नेपाल वाङ्मय परिषदद्वारा स्रष्टा सम्मान एवं कृति लोकार्पण

२०७९ माघ ३ गते, मंगलवार

काठमाडाैँ । नेपाल वाङ्मय परिषदले एक समारोेहका बिच स्रष्टा सम्मान तथा कृति लोकापर्ण कार्य सम्पन्न गरेको छ । यही पुस ३० गते काठमाडौंमा नेपाली वाङ्मय साधना सम्मान तथा पद्मा–रामचन्द्र लघुकथा सम्मान वितरण गरिएको हो । धनगढी, कैलालीमा रहेकाे संंस्थाका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न सो समारोहको सञ्चालन सचिव दीपसागर पन्तले गरेका थिए । इन्दिरा ढकालको स्वागत मन्तव्य एवं गीत गायन रहेको समारोहमा रघुनाथ कडरियाले सम्मानित प्रतिभाको जीवनी र व्यत्तित्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंंले नेपाली वाङ्मय साधना सम्मान (२०७७) बाट मातृका पोखरेल, नेपाली वाङ्मय साधना सम्मान (२०७८) बाट डा. अमर गिरी, नेपाली वाङ्मय साधना सम्मान (२०७९) बाट प्रा.डा. हेमनाथ पौडेललार्ई सम्मानित गरे । त्यस्तै पद्मा–रामचन्द्र लघुकथा सम्मान (२०७९) बाट नेपाल भाषाका लघुकथाकार श्याम आशालाई सम्मान प्रदान गरे । नेपाली वाङ्मय साधना सम्मान र पद्मा–रामचन्द्र लघुकथा सम्मानको राशी रु. १०, ००० रहेको छ ।
कार्यक्रममा लघुकथाकार श्याम आशाका रचनालाई रासाले नेपाल भाषाबाट नेपालीमा अनुवाद गर्र्नुभएको लघुकथा कृति अघोषित आवाजको समेत विमोचन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि निनु चापागाईंले नेपालको राजनीतिमा देखा परेको मूल्य विघटनको असर साहित्य क्षेत्रमा पनि परेकोले सबैले यस तर्र्फ सचेत हुनुपर्ने बताए ।
कार्यक्रमा विशिष्ट अतिथि प्रा. जगतप्रसाद उपाध्याय, अतिथि नन्दकृष्ण जोशी, सम्मानित प्रतिभाहरू मातृका पोखरेल, डा. अमर गिरी, प्रा.डा. हेमनाथ पौडेलले पनि आफ्ना विचार एवम् रचना प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरु