नेकपा बहुमतका बिद्यार्थी नेता अखिल क्रान्तिकारीमा समाहित

२०७९ माघ १२ गते, बिहीबार


काठमाडौँ । नेकपा बहुमतनिकट अखिल क्रान्तिकारी डोटीका संयोजक वीरेन्द्र कठायतसहित जिल्ला समितिका सदस्यहरू नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारीमा समाहित भएका छन् । नेकपा बहुमतका जिल्ला संयोजक रहेका वीरेन्द्र कठायतले नेकपा बहुमतसंग क्रान्तिका लागि स्पष्ट कार्यदिशा नभएको हुँदा सो पार्टीमा नबस्ने र आजैका मिति देखि विप्लव नेतृत्वको पार्टीनिकट अखिल क्रान्तिकारीमा समाहित भएको घोषणा गरेका छन । प्रवेश गरेका संयोजक वीरेन्द्र कठायत सहित जय भाट, भक्त बोहोरा लाई अखिल क्रान्तिकारी सुदूरपश्चिम इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य बबरजंग सिंह , संगठनकै डोटी इन्चार्ज तथा केन्द्रीय सदस्य प्रकाश कठायत , केन्द्रीय सदस्य ललितले स्वागत गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका डोटी इन्चार्ज प्रकाश कठायतले भने , “ बहुमत नामको झुण्डले केही इमानदार संगठनका साथीहरूलाई क्रान्तिका नाममा भ्रममा राखेर अल्मल्याएको थियो अहिले साथीहरुले बुझे पछि संयोजक सहित जिल्ला टीम नै ढिलै भए पनि क्रान्तिको पक्षमा उभिएका छन् । यसलाई हामीले थप क्रान्तिको बढ्दो आबस्यकता र गहन जिम्मेवारीको रुपमा लिएका छौं । ”
उनले आगामी दिनमा संगठन लाई बलियो बनाएर जाने समेत बताए ।

प्रतिक्रियाहरु