पार्टी एकता कि बिसर्जन !

२०७९ माघ १५ गते, आईतवार

झपेन्द्रराज बैद्य

पार्टी एकता आफैँमा राम्रो हो । अझ भन्ने हो भने छियाछिया भएका कम्युनिष्टहरु एक ढिक्का हुनु झनै राम्रो हो । यहाँ त जसले पार्टी फुटाउँ छ उसैले कम्युनिष्टहरु को एकता हुनुपर्छ भन्छ । हिजो मात्र धर्मेन्द्र कमरेड सिंहदरबार गएर प्रचण्डसँग पार्टी एकताको बारेमा कुराकानी भएको बुझिन्छ । यो राम्रो पक्ष हो । कुनै पनि चीजलाई पूर्वाग्रहले हेरिनु हुँदैन । यस्तै माके र जसपा मिल्ने कुरा चलेको छ । बाबुराम भट्टराईले निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई गोर्खामा सघाएका थिए । एकताको मीठो अनुभूति हुन्छ तर फुटको तीतो अनुभूति हुन्छ । तर, गहिरिएर हेर्ने हो भने त्यो मिलनमा सिद्धान्त र विचार मिलेको छ कि छैन । त्यो मिलनले फुट ल्याउँछ कि ल्याउँदैन ? यी कुराहरुको गंभीर रुपले अध्ययन गर्नुपर्छ ।

विसं २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना भएपश्चात् दर्जनौं पार्टीमा फुट भएको छ । रायमाझीले राजतन्त्रको पुच्छर समातेका हुन् । त्यसपछि भारत परस्त पुष्पलाल हुँदै मनमोहन, मदन भण्डारी, मोहनबिक्रम सिंह, पुष्पकमल दाहाल प्रचण्ड, मोह बैद्य किरण र विप्लवसम्म आइपुगेको छ । क्रान्तिको सवालमा किरणसँग मतभिन्नता भएपछि विप्लवले पार्टी पुनर्गठन गरी नेकपा स्थापना गरेको नयाँ इतिहास दर्ज भएको पाइन्छ । आहुती र ऋषि कट्टेल नेकपाको मोर्चामा आबद्ध छन् । एनसेलले अरबौंको कर राजस्वमा दाखिला नगरेपछि एनसेलको टावर ध्वस्त भएको हो । त्यसपछि नेकपा प्रतिबन्धित भएको हो झण्डै दुई वर्षसम्म । तीन बुँदे सहमति पछि पनि अझै करिब एक सयजना कारागारमा बसेको अवस्था छ । यसै क्रममा १० जना होनहार युबकको दःुखद निधन भएको छ । अहिले अमेरिकाले एमसीसीको माध्यमबाट नेपाललाई सोझै आक्रमण गरेको अवस्था छ । नेपाल युक्रेन हुनबाट बचोस् भनेर नै अन्तर्राष्ट्रिय तहमा तालमेल हुन आवश्यक छ । तर, नेपालको दलाल सरकारले युक्रेनलाई मान्यता दिइसकेको छ । यसैले नेपाल युक्रेन बन्ने संभाबना छ तर नेपाल युक्रेन नबनोस् यही कामना । नेत्रबिक्रम चन्द विप्लवबाट स्थानीय चुनावको सवालमा धर्मेन्द्र बास्तोला र सुदर्शन वली पार्टीबाट अलग भएका हुन् । स्थानीय चुनाव कार्यनीतिक सवाल हो तर अविधेशनमा चूपचाप रहेका धर्मेन्द्र अविधेशनबाट बाहिर आउनासाथ सिद्धान्त र विचार एउटै भए पनि पार्टीबाट अलग भएको घोषणा गर्नु दुःखलाग्दो कुरा हो । आर्थिक हिसाब माग्ने सवालमा नै पार्टीबाट फुटेको बताइन्छ । केन्द्रीय कमिटिमा धर्मेन्द्रको जम्मा ९ जना भए पनि बहुमत भनेर डंका पिटिन्छ । पछिबाट त केन्द्रीय कमिटीमा जतिजना पनि राख्न सकिन्छ ।

प्रचण्डबाट कम्युनिष्ट एकताको लागि आह्वान गरिएको छ । यो राम्रो कुरा हो । तर, साम्राज्यवादीले कम्युनिष्ट एक भएको हेर्न चाहँदैनन् । उनीहरुलाई कम्युनिष्ट समाप्त पार्नु छ । अहिले अमेरिका, बृटेन, जर्मनी आदि देशहरुले रुसको बिरुद्ध युक्रेनलाई सहयोग दिइरहेको अवस्था छ । रुसले पनि साम्राज्यकादी हमला रोक्न युक्रेनमा आक्रमण गरिरहेको छ । अमेरिकाले सारा विश्व कब्जा गर्ने सपनामा रुस बाधक बनेको छ । रुस शक्तिशाली नभएको भए आजसम्म नेपाल समेत ससाना देशहरुलाई अमेरिकाले राख्दैनथ्यो । एमसीसीको सवालमा एकताका जनयुद्धका नायक प्रचण्डलाई समेत अमेरिकाले उठबस गराएको छ । संसदको फोहरी खेलमा विप्लव र किरणसहितका सच्चा कम्युनिष्टहरुले भाग नलिएको अवस्थामा प्रचण्डले ब्याख्यात्मक भनेर एमसीसी पासगरेर पठाएका हुन । तर, अमेरिकाले ब्याख्यात्मक शब्दलाई त्यति मानेको छैन । तर, संसदवादीलाई टाङमुनि छिराइसकेको अवस्था छ । खुल्ला मंचमा विप्लवको नेतृत्वमा एमसीसीको बिरुद्ध ऐतिहासिक सभा भएको जगजाहरै छ । गाउँघर टोल टोलमा एमसीसीबिरुद्ध जनता उर्लिएका हुन् । संसद भवनसम्म जनता नारा लगाउँदै पुगेका हुन तर हतियारसहितका सेना, प्रहरीले निहत्था जनतालाई रोकेका हुन् । अहिले फेरि अमेरिकाले अर्को कार्ड फालेको छ– त्यो हो एसपीपी अर्थात् स्टेट पार्टनससिप । अहिले एसपीपी पासगराउने दाउँमा छ अमेरिका । दलाल नेताहरुले पनि मौका हेरिरहेका छन् । यस अवस्थामा पार्टीको एकीकरणको नाममा एमसीसी पक्षधरसँग मिल्न कति उचित होला ? कि त एमसीसीवालाले सार्बजनिक रुपमा एमसीसीको बिरोध गरेको स्टेटमेन्ट दिन सक्नुपर्छ । मोही माग्न जाने ठेकी लुकाउने भनेको यही हो । पार्टी एकीकरणको लागि यी सबै कुराको ख्याल गर्नुपर्छ । माथि भनिएको छ । धर्मेन्द्र केको आधारमा प्रचण्डसामु गएका हुन् ? पार्टीको एकीकरणको लागि गएका त होइनन ? स्पष्ट हुनुपर्छ । पार्टीका कार्यकर्तालाई रिहाई गराउन गएको भए त्यहीअनुसार समाचार संपे्रषण गर्नुपर्छ । किन पार्टी फुटाइयो ? अब के गरेर समाधान हुन्छ ? त्यो कुरा जनतालाई बुझाई दिनसक्नुपर्छ । यो त न आपूmले गर्न सक्ने न अर्कालाई गर्न दिने जस्तो भएन र ? तर यो पंक्तिकारले बुझेसम्म देखेसम्म महासचिव विप्लवको राजनैतिक यात्रा निरन्तर चलिरहेको छ । विभिन्न कार्यक्रमका साथ वैज्ञानिक समाजवादको यात्रा कैयौं गौडा गल्छेडा पार गर्दै एकीकृत क्रान्तिको बाटोबाट अगाडि बढिरहेको अवस्था छ । यो यात्रालाई साथ दिन तमाम देशभक्तहरुको खाँचो रहेको छ । उत्पीडित वर्ग, श्रमिक, किसान मजदूर तथा सम्पूर्ण न्यायप्रेमीहरुले साथ दिन जरुरी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु