तालिवानले महिला कर्मचारीलाई छुट्टै कानून बनाउने

२०७९ माघ १२ गते, बिहीबार

काठमाडौँ । अफगानिस्तानको तालिवान सरकारले घर बाहिर काम गर्ने महिलाहरुका लागि छुट्टै कानून बनाएर काम गर्न दिने आश्वासन राष्ट्रसंघीय अधिकारीहरुलाई दिएको छ । काबुलमा तालिवान अधिकारीहरुसँग वार्ता गरेपछि मानवताका लागि राष्ट्रसंघीय उपमहासचिव मार्टिन ग्रिफिथ्सले आफू उत्साहित भएको भन्दै छिट्टै अफगान महिलाहरु काममा निस्कन पाउने विश्वास ब्यक्त गरेका छन । खासगरी मानवीय क्षेत्रमा महिलाहरुलाई काम गर्न दिने संकेत तालिवानले गरेको ग्रिफिथ्सले बताए । महिलाहरुलाई उच्च शिक्षामा समेत प्रतिबन्ध लगाएको तालिवानले विदेशी गैरसरकारी क्षेत्रमा कार्यरत महिलाहरुलाई पनि काममा जान प्रतिबन्ध लगाएको छ । जसका कारण स्वास्थ्यसँग सम्बन्धि राष्ट्रसंघीय कार्यक्रमहरु पनि प्रभावित भएका छन् ।
पछिल्ला दुई सातामा चिसोले १२५ बढी अफगानीहरुको ज्यान गईसक्दा पनि कुनै पनि गैरसरकारी संस्थालाई सहयोग बाँड्न जानबाट रोकिएको छ । -एजेन्सी

प्रतिक्रियाहरु