आन्दोलनका लागि निकै महत्त्वपूर्ण समय रह्यो। र यो जताततै बिजयको शताब्दी पनि रहयो ।तर त्यसको आनन्द मानव जातिले पुरै लिन नपाउदै कम्युनिस्ट – समाजवादी व्यवस्थाहरु दुर्घटनामा पर्ने, बिघटन हुने र पराजित हुने दुखद परिस्थिति पनि आयो, त्यसमा हामिले मसिनो ढङ्गले छलफल र बहस पनि गरेका छौँ ।
२०औं शताब्दीका क्रान्तिकारी आन्दोलनका सफलता र विफलता, त्यसले हासिल गरेका उपलब्धिहरुले हामीलाई निकै घचघचाई रहेको छ। त्यसलाई हामीले मसिनो गरेर हेरी राखेका छौ। जसको परिणाम यी घटनाहरुलाई सफलता, असफलता , बिजय -पराजय , संगठन -बिघठनहरुलाई केवल एउटा राजनीतिक घटनाको रुपमा मात्रै हेरेका छैनौ।
बिगतमा कम्युनिस्टहरुले आफ्नो बिचारको श्रेष्ठता जसरी कायम गरे त्यसलाई अझै उचाईमा उठाउनु पर्छ ,जसको अपुर्णताले समाजवादी सत्ता र आन्दोलनमा जुनप्रकारका असफलताहरु भए , त्यसमा बिचारको बिकासको क्षेत्रमा अपुर्णताका समस्या छन भन्ने भए पछि नै हामीले त्यसको बिचारधारात्मक बिषयको रक्षा, अनुसन्धान तथा त्यसलाई दर्शन, राजनीतिकअर्थशास्त्र र बैज्ञानिक समाजवादबारे संश्लेषणमा जोड गरिरहेका छौ र केही हदसम्म हामी सफल भएका छौ।
नेपाल कम्युनिस्ट पार्टीले नवौं महाधिवेशनमार्फत मालेमावादी दर्शन बिशेषत: द्वन्दात्मक तथा ऐतिहासिक भौतिकबादी दृस्टीकोणमा थप बिकास गर्दै अनिश्चय – रक्षा र रुपान्तरणको नियम भनेर संश्लेसण गरेको भनिएको छ।यसको आबश्यकता र उचाइबारे थप सरल र स्पष्ट रुपमा कसरी बुझाउनु हुन्छ?

बिषय जटिल जस्तो पनि छ तर यसलाई सरल बनाउन पनि सकिन्छ। के भनिन्छ भने बिज्ञान नबुझिदासम्म मात्रै अलि जटिल हो ,बुझेपछि निकै सरल पनि हो, भन्ने जस्तै कुरा हो यो। एउटा ठुलो ढुङगालाई सानो बलले हराउने कुरा मान्छेले सिकेपछि जति सरल भयो नि, यो समाजको नियम भन्ने कुरा पनि त्यस्तै नै मानिन्छ । समाजको बिकास अथवा मानब जातिको बिकास बुझ्नका लागि प्रकृतिको बिकासक्रममा घटिरहने घटनाहरुको बिशेसताहरुलाई बुझ्ने कुरासङ्ग सम्बन्ध छ। जस्तो कि पहिले त संसार कसले बनायो ? त्यसको अन्त्य कसरी/ कसले गर्छ? भन्ने कुराहरूमा भगवानले बनाएको र भगवानले नै त्यसको अन्त्यगर्छ भनेर मान्छेले बिश्वास गर्थ्यो। पछि यसको उत्पत्ति र यसको अन्त्यको पनि बैज्ञानिक कारण छ भनेर जसरी निष्कर्ष निकालियो , यसले त के मार्क्सवादको जन्म र बिकासमा योगदान गर्न मद्दत पुर्यायो । बिज्ञानको बिकासले नै मार्क्सवादी दर्शनमा द्वन्द्वात्मक भौतिकवादको जन्म हुन सम्भव भयो। तर द्वन्द्वात्मक भौतिकबादले मानव जातिको बिकासलाइ बुझ्न मद्दत गर्यो ,संघर्षलाई बुझ्न मद्दत गर्यो ,क्रान्ति र नयाँ सभ्यताहरुलाई बुझ्न र खोज्नको लागी मद्दत गर्यो तर द्वन्द्वात्मक भौतिकबादलाई नियमको रुपमा संश्लेसण गरियो । जो बढी चर्चामा पनि छन। पछि माओले द्वन्द्ववादका तीन नियम मध्ये बिपरितहरु बिचको एकता र संघर्सको नियम बाहेकका अरु दुइ नियम यस भित्रै पर्छ्न त्यसैले हामी तीन नियम मान्दैनौं पनि भन्नु भयो ।
जुन नियमहरू द्वन्दवादमा संश्लेषण गरेका छन यतापट्टी हेर्दा हामी २०औं शताब्दीमा बिजयसम्म त पुगियो तर समाजबादमा जुन समस्याहरु देखिन थाले त्यसमा हाम्रो भनाई के छ भन्दा द्वन्द्ववाद र भौतिकबादको नियम मात्रै प्रयोग गर्दा समाजवादको रक्षा सहित रुपान्तरणको बिकाश गर्न सकेनौ। त्यसैले हामीले के भनेका छौ भने यदि जितेको चिजको रक्षा गर्ने हो भने, बिकाश गरेको चिजको रक्षा गर्ने हो भने निरन्तर रुपमा रुपान्तरण हुन आबश्यक छ। बिकाश र रक्षाकोआवश्यकता छ ।हाम्रो सोच अहिले यो बनाएका छौ त्यसको लागि द्वन्द्ववादी भौतिकबादको थप बिकास हामीले गर्नुपर्छ । द्वन्द्वात्मक भौतिकबादको अनुसन्धान गर्दा सम्म एउटा भौतिक बिज्ञान अथवा एउटा निश्चयको सिद्दान्त बढि लागू भएको थियो । यस अनुसार केही निश्चित नियमभित्र समाजको बिकाश हुन्छ, केही निश्चित नियमभित्र पदार्थहरु चलिरहने कुरा प्रमाणित भयो। केहि निश्चित नियमभित्र ग्रह, उपग्रह चलिरहन्छन भन्ने सश्लेशण थियो तर बैज्ञानिकहरुका ती मान्यताहरुमा फेरबदल आएका छन । यसले हामीलाई मानव समाजको बिशेसता र खासगरी मान्छेको बिशेषता , मान्छेको सोच, जीवनको पद्धति माथि अध्ययन गर्नको लागि हामीलाई प्रेरित गरेको छ । त्यसले आफ्नो ठाउँमा मान्छेको पनि सोच्ने र उसले काम गर्ने कुरालाई एकैचोटी नाप्न सकिँदैन भन्ने देखिन्छ । जस्तै मान्छेले सोच्ने कुरा प्रकासको गति भन्दा पनि छिटो हुन्छ भन्ने छ।
द्वन्द्वात्मक भौतिकवादका तीन नियममा भौतिक बिज्ञानको बिकाश जसरी भएको छ अथवा अनिश्चयको सिद्धान्त जो छ त्यो कुरा समाज बिज्ञानमा पनि जोड्न आवश्यक छ । फिलोसोफिमा पनि जोड्न जरुरी छ । मान्छेको बिशेषतामा पनि जोड्न जरुरी छ। यसलाई हामीले अनिश्चय, रक्षा र रुपान्तरणको नियम भनेका छौ।

नवौं महाधिवेशनले बैज्ञानिक समाजवादमा राज्यको एकीकृत आर्थिक प्रणालीको प्रस्ताव अघि सारेको चर्चा छ, यो भनेको के हो र यसमा अरु आर्थिक प्रणाली भन्दा फरक के छ ?

हो, तपाईंले एकदमै सहि कुरा उठाउनु भयो ।अहिले स्वामित्व बारेमा दुईटा बिषय छन एउटा पुजीवादी वा निजी स्वामित्वमा आधारित अर्थ प्रणाली छ , उनिहरुले सहकारीको ब्याख्या गर्छन, निगमको ब्याख्या गर्छन त्यसमा सफल पनि देखिन्छन । तर सारमा त्यसले निजी प्रभुत्व रोक्न सकेन, त्यसले निजी प्रवृत्तिलाई रोक्न सकेन, त्यसले अति केन्द्रियतालाई रोक्न सकेन ,थोरै मान्छेको हातमा ठुलो पुंजीको केन्दिकरण हुनगयो, त्यसलाई यो प्रणालीले रोक्न सकेन । मान्छेको ठूलो हिस्सा पुंजीको स्वामित्वबाट बञ्चित भयो, त्यो रोक्न जरुरी छ। तर हामीले अर्कोतिर यो हेरेका छौ कि कम्युनिस्टहरुले सामुहिक स्वामित्व अघिसारेका थिए , यसले पनि मान्छेको जिवनमा हराभरा हुन सकेन, असफल भयो यो टिक्न सकेन । सिद्धान्तको हिसाबले राम्रो हुदाहुदै प्रयोगमा जादा आफ्ना प्रक्रियाहरु पार गर्न सकेन। जसले गर्दा अन्तत : नाम सामुहिकता तर त्यहाँभित्र अब नयाँ बर्ग जन्मिन थालेपछि सत्तामा बसेको बर्ग र सत्ता बाहिर बसेको बर्ग फरक भयो । सत्तामा बसेको वर्गले जो सामुहिकता बनायो त्यो साच्चिकै सामुहिकता थिएन। त्यो आफ्नो सुखभोगको निम्ति दिएको रुपवादी समानता थियो ।
यसलाई हामीले के भनेका छौ भने मान्छेले सोच्नुपर्ने जुन सामुहिकता थियो प्रकृतिले समाजका लागि जे चिज उपलब्ध गरेको छ त्यसको उपभोगबाट कोहि पनि मानबजाति बन्चित हुन नपरोस यो चाहि सहि नै हो तर त्यसो गर्दा एकैनासले यान्त्रिक तरिकाले जान मिल्दैन। आ आफ्ना क्षमता सहित, आफ्ना आकाङक्षा सहित ,आफ्ना बिशेषताहरुसहित जान दिनुपर्छ।
अहिले हामीले समाजबादको असफलतालाई जोडेर मसिनो गरि हेर्दा के देख्छौ भने मान्छे भनेको निजी र सामुहिकताको योग हो। यसबारे हाम्रो नवौं महाधिवेशनले बस्तुनिष्ठढङ्गले संश्लेषण गरेको छ। हरेक मान्छेमा आफ्नोपन छ ,आफ्नो मौलिकता छ ,जो कुरा अर्कोसग ठ्याकै अर्थात मेसिन जस्तो गरी मिल्दैन । तर अर्कोतिर मान्छेले आफ्नो जीवन समाज र सामुहिक प्रयत्नमा लगाउनु पर्छ, यसलाई मिलाउन सक्नुपर्छ। मान्छेको निजी जीवनपद्धतिले मात्रै सुखपुर्ण, उत्साहपुर्ण,समृद्ध नहुन सक्छ। निजी जीवन सामुहिकतासंग पनि जोडियोस ,समाजसंग जोडियोस ,त्यो हरेक बिशाल मानव जातिसंग जोडियोस, अन्तराष्ट्रिय शक्तिसंग जोडियोस मानव सक्तिसंग जोडियोस । ब्यक्तिकोआधारभुत आवश्यकतालाई समाजबादले हल गर्दै समाजवादतिर जाने निति हुनुपर्छ । त्यसलाई हामीले ब्यक्तिकोआधारभुत आवश्कता परिपुर्ति सहितको राज्यको अधिकतम सम्वृद्धि भनेका छौ। यसलाई हामीले एकीकृत स्वामित्व भनेका छौ। जहाँ मान्छेले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्न पाउछ। पुंजीको उत्पादन पनि गर्न पाउछ । उसले आफ्नो आवश्यकता र क्षमतालाई त्यहाँ राख्दै समाजको लागि बढी प्रयोग गर्न पाउछ। त्यस्तो खालको स्वामित्व प्रणाली नै एकीकृत स्वामित्व प्रणाली भनेका छौ र यसबारे हामीले ठुलै बहस पनि गरेका छौ।
यहाँले बिगतका पुंजीवादी र समाजवादी दुवै अर्थ प्रणालीभन्दा बिकसित र दुवैका खरावीहरु भन्दामाथि एकीकृत अर्थ प्रणाली हुन्छ भन्नु भयो , यो भनेको नौलो जनवाद भन्दा कति टाढा हो ? प्रस्ट पारिदिनुहोस न!
नौलो जनबादको क्यारेक्टर नै के हुन्छ भन्दा त्यसले पुंजीको उत्पादनमा बढी जोड दिन्छ र समाजबादतिर जाने कुरा गर्छ। नौलो जनबादले जनतालाई काम अनुसारको दाम हुनपर्छ भन्छ । बैज्ञानिक समाजबादमा त्यो पनि हुन्छ तर बैज्ञानिक समाजवादले बर्गविलोपीकरण तिर लिन्छ। समाजबादमा मान्छेहरुका बिशिष्ठ गुण र चाहनाहरु कायमै हुन्छन, तर त्यसले समाज र सामुहिक हितलाई उल्लघन गर्नु हुदैन ।
साम्यबाद भनेको पनि आखिर निजी जिवनको उत्कर्ष हो। जहाँ हरेक मान्छेले जब स्वातन्त्रता अनुभुति गर्छ, त्यो साम्यवाद हो । कुनै नियमले अर्कोलाई लादुन्जेल त्यो साम्यवाद हुन सक्तैन । जब तपाईंलाई यो गर्नुस ,त्यो गर्नुस भनिन्छ त्यतिबेलासम्म त्यो साम्यबाद होइन , जब तपाईं हामी बसेर यो गरौ, त्यो गरौ भन्छौ ,यो गर्न सक्छौ भनेर सोच्छौ त्यो साम्यबाद हो । जबसम्म एउटाले अर्कोलाई निर्देशन गर्छ त्यो चाहे कम्युनिस्ट होस या कुनै पुंजीबाद होस , त्यतिबेलासम्म साम्यबादको प्रयोग भएको हुदैन।
पुंजीवादले निजी जिवन बारे भ्रम हाल्छ। मान्छेलाई पुंजीबादले मेसिन जस्तै काम गराएको छ। तर उसलाई उत्पादनमा केही पनि दिदैन ।कसैलाई पुरै हिसा लगाई दिएको छ, यसको अन्त्य नै साम्यबाद हो । मान्छेले हरेक चिजको उत्पादनमा श्रममा भाग लिन्छ , हरेकले आवश्यकता अनुसार उपभोग गर्न पाउछ र निजि स्वतन्त्रताको स्वामित्व पनि सुनिस्चित हुन्छ ,त्यो भनेको साम्यवाद हो । निजी भन्ने चिजलाई पुंजीबादसङ्ग मात्रै दाजेर हुदैन । पुंजीबादले निजि स्वामित्वको त अन्त्य गर्दै- गर्दैन ,जुन निजी समाजसङ्ग जोडिएको छ । समाजका हरेक सदस्यले स्वतन्त्र भएर काम गर्न पाउनु पर्छ अनि समाजको पुर्ण बिकास हुन्छ ।
तपाईंहरुले आजको साम्राज्यवादलाई भुमण्डलिकृत भन्नु भयो । साम्राज्यवादबारे बाबुराम – प्रचण्डहरुले पनि यहि शव्द प्रयोग गरिसकेका थिए , अझ त्यो भन्दा अघि त ८० को दशक वरिपरि नै भुमण्डलीकृत साम्राज्यवाद भनिएको थियो। अरु र तपाईहरुको बिश्लेषणमा के फरक छ ?
तपाईंले भन्नु भएको एकदमै सहि कुरा हो । माओ हुदा नै भुमन्डलीकरण शब्द प्रयोग भईसकेको थियो। भुमण्डलीकरण शब्द प्रयोग गर्दै बाबुरामजीले पनि आजको साम्राज्यवाद लेख्नु भयो ,आजको पुंजीबाद पनि लेख्नु भयो । प्रचण्ड बाबुरामहरुले भुमण्डलीकृत साम्राज्यवाद त भन्नु भयो तर त्यसलाई उहाहरुले भुमण्डलीकरण भैसकेकोले क्रान्ति हुदैन भने ढङ्गले यो शब्द प्रयोग गर्नु भयो । लेनिनले पुंजीबाद साम्राज्यवादमा बिकास भयो वा यो पुंजीवादको मरणासन्न चरण भनेर भन्नुभएको छ वा मृत्युतिर गैरहेको चरणको दर्शन हो भन्नु भएको थियो। मार्क्सको कम्युनिस्ट घोषणापत्रसम्म मजदुर जीवन बिभत्स र एकदमै अनौठो थियो । तर साम्राज्यवाद नयाँ तरीकाबाट आएको छ। जसलाई बुझ्न अलि भिन्न ढङ्गले हेर्न जरुरी छ। हिजो मजदुरलाई १८ घन्टा काम गराइन्थ्यो तर अहिले २ घन्टा काम गर्छु भन्न पनि पाइने भएको छ। तर मान्छेलाई घुमाएर शोषण गरिरहेको छ।
अर्कोतिर मार्क्सले कम्युनिस्ट घोषणापत्रमा लेखेका अधिकाङ्श मुद्दाहरु त अहिले पुंजीबादीहरुले नै लागू गरिसकेका छन । १८ औ शताब्दी या २० औं शताब्दीको समाजवाद एकप्रकारले भन्दा समाजवादको प्रारम्भिक अभ्यास थियो। त्यसमा केही सैद्धान्तिक मान्यताहरू आफ्नो ठाउमा सहि नै छन तर त्यसका कतिपय आर्थिक राजनीतिक कार्यक्रमहरू पुजीवादीहरुले नै पुरा गरिसकेका छन। तर हिजोको पुंजीबादले क्षेत्रीयस्तरमा बाड्थ्यो ,त्यहाँ प्रत्यक्ष सेना उतारेर लड्थ्यो, आफ्नो अर्थतन्त्रको लागि कब्जा गर्थ्यो। राजनीतिक रुपमा पनि आफ्नोमात्र प्रभुत्वमा कायम गर्थ्यो। आज स्थित फरक छ। हिजो सेनालाई उतारेर पहिला कब्जा गर्थ्यो ,अहिले पहिला कानुन कब्जा गर्छ।
उत्पीडित देशहरुको सरकार कब्जा गर्ने ,राजनीतिक कब्जा गरेर साम्राज्यवाद आइरहेको छ। हिजो उ थर्काएर ,धम्काएर लड्थ्यो ,आज फकाएर, किनेर, दलालहरू खडा गरेर आइरहेको छ। भुमन्डलीकरणको चरित्र यसरी देखापरिरहेको छ। त्यसैले हामीले यसलाई मुर्त ढङ्गले संष्लेसण गर्दै आजको साम्राज्यवादलाई भुमण्डलीकृत साम्राज्यवाद भनेका हौ।

फरक प्रसङ्गमा प्रवेश गरौ,समाजमा विद्यमान जातमा आधारित व्यवस्था , असमानता र अन्तरमानविय बिभेदको नयाँ निकासको रुपमा नयाँ जात वा ‘सि’ जाति निर्माण गर्ने निर्णय गर्नुभएको छ , यो किन र कसरी हुन्छ ?

मलाई के लाग्छ भने समबेदना ,अनुभुति र चेतनाको एउटा एकीकृत र एकदमै संकेन्दित अभिब्याक्ति हो । अथबा २०औ शताब्दीको समाजवादमा सिङगै मानव जाती एउटै र नयाँ हुन्छ भनिन्थ्यो तर त्यो हुन सकेन। शोभियतसंघमा समाजबादले जे चिज बनाउनु थियो, त्यो बनेन, त्यो धार्मिकतातिर फर्क्यो, जातिवादतिर फर्क्यो, क्षेत्रियतावाद तिर फर्क्यो । सोभियत संघसम्म त्यहि भयो, आज क्युवामा त्यहि छ । त्यसैले हामीले आजैबाट नयाँ जाति निर्माणको प्रक्रिया सुरु गरेका छौ । यदि भोलि बनाउनु नै छ भने आजैबाट हामी किन बनाउन नसक्ने ?बिश्व कम्युनिस्ट आन्दोनलनमा निश्चितरूपमा यसबारे बहस पनि छ। जब मान्छेहरू अहिले पनि विभिन्न नाममा आ आफ्ना पुराना सोच ,जात र समाजमा टास्सिएर बसेका छन भने तपाईंले नयाँ कहिले र कसरी बनाउन सक्नु हुन्छ? यो हाम्रो पार्टीभित्र बहसको बिषय छ । हिजोको समाजले दिएको अवशेष हो त्यो, त्यसको उपहार हो, त्यसमा हामी टासिन हुदैन।

विप्लव सी, महासचिव, नेपाल कम्युनिस्ट पार्टी


जब मेरो परिवारलाई नयाँ जातिद्वारा पुरानोबाट उन्मुक्ती गर्दैन , जब बैज्ञानिक र राजनीतिक ढगले त्यसलाई मुक्ति गर्छौ त्यो नयाँ जाति हुनेछ। यदि यसरी नसोच्ने हो भने मानौ मैले त कम्युनिस्ट भएर जेनतेन गरुला तर मेरो परिवार त फर्केर त्यहि ठाउमा जान्छ नि !पुरानै समाज हामीले तयार पारेका छौ भने हामीले नयाँ जाति कहिले बनाउने?
त्यसकारण हामीले के भनेका छौ भने यो हल गर्नु पर्छ, नयाँ जाति बनाउनु पर्छ। हामीले सम्पूर्ण उत्पिडितहरुलाई खुल्लारुपमा अपिल गर्नुपर्छ कि नेपालका जतिपनि उत्पिडित जाति छन, आउनुस अब एक जाति बनाउनुपर्छ ।
हामी क्षेत्री , बाहुन, जनजाति , मधेसी भनेर बाधिन पर्दैन ।हामी त मानव जाति हौ। त्यसमा हामी सबै उत्पिडित भएकाहरुको मात्रै होइन ,यसको छुटै सारतत्व छ ।नेपालमा मात्रै होइन बिश्व कम्युनिस्ट आन्दोनलन कै लागि यो निकै अर्थपुर्ण हुनेछ भन्ने हाम्रो बिश्वास छ।

यहाँले आफ्नै उत्पादन , संरचनासहितको जनआधारित पार्टी र संगठन निर्माण गर्ने भन्नु भयो , यो भनेको के हो ?

यसलाई नयाँ साँस्कृतिक क्रान्ति पनि भन्न सकिन्छ अथवा साँस्कृतिक क्रान्तिमा बढेको हाम्रो सोच पनि भन्न सक्छौ । हामिले देख्यौ बिचारले क्रान्ति गर्नुस चाहे सत्ता चलाउनुस ,चाहे तपाईले नयाँ जाति बनाउनु होस वा जे गर्नुस अन्तत:समाजसंग नै बस्नुपर्छ । हामीले जस्तो खालका युद्दकालिन संरचना बनायौ अथवा खुल्लाखालका संसदीय संरचना बनायौ त्यसको पीडा सम्पुर्ण पार्टी र जनताले पनि भोग्नु परेको छ। यसको समाधानसहितको पार्टी सङ्गठन र त्यसको अर्थतन्त्र सहितको आधार निर्माण नगरि हामी अगाडी बढ्न सक्दैनौ । एकपटक माओले जननीतिको कुरा गर्नु भएको थियो, त्यसैलाई अर्को बिषयमा हामीले जनआधारित नेताकार्यकर्ता, जनआधारित पार्टी र जनआधारित काम बनाउनुपर्छ भनेका हौं । हाम्रा कामहरुमा जनतालाई अपनत्व भएको महसुस गराउनुपर्छ । जबसम्म त्यो हुदैन तबसम्म कुनै चिज सफल हुदैन , त्यसलाई हामीले पुरा गर्न जनतामा जानुपर्छ। जनआधारित पार्टी र संगठन बनाउने भनेको संसदीय राजनीति जस्तो होइन , यो जनतामा गएर पैसा बाडेर खानपान आयोजना गर्ने कुरा पनि होइन। यो साच्चै नै बिचार ,शैली , चेतना, नयाँ सँस्कृति ,आर्थिक सोचसहित जनतामा जोडिनु पर्छ भन्ने कुरा हो। यो बिषय एकदमै महत्त्वपूर्ण छ। संगठनात्मक क्षेत्रमा यसको केहि प्रयोग त हामीले पहिलेदेखि गरेका पनि छौ ,त्यसको अझैपनि एउटा उचाइमा बिकास गर्नुपर्छ।

अन्त्यमा , केहि समय अघि तपाईले झापाली आन्दोलन हुदै जनयुद्ध र एकीकृत क्रान्तिसम्मका कम्युनिस्टहरु एक हुने बेला आयो भन्नु भएको थियो । यसको अर्थ एमाले , माओवादी केन्द्रलगायतसग एकताको कुरा गर्नु भएको हो ?

यसका दुईवटा बिषयहरु छन, म यसलाई अझै अगाडी ल्याउन चाहान्छु। यो प्रश्न एकदमै महत्त्वपूर्ण छ । एकदमै साचो कुरा के हो भने नेपालमा जनताको दुई तिहाई जनमत कम्युनिस्ट मन पराउनेहरुको छ , एकचोटी समाजबाद हेर्ने चाहाना राख्नेहरुको छ । तर त्यसअनुसार यहाको नेतृत्वले गर्न सकेको छैन। कम्युनिस्टहरु जनताको चाहाना अनुसार त्यहाँ पुग्न असफल भए। हामीले के भनेका छौ भने अब यो जनमतको आधारमा समाजबादमा जान चाहने नेपाली जनताको चाहनालाई अमेरिकि भुमन्डलीकरणमा आधारित साम्राज्यवादी षड्यन्त्र मिसिसकेको छ र यसलाई पुरै पुजीवादीहरुले पनि बुझीसकेका छन । उनिहरु नेपालको कम्युनिस्ट जनमतलाई क्षयीकरण गर्न चाहान्छन, यसलाई खन्डित गर्न चाहान्छन। अन्तमा कम्युनिस्ट आन्दोनलनलाई निस्तानाबुत गर्न चाहान्छन। यो कुरा हामी सबै कम्युनिस्टहरुले बुझ्नु जरुरी छ। एउटा कम्युनिस्ट धारा संसदबाट केही हुन्छ कि भनेर लागि रहेको छ भने अर्को जनताको तागतद्वारा रुपान्तरण गर्नुपर्छ भनेर लागिरहेका छौ । तर सबैले के बुझ्नुपर्छ भने जनताको आन्दोनलनाको बलमा जसरी हामीले परिवर्तन गर्दै आएका हौ ,त्यसको नेतृत्व चाहि जनताको हातमा जोगाउन सकेनौ । फर्केर सुधारवादीहरु कै हातमा गयो, संसदबादीहरुकै हातमा गयो। त्यसैले झापा आन्दोलन, अझ भिमदत्त पन्तदेखि जनयुद्ध र एकीकृत जनयुद्धसम्मका जो – जो युवाहरु छन ,जसले परिवर्तन खोजिराखेका छन, त्यो शक्तिलाई एक ठाउमा ल्याउने बेला भयो । एमाले -माओवादी लगायत जतिपनि संसदबाट समाजबादमा जान सकिन्छ भन्ने कुरा छ त्यो असम्भव छ। बरु एमाले, माओवादी पुग्ने भनेको पश्चिम बङ्गाल तिर हो भने हामीलाई पेरु , इन्डोनेसियातिर पुर्याउने षड्यन्त्र गरिदैछ । तर नेपाली जनताको चाहनाको सम्मान र बिगतको सबैले समिक्षा गर्ने हो भने अहिलेको स्थित तथा परीणामहरु, सबै कम्युनिस्ट पार्टीभित्र देखा परिरहेका उतारचढाव , विघटनहरू हेर्दा हामीले नेपालका सबै कम्युनिस्टहरूलाई केन्द्रीकृत गर्न खोजेका छौ। एमालेभित्र पनि यो बहस होस, माओवादी केन्द्रभित्र पनि यो बहस होस, हामी पनि बहस गर्न तयार छौ। हामी सबै बिषयमा बहस र छलफल गर्न खुल्ला छौ। समाजवाद के संसदबादबाट सम्भब छ ? यसमा पनि हामी छलफल गर्न तयार छौ । के बलप्रयोग भनेको हिजोको माओले गरे जस्तै मात्रै हो, त्यसमा पनि बहस गर्न तयार छौ।जनताको चाहनाको रक्षा गर्ने हो भने नेपाललाई साच्चिकै समाजबाद तिर लैजाने हो भने त्यसका सम्भावनाहरुलाई हेर्नुपर्छ। अब त्यसबारे बहस गर्ने बेला भएको छ, यो कुरा सबैले बुझ्नुपर्छ । सबैले समिक्षा गर्ने हो भने नेपाललाई समाजबादतिर लिन सम्भव छ । त्यसकारण हामीले यो दृष्टिकोण राखेका हौ र सबैले छलफल पनि गर्दैछौ , सबैले सकरात्मक सुझाव पनि दिएका छन। अरु पार्टी भित्रपनि सकरात्मक रुपमा छलफल भएको छ , यो चाहि सत्य हो ।

( पत्रकार मनबहादुर सहकारीको सहयोगमा शेरवहादुर बिश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश )

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु