६ महिने योजना निर्माण गर्दै नेकपा केन्द्रिय समितिको बैठक सम्पन्न

२०७९ माघ १२ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक ६ महिने आवधिक योजना निर्माण गर्दै सम्पन्न भएको छ।कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा माघ ३ गतेवाट शुरु भएको बैठक माघ ११ गते बुधबार सम्पन्न भएको हो। बैठकमा समापन मन्तव्य व्यक्त गर्दै महासचिव विप्लवले “नेपालको आर्थिक, सामाजिक संकटले देशको जिम्मा लिने ऐतिहासिक जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीको काधमा आएको छ, पार्टीले त्यो कार्यभार पुरा गर्न सहि बिचार , योजना र नितिले मात्रै सम्भव हुने भन्दै एकपटक सम्पुर्ण केन्द्रिय समिति र पार्टी साहसपुर्वक लाग्नु पर्ने निर्देशन गरेका छन भने क्रान्तिकारी आन्दोलनको क्रममा आउनसक्ने कुनैपनि सम्भावनालाई चुम्न र पहल लिन समेत जोड दिएका छन।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा प्रस्तुत पार्टी योजनालाई कडाइपुर्वक लागु गरौ, एकीकृत जनक्रान्तिलाई अगाडि बढाउ, शिर्षकको दस्तावेज माथि केन्द्रिय सदस्यहरुले धारण राखेपछि एकमतले दस्तावेज पास गर्दै आगामी ६ महिनाका लागि राजनीतिक , बैचारिक , आर्थिक , संगठन , संघर्ष र प्रचारप्रसार सम्बन्धि आवधिक योजना निर्माण सहित बैठक सम्पन्न भएको हो।
बैठकले केन्द्रिय सदस्य हरुको भौगोलिक कार्य बिभाजन र नवौ महाधिवेशन पछि निर्माण गर्न बाकी रहेका पार्टीका विभिन्न बिभाग र संयन्त्रहरु समेत गठन गरेको जानकारी श्रोतले दिएको छ।
बैठकले ६सदस्यीय स्थायी कमिटी सदस्यहरु मध्ये पार्टीको बिदेश बिभाग, अर्थ बिभाग र पार्टी प्रबक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रकाण्ड सी लाई जिम्मा दिएको छ भने सत्ता र जनपरिषदको जिम्मा बिषम सी, प्रकाशन तथा प्रचार बिभाग इन्चार्ज गोकुल सी,स्कुलिङ बिभाग इन्चार्ज भरत सी र जनवर्गीय संगठन तथा मोर्चा इन्चार्ज शिलु सी लाई दिएको बताइएको छ ।

प्रतिक्रियाहरु