कमला उद्गम स्थललाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाइने

२०७९ माघ ७ गते, शनिबार


काठमाडौँ । सिन्धुलीकाे कमला नदीको जल उत्पति स्थल कमला उद्गम स्थललाई धार्मिक पर्यटकीय आकर्षणको केन्द्र बनाउने कार्यकोे सुरू भएकाे छ । यहाँ अहिले चुरे भावर क्षेत्रको पहाडबाट मूल फुटेर जल उत्पन्न भएको ऐतिहासिक स्थलमा पाटी,पौवा, मठ, मन्दिर, धर्मशाला र पोखरी लगायतका भौतिक संरचनाहरुको निर्माण भएकाे हाे । जसले गर्दा कमला उद्ग मस्थल धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकसित हुन थालेको हो । सिन्धुलीमा अवस्थित मध्य पूर्वीक्षेत्रको कमला उद्गम स्थल पछिल्लो समयमा पर्यटकीय आकर्षणको केन्द्रको रुपमा विकास हुँदै गएकाे छ । अहिले कमला उद्गम स्थलको संरक्षण विकास र सम्वर्द्धनका लागि सम्बन्धित सरकारी निकाय र धार्मिक आस्थावान व्यक्तिहरुले चासो दिन थालेका छन् । जसका कारण कमला उद्गम स्थलको विकास संरक्षणमा समेत टेवा पुग्न थालेको छ ।
विगतदेखि नै बागमती प्रदेश, मधेश प्रदेश र प्रदेश-१ का विभिन्न स्थानहरुबाट भक्तजनहरुले वर्ष दिनमा कमलामाईलाई भाकल बुझाउन कमला उद्गम स्थलमा आउने प्रचलन रहेकाे छ । शुद्ध भएर चोखो मनले कमला उद्गम स्थलमा दर्शन गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाे छ । कमला उद्गमस्थलमा भारतका विभिन्न स्थानहरु र नेपालका तराईका तीर्थ यात्रीहरु आउने गर्दछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु