नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको तेस्रो पुर्ण बैठक सुरु

२०७९ माघ ३ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आजबाट शुरु भएको छ । बैठकमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले ११ पृष्ठ लामो लिखित दस्तावेज सहित छलफलका एजेन्डाहरु पेश गरेपछि केन्द्रिय सदस्यहरुका लागि दस्तावेजको थप अध्य्ययन गर्न समय उपलब्ध गराउने उदेश्यले भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।
बैठकले पार्टी कामको मुल्यांकन गर्दै आगामी ६ महिनाका लागि आवधिक योजना निर्माण गर्ने , केन्द्रिय समिति सदस्यहरुको कार्य बिभाजन गर्ने र अन्य आवश्यक बिभागहरुलाई समेत पुर्णता दिने बुझिएको छ ।

आज मध्यान्हवाट कपिलवस्तुस्थित पार्टीको केन्द्रिय कार्यालयमा सुरु भएको उक्त बैठकमा १ सय २६ जना केन्द्रिय सदस्य सहभागी भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु