कम्रेड प्रचण्ड

२०७९ माघ ४ गते, बुधबार

खडक बिश्वकर्मा
माल्काेटि आमाले खाेसेकाे हतियार नक्कली हाे र ? कम्रेड प्रचण्ड ।
भन्नुहाेस राजतन्त्र स्विकार्ने गणतन्त्र सक्कली हाे र ? कम्रेड प्रचण्ड ?

तिम्राे टाउकाे काे मूल्य ताेक्दा ,
दुस्मनले गाेली ठाेक्दा ,
सहिद काली बि.क मुक्तिका लागि बिदा भए ।
बेपत्ता याेद्वाहरु हाँसि-हाँसि दुश्मनका किल्लामा गए ।

माल्काेटि आमाले खाेसेकाे हतियार नक्कलि हाे र ? कम्रेड.प्रचण्ड

गरिवलाई बुर्जुवा शिक्षाकाे बिल्ला भिराएर,
तपाईका आफन्तरु सत्तामा छन ।
सन्तानहरु बिदेशि शिक्षामा छन ।
एक चाेटी त्यहि पचण्ड भएर हेर्नुहाेस ।
सहिद,बेपत्ताका आफन्तहरू सडक भिक्षामा छन ।।

भन्नुहाेस राजतन्त्र स्विकार्ने गणतन्त्र सक्कलि हाे र ? कम्रेड प्रचण्ड

सत्ताका लागि पहिला माओवाद छाेड्याै,
सहयाेद्वा सँग सम्बन्ध ताेड्याै,
पहिले जस्काे सालिक फाेड्याै,
अहिले उसैलाई हात जाेड्याै

माल्काेटि आमाले खाेसेकाे हतियार नक्कलि हाे र ? कम्रेड प्रचण्ड
भन्नेहाेस राजतन्त्र स्विकार्ने गणतन्त्र सक्कलि हाे र ? कम्रेड प्रचण्ड

जनमुक्ति सेनाहरु खाडिमा पिसना बगाउछन ।
घाईते,अपाङ्गहरु खुटामा गाेलि बाेकेर,
क्रान्ति भावलाई मनमा राेकेरर
काखिमा बैसाग लगाउछन ।।
कमाण्डरका आफन्त सत्ता चाखेर कहिले अगाउछन ।

भन्नुहाेस राजतन्त्र स्विकार्ने गणतन्त्र सक्कलि हाे र ? कम्रेड प्रचण्ड ।

प्रचण्ड बनाउनेहरु आज पनि जेल भित्र छन ।
सहयाेद्वा दुस्मन छन ,दुस्मनहरु मित्र छन ।
जनतालाई थाहा भयाे तिम्रा कस्ता चरित्र छन ।।
मंगलसेन रेट म्याग्दिकाे खारा र कालिकाेट काे पिली,
तिम्राे माथि बर्सिदा थाहा हुन्थ्याे ती दिन कति बिचित्र छन ।।

माल्काेटि आमाले खाेसेकाे हतियार नक्कलि हाे र ? कम्रेड प्रचण्ड ।
भन्नेहाेस राजतन्त्र स्विकार्ने गणतन्त्र सक्कलि हाे र ? कम्रेड प्रचण्ड ।

प्रतिक्रियाहरु