बीरजंग पुस्तकालय स्थापना

२०७९ माघ ५ गते, बिहीबार



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालिन केन्द्रीय सदस्य वीरजंगको स्मृतिमा नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा बीरजंग पुस्तकालय स्थापना गरिएको छ। उक्त पुस्तकालयका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल शर्माका अनुसार पुस्तकालयमा ३९० शिर्षकका चार हजारभन्दा बढी पुस्तक अर्थात १ लाख १४ हजार एक सय नब्बे रुपयाँ बराबरका पुस्तक रहेका छन्। पुस्तकालयमा सबै बिचार , भूगोल , मनोविज्ञान र आवश्यकताको संबोधन गरिएको छ। पुस्तकहरु नेपाली , हिन्दी र अंग्रेजी भाषाका रहेका छन् । उक्त पुस्तकालयका पुस्तक अध्ययन गर्नको लागि पुस्तकालयको साधारण र आजीवन सदस्यमध्ये एक बन्नुपर्ने छ, तर पुस्कालयमै बसेर अध्ययन गर्नको लागि सदस्य बन्नु पर्ने बाध्यता छैन ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी संरक्षक रहेको उक्त पुस्तकालयका संचालक समितिमा बसन्त श्रेष्ठ, सुन्दर ओली , भेषराज भुषाल , बिनोद लुइँटेल , सुमनसिंहलगायत रहेका छन् ।
पुस्तकालयलाई खेम थपलिया , अनिल शर्मा , सुमनसिंह , बिप्लव , शोभा दुलाल , प्रज्वलन , देबेन्द्र तिम्ला,प्रगति प्रकाशन , भुँडी पुराण प्रकाशन , असल क्षेत्री , शुदर्शन मंगोल , सम्झना बिक , कृष्णमोहन श्रेष्ठ, रमेश सुनुवार र रुद्रप्रसाद भट्टराईले पुस्तक प्रदान गरेका छन् ।
छापा माध्यमलाई व्यवस्थित गरेपछि पुस्तकालयलाई आधुनिकीकरण गरिने संचालक समितिले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु