राजधानी व्यवस्थापनको नाममा जनतालाई सास्ती नदेउ

२०७९ माघ १० गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी दाङले लुम्बिनी प्रदेश राजधानी व्यवस्थापनको नाममा रोक्का भएको जग्गाको कारणले जनताले भोगेको समस्याप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । नेकपा दाङका सेक्रेटरी जनक सीले एक प्रेस विज्ञप्ती जारी गर्दै सो समस्याप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । सेक्रेटरी जनकद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, – ‘दाङ जिल्ला राप्ती गाउँपालिकाका सबै वडाहरु, गढवा गाउँपालिकाको वडाहरु १, २ र ३, सितगंगा नगरपालिकाको वडा नं. ८ र ९ गरि जम्मा १४ वटा वडाहरुमा विगत लामो समयदेखि लुम्बिनी प्रदेशको राजधानी व्यवस्थापनको नाममा जग्गा रोक्का भइ जनतालाई विभिन्न खालको समस्या पर्दा समेत जनताको समस्याप्रति प्रदेश सरकार गम्भीर नभएको र राजधानी स्थापना भइसकेको अवस्थामा समेत जग्गा फुकुवा नभएकोप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।’
विज्ञप्तिमा लामो समयसम्म जग्गा फुकुवा नहुदा त्यसको असर व्यापार-व्यवसाय , बैंकिङ कारोबारो , घरायसी कारोबारमा पर्न गइ विभिन्न खालका आर्थिक समस्याहरु जनतालाई पर्न गएको समेत उल्लेख गरिएको छ ।
यस्तै बिज्ञप्तिमा स्पष्ट भनिएको छ – ‘ जग्गा फुकुवाको नभएको अवस्थामा समेत परिस्थितिलाई नबुझी वित्तीय संस्थाहरु , बैंकहरुले जनतालाई अप्ठ्यारोमा पार्ने , जग्गा लिलाम प्रक्रियामा लैजाने जस्ता कामकार्य अव्यवहारिक देखिन्छ । एकातिर सरकारको अनिर्णय अर्कोतिर बैंकहरुको ताकेताले जनतालाई अप्ठ्यारो अवस्था सिर्जना भएको छ । जनताको अप्ठ्यारो परिस्थितिप्रती समबन्धित सबै सरोकारवाला निकायहरुको ध्यानाकर्षण भइ समस्या समाधानको निम्ति तत्परता देखाउन अनुरोध छ । बैंक , वित्तिय संस्थाहरुले सेवाग्राहीलाई गरिने ज्यादती बन्द गर्न समबन्धित सबैमा यसै बिज्ञप्ति मार्फत जानकारी गराउदछौ।’
यस बिषयमा नेकपा दाङका सेक्रेटरी जनक सीले जारी गरेको प्रेस विज्ञप्ती यस प्रकार रहेको छ – ” हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी बिगत लामो समयदेखि राष्ट्रियता, जनतन्त्र, जनजिबिका ,भ्रस्टचार र सामाजिक बिभेत तथा बिभिन्त खाले बिकृति विसंगतीको बिरुद्धमा निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सबैमा सर्बबिधीतै छ । दाङ जिल्लाको राप्ती गाउँपालीकाको सबै वडाहरु, गढवा गाउँपालीकाको वडा न १,२ र ३, सितगंगा नगरपालिकाको वडा न द र ९,गरि जम्मा १४ वटा वडाहरुमा बिगत लामो समय अगाडी देखि लुम्बिनी प्रदेशको राजधानी ब्यबस्थापनको नाममा जग्गा रोक्का भई जनतालाई बिभिन्न खालको समस्या पर्दा समेत जनताको ससस्या प्रती प्रदेस सरकार गम्भीर नभयको र राजधानी स्थापना भईसकेको अबस्थामा समेत जग्गा फुकुवा नभयको प्रती हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । लामो समय सम्म जग्गा फुकुवा नहुदा तेसको असर ब्यापार ब्यवसाय, बैकिङ्ग कारोबार, घरायसी कारोबारमा पर्नगई बिभिन्न खालका आर्थिक समस्या हरु जनतालाई
पर्न गएको देखिन्छ । यस्तो अप्ठेरो अबस्थामा समेत परिस्थितिलाई नबुझी बित्तिय सस्थाहरु,बैकहरूले जनतालाई अप्ठेरोमा पार्ने , जग्गा लीलाम प्रक्रियामा लैजाने जस्ता कामकार्य अब्याभारिक देखिन्छ । एकातिर सरकारको अनिर्णय अर्को तिर बैकहरुको ताकेताले जनतालाई अप्ठेरो अबस्था श्रृजना भएको छ । जनताको अप्ठेरो प्रस्थितीप्रती सम्बन्धित सरोकारवाला निकायहरुको ध्यानाकर्षण भई समस्या समाधानको निम्ति तत्परता देखाउन अनुरोध छ । बैकहरु, बित्तियसंस्थाहरुले सेवाग्राहीलाई गरिने ज्यादती बन्द गर्न सम्बन्धित सबैमा यसै बिज्ञप्ति मार्फत
जानकारी गराउदछौं ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु