५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन हुँदै

२०७९ माघ २ गते, सोमबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ५ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिनको लागि उक्त ट्रेजरी बिल निष्काशन गर्न लागेको हो। यो ट्रेजरी २०८० बैशाख ५ गते परिपक्व हुनेछ। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।
व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेकाे छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

२३ कम्पनी कालोसूचीमा

२०८० चैत्र १४ गते, बुधबार

नेप्से १० दशमलव १४ अंकले वृद्धि

२०८० चैत्र १३ गते, मंगलवार

नेप्से १७.०१ अंकले घट्यो

२०८० चैत्र १२ गते, सोमबार