संसद्वाद र संशोधनवाद नेपाली क्रान्तिको खतरानाक शत्रु

२०७९ माघ १५ गते, आईतवार

सन्तोष सी

“विचारधारात्मक र राजनैतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ ।” यो भनाइ वैज्ञानिक छ, त्यसकारण सत्य छ । यही भनाइलाई यान्त्रिक र अधिभूतवादी ढंगले ग्रहण गरियो भने न त कुनै सही विचारधाराको विकास हुन सक्छ, न त्यो वास्तविक व्यवहारमा नै लागू हुन सक्छ । सही विचारधारालाई व्यवहारमा प्रयोग गर्ने सही संगठनात्मक सिद्धान्त, संरचना र कार्यशैलीको विकास भएन भने विचारद्वारा अपेक्षित परिणाम हासिल गर्न सकिँदैन । निरन्तर गतिको समग्र अनन्त प्रवाहमा विचार आफैँ र त्यसको प्रयोगको विधि र मान्यताहरु पनि विकासशील र गतिशील हुनु अनिवार्य छ । वास्तविक व्यवहारमा सामान्यतः वस्तुको विकासका तुलनामा मानिसको चेतना पछि पर्ने गर्दछ । वस्तु र चेतनाको यही अन्तरविरोधबाट विभिन्न प्रकारका मनोगतवादी विचलनहरु पैदा हुन पुग्दछन् । मालेमावादको सार्वभौम सिद्धान्तले ल्याएको एउटा महान् क्रान्ति सारतः वस्तु र चेतनाबीचको अन्तर्विरोध हल गर्ने वैज्ञानिक विधि प्रदान गर्नु हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका रुपमा संश्लेषित त्यो विज्ञानलाई प्रयोग गर्ने चिन्तन र प्रयोगकर्ता स्वयम् गतिशील, सिर्जनशील र वैज्ञानिक हुनु अनिवार्य हुन्छ । नेपालमा मालेमावादको सार्वभौम सिद्धान्तको यहाँको विशिष्टतामा प्रयोग गरेकोले जनयुद्ध एउटा उचाइमा पु¥याइदियो । नेपाली समाजलाई रुपान्तरण गर्ने आशा–भरोसा गरिएका पात्रहरुबाट केही धोका भयो । यस सन्दर्भमा सर्वाधिक महत्वपूर्ण प्रश्न आज फेरि हाम्रो काँधमा आएको छ त्यो हो एकीकृत जनक्रान्तिद्वारा विकसित विचारधारात्मक समस्याको समाधान गर्नु हो । यहाँ के कुरालाई गहिरोसँग आत्मासात गर्न जरुरी छ भने लाखौँ जनसमुदायको सहभागिता, हजारौं हजार नेता–कार्यकर्ताका नाममा लगाइएका झुटामुद्दा त्याग, तपस्या र बलिदानका अद्वितीय कीर्तिमानहरु खडा गर्दै यहाँसम्म आइपुगेको हाम्रो एकीकृत जनक्रान्तिले हाम्रा हिजोका विचार, चिन्तन, कार्यशैली र आचरणलाई अपर्याप्त र संकीर्ण सावित गर्दै लग्यो । यसलाई हामीले सही ढङले अगाडि बढाउन सकेन भने फेरि अर्को समस्या न निम्तिला भन्न सकिँदन । अहिले पार्टी र आन्दोलनमा दुईवटा प्रवृतिहरु सचेत वा अचेत रुपमा एकआपसमा टत्र्mाइरहेका छन् । सकारात्मक वा क्रान्तिकारी प्रवृत्तिले आपूmलाई नयाँ विचारको मागअनुसार बदल्ने प्रयत्न गरिरहेको छ भने नकारात्मक वा अवसरवादी प्रवृत्तिले आफ्नो स्वार्थअनुसार विचारलाई ढाल्ने जमर्को गरिरहेको छ । विचारअनुसार संगठन र संस्कृति वा संगठन र संस्कृतिअनुसार विचार ? यो प्रश्न यतिबेला कम्युनिस्ट पार्टी भित्र महत्वपूर्ण प्रश्न भएको छ । निश्चित रुपमा क्रान्तिकारीहरुको प्रयत्न नयाँ विचारअनुसार संगठन र संस्कृतिक रुपान्तरणका लागि संघर्ष गर्ने हुनुपर्दछ । वैचारिक शुद्धीकरण संगठनात्मक र सांस्कृतिक शुद्धीकरणसँग जोडिएन भने त्यहाँ अन्तरविरोध पैदा हुनु नितान्त स्वाभाविक बन्न जान्छ । हामी क्रान्तिकारीहरुले आफ्नो ध्यान अब संगठनात्मक र संस्कृतिक शुद्धीकरणमा केन्द्रीत गर्न जरुरी छ ।

२१औँ शताब्दीको वर्तमान चुनौतीपूर्ण परिस्थितिमा क्रान्तिको नेतृत्व गरिरहेको हाम्रोजस्तो पार्टीका नेता– कार्यकर्ताहरुको दृष्टिक्षितिज व्यापक र फराकिलो नपारीकन एकीकृत जनक्रान्तिलाई सफलतासम्म पु¥याउन सम्भव छैन । तर, नेपाली समाजसको अत्यन्त दलाल पुँजीवादी अवस्थाको उत्पादन सम्बन्धका कारण निगम पुँजीवादी संकीर्णता यसको सांस्कृतिक विशेषता रहँदै आएको छ । पार्टीमा संकीर्णता र अराजकताको वर्गीय जरा नेपाली समाजको यही पिछडिएको उत्पादन सम्बन्धसँग गाँसिएको छ । सर्वहारावर्गीय सामूहिकताको वैज्ञानिक महत्वलाई दलाल पुँजीवादले आत्मसात गर्नै सक्दैन ।

राज्यसत्ता वर्गीय अधिपत्यको साधन हो । वर्गसंघर्षको माध्यमद्वारा सर्वहारावर्ग आफ्नो सर्वहारा अधिनायकत्व कायम गर्न प्रयत्न गर्छ । प्रतिक्रियावादीहरु विद्यमान प्रतिक्रियावादी दलाल संसदीय प्रणालीमा कथित चुनावको पाखण्डी नाटक मंचन गरी यान्त्रिक बहुमत कायम गरी बहुसंख्यक शोषित वर्गमाथि शासन चलाउँछ । “बहुमतकै इच्छा सर्वोपरि” र बहुमतको अन्तिम निर्णय भन्ने सोच कम्युनिस्ट आन्दोलनभित्र क. लेनिनको जमानामा प्रखर रुपमा अगाडि आयो । त्यो सोच आखिरमा संशोधनवादी सोच थियो र लेनिनले त्यसको विरुद्ध निर्मम संघर्ष गर्नुभयो । संसदीय चुनावको उपयोगको सन्दर्भमा निकट भएको त्यो सोचले वर्गसत्ता प्राप्तिका लागि वर्गसंघर्षभन्दा पनि चुनावद्वारा बहुमतसिद्ध गराउन प्रयत्न गर्ने र त्यसैको सेरोफेरोमा रमाउने प्रवृत्ति कम्युनिस्ट आन्दोलनमा पनि अगाडि आयो । त्यसले एकातिर वर्गसंघर्ष गौण बन्न गयो । अर्कोतिर बल प्रयोगको सिद्धान्त अस्वीकार गत्यो । त्यसै कारण १९५६ को रुसी कम्युनिस्ट पार्टीको संशोधनवादी निर्णयको समर्थन गर्दै शान्तिपूर्ण बाटो अनुसरण गर्न पुगेका पुर्वी युरोपसमेतका पार्टीको पुँजीवादी अवसान भयो ।

सिद्धान्त बल प्रयोगको नीति अस्वीकार नगरेको पार्टीहरु चुनावमा गएका छन् । नीति आफ्नो ठाउँमा छ तर व्यवहार त्यो नीतिको ठिक विपरीत भएको छ । चुनावीधन्दाले बल प्रयोग गर्ने सोच समझदारी र तयारी क्रमशः गौण महत्वहीन र पछि पर्दै गएको छैन, क्रमशः सशस्त्र संघर्षप्रति उदासीनता र वितृष्णा बढ्दै गएको छ । यो संसदीय प्रणालीमा भाग लिएपछि बढ्दै गएको वैयक्तिक ह्रास र विचलन हो । वर्ग संघर्षको वैज्ञानिक मान्यतामाथि सुव्यवस्थित रुपले आक्रमण गर्ने र प्रतिक्रान्तिकारी भूमिका निर्वाह गर्ने संशोधनवादीहरु क्रमश वन्र्सटिन, काउत्स्की, खु्रश्चेभ, गोर्वाचोव, ल्यु साओ चि र तेङ सियाओ पिङ नै हुन ।

वन्र्सटिनले पुँजीवादमा शान्तिपूर्ण रुपले समाजवादमा विकास हुने कुरा बताउँदै वर्गसंघर्षको सिद्धान्त माथि घन ठोक्ने काम गरे । उनले अगाडि भन्छन् “अब हामी भोटद्वारा प्रदर्शनद्वारा र त्यस्तै दबाबका तरिकाद्वारा सुधार हासिल गर्नेछौँ ।” वन्र्सटिनको त्यो सोचाइलाई काउत्स्किले झन् अगाडि बढाउँदै भन्छन् “राजनीतिक संघर्षको हाम्रो उद्देश्य संसद्मा बहुमत ल्याएर संसद्लाई सरकारको मालिकमा बदलेर राज्यसत्ता लिनु हो । “बहुमतवादी” हरुले बहुदलीय जनवादको नाममा चुनावमा बहुमतसिद्ध गरेर आफ्नो शक्ति प्रदर्शन गर्न अपनाउने तरिका र कायदाले वर्गसंघर्षको सिद्धान्तलाई समाप्त गर्दै लगेको देखिन्छ । यस सन्दर्भमा लेनिनको यो भनाइले अत्यन्तै महत्व राख्दछ । लेनिन भन्नुहुन्छ– “खाली ठगहरु र मुर्खहरुले मात्र सिच्न सक्छन् कि सर्वहारावर्गले पुँजीपति वर्गको तानाशाहीमुनि वा ज्याला दासताको जुवामुनि गराइने चुनावमा बहुमत प्राप्त गर्नुपर्छ र त्यसपछि मात्रै सत्ता हासिल गर्नुपर्छ । यो मूर्खता वा पाखण्डको पराकाष्ठा हो । यो पुरानो प्रणालीअन्तर्गत र पुरानो सत्तामुनि हुने चुनावद्वारा वर्गसंघर्ष र क्रान्तिलाई विस्थापित गराउनु हो । “आज नेपालमा पनि कम्युनिस्ट हुँ भन्ने पार्टीहरु एमाले, माले, एकीकृत नेकपा माओवादी, समेतका चुनावी पार्टीहरुले खुला, प्रष्ट र नाङ्गो रूपमा खु्रश्चेवी संशोधनवादी वकालत गरेका छन् । तर, अर्कोतिर माक्र्सवाद–लेनिनवाद– माओवाद, नयाँ तरिकाले क्रान्ति सशस्त्र संघर्षको कुरा गर्ने र व्यवहारमा फेरि उहीँ खु्रश्चेभी धार पक्रेर अगाडि बढने संसद्वाद र संशोधनवादले पकड जमाउँदै गएको छ । यो नेपाली क्रान्तिको गम्भीर खतरा हो ।

प्रतिक्रियाहरु