पाकिस्तानमा उर्जा आपूर्ति बन्द : संसद ४८ घण्टाका लागि बन्द

२०७९ माघ १० गते, मंगलवार

काठमाडौँ । आर्थिक मन्दीका कारण चरम उर्जा संकट भोगिरहेको पाकिस्तानमा आपूर्ति प्रणाली फेल हुँदा देशको आधा भन्दा ठूलो हिस्सामा अन्धकार छाएको छ । सोमबार बिहान बिग्रिएको विद्युत् आपूर्ति प्रणाली अझै पुनर्स्थापना नहुँदा राजधानी ईस्लामावादसहित ठूला शहरहरुमा जनजीवन कष्टकर बनेको छ । विद्युत् आपूर्ति बन्द हुँदा संसद पनि ४८ घण्टाका लागि बन्द गरिएको छ ।
राजधानी ईस्लामावाद, कराँची, लाहोर, पेशावरलगायतका शहरहरु रातभर अन्धकार बनेको थियो । पाकिस्तानी उर्जामन्त्री खुरुम दस्तागिरले राष्ट्रिय ग्रिड ब्रेकडाउन भएका कारण समस्या आएको बताए ।
उर्जा आपूर्ति बन्द हुँदा अस्पतालहरुमा कोलाहल भएको थियो । आकस्मिक अपरेसन र उपचारहरु समेत रोकिएको बताइएको छ । जाडो याममा माग उच्च हुँदा आपूर्ति प्रणाली फेल भएको बताइएको छ । आर्थिक संकटका कारण पर्याप्त मात्रामा तेल खरिद गर्न नसक्दा पाकिस्तानका डिजेल प्लान्टहरुले माग अनुसारको विद्युत् उत्पादन गर्न सकेका छैनन । – एजेन्सी

प्रतिक्रियाहरु