सडक निर्माणअलपत्र पार्ने ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी

२०७९ माघ ११ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट युवा संगठन नेपाल कास्कीले एक ठेकेदार कम्पनिलाई कारबाहीको चेतावनी दिएको छ । सिद्धार्थ राजमार्गको पोखरास्थित विरौटा- छोरेपाटन खण्ड तोकिएको निश्चित समय सकिएको ६ महिना बितिसक्दा पनि अझै अलपत्र परेपछि स्थानीयहरुको सहकार्यमा नै युवा संगठन नेपालले आफ्नो सक्रियता देखाएको हो ।


यसै शिलशिलामा संगठनले पोखरा महानगरका मेयर धनराज आचार्य, पोखरा १७ का वडा अध्यक्ष, सडक डिभिजन पोखराका कार्यालय प्रमुख सुबास हमाललाई ध्यानाकर्षण गर्दै ज्ञापनपत्र बुझाएको छ । युवा सङ्गठन नेपालको केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष युवराज सी को नेतुत्वको टोलीले सम्बन्धित पक्षलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रतिक्रियाहरु