चीनको जनसंख्या घट्यो !

२०७९ माघ ६ गते, शुक्रबार


काठमाडौं । चीनमा गतवर्ष (सन् २०२२) मा जन्मने व्यक्तिको संख्या भन्दा मृत्यु हुने व्यक्तिको संख्या धेरै रहेको र चीनमा जनसंख्या घट्ने क्रम सुरु भएको बताइएको छ । सन् १९७९ मा एउटा बच्चा मात्र जन्माउन पाउने नीति ल्याएको चीनमा अहिले जन्मदर प्रति हजारमा ६.७७ छ । जुन जन्मदर अमेरिकामा ११.०६, वेलायतमा १०.०८ र भारतमा १६.४२ छ । अहिलेकै स्थिति कायम रहेमा यो वर्षको अन्त्यसम्ममा चीनको भन्दा भारतको जनसंख्या धेरै हुने छ । प्रतिवेदनमा गरिएको आकलन अनुसार सन् २०५० मा भारतको जनसंख्या १ अर्ब ६६ करोड हुने छ भने चीनको जनसंख्या १ अर्ब ३१ करोडमा झर्ने छ । जनसंख्या वृद्धिदर रोकिएपछि चीनले ७ वर्षअघि नै एउटा मात्र बच्चा जन्माउन पाउने नीतिमा परिवर्तन गरेको थियो । त्यसका वावजुद पनि जनसंख्या घटेको हो ।
चीनले जनसंख्या बढाउनका लागि दुई वा दुई भन्दा बढी सन्तान जन्माउने बाबुआमालाई कर छुट तथा मातृत्व सहायतालगायतका कार्यक्रम अघि सारेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु