शहिद सप्ताह सुरू

२०७९ माघ १० गते, मंगलवार

काठमाडौं । बाट शहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हाे । माघ १० गतेदेखि विभिन्न कार्यक्रम गरेर शहिद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहिदको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
शहिद शुक्रराज शास्त्रीलाई १९९७ माघ १० गते टेकुकाे पचलीमा मृत्युदण्ड दिइएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेबाट शहिद सप्ताह मनाउन थालिएको हो। साथै शहिद धर्मभक्त माथेमालाई १३ गते फाँसी दिइएको थियो । गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई भने शोभा भगवतीमा माघ १५ गते गोली प्रहार गरेर हत्या गरिएको थियो । चारै जनाको सम्झनामा शहिद दिवस मनाउने गरिएको छ । तत्कालीन शासक पक्षले १९९७ सालमा राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट एवं शिक्षित गरेको आरोपमा उनीहरूलाई मृत्युदण्ड दिएको थियो ।

प्रतिक्रियाहरु