इतिहासको ऐनामा नेपाल र नेपाली राजनीति

२०७९ माघ २ गते, सोमबार

विषम सी

पछिल्लो पटक गएको मंसिर ४ मा सम्पन्न संसदीय चुनावको परिणामले प्रचण्ड फेरि तेस्रो पटक नेपालको ५३ औं प्रधानमन्त्रीे बनेका छन् । यसलाई एक पटक इतिहासको ऐनामा म्याच गरेर हेरौं । नेपालको इतिहासमा नेपाल कस्तो देखिदोरहेछ । इतिहासमा काठमाडौँ उपत्यकालाई नेपाल खाल्डो भनेको पाइन्छ । जुनसुुकै रुपले देशको नाम नेपाल रहन गएको भए पनि नेपाल अहिले विश्वको एक स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित छ । कहिले काठमाडौँ उपत्यकालाई, कहिले टिष्टादेखि काँगडा र हिमालदेखि लखनऊसम्मका भूभागलाई, कहिले कैलाली, बाँके बर्दिया विनाको, अहिले बाँके, बर्दिया, कैलालीसहितका भूभागलाई नेपाल भनिँदै आएको छ । अहिले नेपाल अंग्रेज–नेपाल्बीच भएको १८१६ को सुगौली सन्धिले कायम गरेको १, ४७, १८१ किमी क्षेत्रफलको मानचित्र भएको मेचीदेखि महाकाली नदीबीचको हिमालदेखि तराईसम्मको भूभागलाई नेपाल भनिँदै आएको छ । तन्ीतिरबाट भारतले र एकतिरबाट चीनले घेरिएको भूपरिवेष्ठित नेपालको सीमामाथि निरन्तर हस्तक्षेप जारी छ । बेलाबेलामा विभिन्न निहुँमा भारतीय पक्षबाट सीमा मिचिँदै आएको छ । नेपालको पश्चिम सीमाभित्र कालापानीमा दशकौंदेखि भारतीय सेना बसेको छ । लिपुलेकदेखि लिम्पियाधुरासम्मको ३७२ वर्ग किलोमिटर क्षेत्रफल जमिन अहिले पनि भारतको हस्तक्षेपभित्र छ । नेपालको जनसंख्या गएको मंसिर ४ को चुनावसम्म ३ करोड, ७ लाख, नाघेको छ ।

नेपाल सुगौली सन्धि पूर्व कुनै साम्राज्यवादको अधीनमा थिएन, एक स्वतन्त्र देश थियो । त्यसबेला हाम्रा दुई छिमेकी देशहरु औपनिवेशिक देश थिए । आर्थिक दृष्टिकोणले ती दुई छिमेकी देशहरुको तुलनामा नेपाल समृद्ध मानिन्थ्यो । आज ती देशहरु अरुलाई उपनिवेश बनाउने ठाउँमा पुगेका छन् तर हाम्रो देशले इतिहासमा नभोगेको उपनिवेश भोगिरहेको छ । यसका केही ऐतिहासिक कारणहरु छन् । एउटा खस आर्य नेतृत्वको पारिवारिक सामन्ती राज्य र दोस्रो दलाल संसदीय व्यवस्था । यी दुई कारण नै वर्तमान नेपालको राजनैतिक, सामाजिक र आर्थिक उत्पीडनका कारण हुन् ।

अहिले फेरि प्रचण्ड प्रधानमन्त्री भएका छन् । यो पुरानै गठबन्धन सरकारको अर्को निरन्तरता मात्र हो । संसदीय व्यवस्थामा यस्ता कयौं नौटङ्कीहरु भए । २००७ साल यताका ७२ वर्षहरुमा ६३ पटक यस्ता नाटकहरु दोहोरिएका छन् । राजा त्रिभुवनले १ पटक, महेन्द्रले ६ पटक र ज्ञानेन्द्रले २ पटक गरी ९ पटक कु गरेर ७ वर्ष ४ महिना एकलौटी सत्ता चलाएका छन् । यो निरंकुश ‘कु’ को पहिलो रुप थियो । संवैधानिक राजतन्त्रमा आलंकारिक भनिने राजा ज्ञानेन्द्रले गरेको यो दोस्रो प्रकारको ‘कु’ थियो । गणतन्त्रात्मक व्यवस्थामा आलंकारिक भनिने राष्ट्रपति रामबरण यादवले कार्यकारी भनिने प्रधानमन्त्री प्रचण्डलाई ‘कु’ गरेर ९ महिनामै मिल्काइदिए । यो तेस्रो ‘कु’ थियो । चौथो प्रकारको ‘कु’ विधिको शासन भनिने लोकतन्त्रमा सर्वोच्च अदालतका न्यायमूर्ति भनिने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले गरेको अदालती ‘कु’ थियो । यसले केपी ओलीलाई हटाएर र शेरबहादुर देउवालाई प्रधानमन्त्रीको श्रीपेच थमाइदिए । यति मात्र गरेन पार्टीको विघटन र पुनस्र्थापन गरेर पार्टी पनि फुटाइदियो । यस्तै पाचौं प्रकारको ‘कु’ केपीले देउवा नेतृत्वको गठबन्धनलाई संवैधानिक ‘कु’ गरेर देउवालाई हटाएर प्रचण्डलाई प्रधानमन्त्री थमाइदिए । अर्को छैटौं प्रकारको अनौठो ‘कु’ पनि देखियो । प्रधानमन्त्रीलाई त ‘कु’ गरे गरे तर व्यवस्थापकीय अंगका प्रमुख सभामुखलाई पनि ‘कु’ गरे । महराको यौन प्रकरण यही ‘कु’ कै अर्को रुप थियो । सातौं प्रकारको ‘कु’ राज्यको तेस्रो अंग भनिने न्यायक्षेत्रको प्रमुख माथिको ‘कु’ थियो । प्रधानमन्त्री केपीलाई ‘कु’ गर्ने प्रधानन्यायाधीश चोलेन्द्र्शमशेर राणा आखिरमा आफैँँ पनि ‘कु’ को शिकार बने । उनी त झन् ऐया पनि भन्न नपाएर उनको प्रधानन्यायाधीश पद चट भयो धन्नै पेन्सनसम्म पाउने भएछन् ।

आखिरमा घटनाक्रमले के प्रष्ट ग¥यो भने ‘कु’ भनेको कुनै पनि तरिकाले, चाहे त्यो संवैधानिक होस् या असंवैधानिक, षड्यन्त्रपूर्वक सत्ता हत्याउने कुरा रहेछ । नेपालमा उपर्युक्त ७ प्रकारका ‘कु’ हरु हेरियो । यी सबै, ‘कु’ कै विविध रुपहरु थिए । यो संसदीय व्यवस्थाको चरित्रको अनिवार्य उपज हो । नेपालमा नेपाली जनताले ‘कु’ का धेरै रुपहरु हेरे । अव दुईटा ‘कु’ हेर्न बाँकी छ । एउटा सैन्य ‘कु’ र अर्को क्रान्तिकारी ‘कु’ (जनताको ‘कु’) । सैन्य ‘कु’ यही व्यवस्था र सत्ताभित्रैबाट सेनाले बलपूर्वक एउटा शक्तिलाई गलहत्याएर सत्ता आफ्नो हातमा लिनु हो । यो यही सत्ताभित्रको खेलभित्र पर्छ । यो जनताको निम्ति अझ पीडादायी हुन्छ । दोस्रो ‘कु’ क्रान्तिकारी ‘कु’ हो । यो जनताको क्रान्तिकारी शक्तिले जनता र राष्ट्रको पक्षमा गर्ने पुरानो जनहित विपरित रहेको जनविरोधी सत्तालाई बलपूर्वक हटाएर जनताको सत्ता स्थापना गर्नु हो । यो सबै ‘कु’ का कार्डहरु सकिएपछि हुने सबै ‘कु’ हरुको राजा हो । यो ‘कु’ पछि सबै प्रकारका ‘कु’ हरुको अन्त्य हुन्छ । यो नयाँ पनि र अग्रगामी पनि हुन्छ । यसलाई पनि जनताले कुनै दिन हेर्नेछन् । किनकि ‘कु’ भनेको पुरानो सत्तामा पदीय स्वार्थ, सत्तालोलुपबाट जन्मिने हो । नयाँ ‘कु’ असमानता, अस्थिरता, संकट, अत्याचार र उत्पीडनबाट जन्मिने हो । यो झन्झन् बढेर जाँदो छ । दोस्रो साम्राज्यवादी र बाह्य शक्तिकेन्द्रको स्वार्थमा गरिने चलखेलका कारण पनि यस्ता ‘कु’ हरु दोहरिरहन्छन् । आखिरमा यसले क्रान्तिकारी ‘कु’ लाई नै जन्म दिन्छ । यो नयाँ ‘कु’ ले सबै षड्यन्त्रकारी ‘कु’ हरुलाई रोकी राज्य र सत्तालाई स्थिरता दिन्छ र जनतालाई स्वतन्त्रता र स्वाधीनता दिन्छ । देशलाई विकास, समृद्धि र सुनिश्चितता दिन्छ । यसका आधारमा जनता आफैँँ राज्यसत्ताको मालिक बन्दछन् । जबसम्म जनतामाथि अरुले शासन गर्छन् यस्ता ‘कु’ हरु निरन्तर दोहोरीरहन्छन् । जब जनता आफैँँ सत्ताको मालिक हुन्छन् यी ‘कु’ र चलखेलहरु सदाको लागि अन्त्य हुन्छन् । त्यसैले क्रान्तिकारी ‘कु’ अवको नयाँ ‘कु’ हुनेछ जो अनिवार्य पनि छ किनकि नेपाल दिनानुदिन संकटतिर धकेलिँदै गइरहेको छ ।

अहिलेसम्म नेपालमा निरंकुशतन्त्र, प्रजातन्त्र र लोकतन्त्रको नाममा कहिले राजाले, कहिले कथित निर्वाचित प्रतिनिधिको नामबाट यसरी नै अन्यायपूर्ण सत्ता चलाउँदै आएका छन् । ७ सालयताको ७२ वर्षहरुमा निर्वाचित वा मनोनित गरी राजाबाहेक २४ जनाले ५४ पटक प्रधानमन्त्री दोहो¥याएका छन् । पञ्चायतलाई छोडेरयताका प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र भनिने सरकारका ४२ वर्षहरुमा पनि १९ जनाले ३५ पटक प्रधानमन्त्रीले टाउको फेरेका छन् । भर्खरै गएको मंसिर ४ गते यसैको पछिल्लो नाटक सकिएको छ । त्यसको परिणाम नेपालमा संसदको रुप त्रिशंकु बनेको छ । विदेशी शक्तिकेन्द्रहरुको कति हात थियो, त्यो छुट्टै पाटो छ तर संसदवादी असफल नेताहरुका कारणले रवि लामिछानेहरु उडाए । चुनावमा उनका अगाडि पचासौं वर्ष राजनीति गरेका नेताहरु निरीह बने । यसले के संकेत गर्दछ भने देशले केही नयाँ खोजिरहेको छ । यो घटना सकरात्मक वा नकरात्मक जताबाट सोचे पनि सबै राजनीतिक दलका नेताहरुलाई नयाँ ढंगले सोच्नै पर्ने बनाएको छ । यस घटनाले सबैको दिमागहरुमा स–साना क्रमभङ्गहरु गरिदिएकै छ । यस घटनालाई खराव, असफल नेता र शासकहरुका विरुद्ध जनताले गरेको संसदीय विद्रोहको रुपमा बुझ्नु उपयुक्त हुन्छ । यसले यो व्यवस्था र यसका नेताहरुको असफलतालाई प्रष्ट पार्दछ । यसबाट जनताका अवका समस्याहरु समाधान हुँदैन भन्ने कुरा पनि प्रष्ट गरेको छ ।

अर्को पक्ष आवधिक चुनाव भनिए पनि अहिलेसम्म पञ्चायतमा भएका चुनावहरुबाहेक ७ पटक केन्द्रीय स्तरका चुनावहरु भएका छन् । १५ सालको चुनावमा दुई तिहाई मत ल्याएको काँग्रेसको सरकार दुई वर्ष पनि टिकेन । ४८ सालमा बहुमत सिट जितेका काँगे्रस अढाई वर्षमै विघटन भयो । ५४ मा भएको चुनावले त्रिशंकु सत्ता जन्मायो र राजा ज्ञानेन्द्रले २–२ पटक ‘कु’ गर्नु प¥यो । ६४ मा भएको संविधानसभाको चुनावमा माओवादीले बहुमत सिट जित्यो तर माओवादीलाई पुरा वर्ष टिक्न र संविधान बनाउनसम्म दिएनन् । ७० सालमा दोस्रो संविधानसभाको प्रायोजित चुनाव भयो । यसले उनीहरुले चाहेको जति सुविधाजनक मत पाएनन् र मिलिजुली सरकार बनाएर आफ्नो अनुकुलको संविधान बनाए । त्यसले गरेको ७४ सालको संसदीय चुनावमा जनताले कम्युनिष्टहरुलाई झण्डै दुई तिहाई बहुमत दियो । तर, यो सरकारलाई पनि पुरा अवधि चल्न दिएनन् । कम्युनिष्ट भनाउँदाहरुले पनि बहुमत जनताको मतको संरक्षण र उपयोग गर्न सकेनन् । कुर्सी र भागबन्डामा नमिलेर शक्तिकेन्द्रहरुको हातको खेलौंना बने । यसैको कारणले अढाई वर्षमै आफ्नो नेतृत्वको दुई तिहाई बहुमतको सरकार विघटन गरी फाले । त्यसपछि सर्वोच्चले गरेको ‘कु’ को गठबन्धनीय सरकारले २०७९ मंसिरमा गरेको चुनावले त झन् कसैलाई सरकार बनाउने साधारण बहुमतसम्म दिएन । चुनावमा निकै ठूलो जनताको पंक्तिले भागै लिएन । ३ करोड ७ लाख जनसंख्यामा करीब १ करोड ८० लाखको मात्र मतदाता नामावलीमा नाम चढ्नु, त्यसमध्ये १ करोड ९ लाखले मात्र भोट दिनु, त्यसमा पनि ५ लाख मतपत्र बदर हुनु र १ करोड ४ लाख मत मात्र सदर ठहरिनु, खसेको मतमा पनि करीव १२ लाख मतहरु रवि लामिछानेतिर हुर्रिनुले के संकेत गर्छ भने यो व्यवस्था, यो प्रणाली र यी नेताहरुलाई बहुसंख्यक जनताले बहिस्कार गरेकाछन् र जनताको ठूलो पंक्तिको घृणा, वितृष्णा र अरुची प्रकट भएको छ । यो परिणाम र अवस्थाले अव जनताले केही नयाँ खोजिरहेका छन् । यो परिणामले पनि यो व्यवस्थाको असफलता र खारेजीलाई नै स्पष्ट गर्दछ ।

नेपालको सन्दर्भमा विगतको सत्ताहरुको यात्राले बढीभन्दा बढी अढाई सय वर्ष दूरी पार गरेको छ । पृथ्वीनारायण शाहयताका इतिहासको पन्ना पल्टाउने हो भने राजामहाराजहरुको गद्दी रोहणको दृष्टिले १४ जनाको श्रीपेच फेरिए पनि व्यक्तिका हिसावले १२ जना मात्र राजाहरु भए । त्यो पनि दिपेन्द्रको मृत शरीरलाई कोमामा राखेर ३ दिन राजा बनाएको नाटक पनि सबैले देखेकै हो । हत्याराहरु कति षड्यन्त्र र नाटक गर्न सिपला छन् भने राजा बीरेन्द्रको बंशनाशको घटना र मदन भण्डारी र जीवराज आश्रित हत्याकाण्डको वास्तविक रहस्य अझै बाहिर ल्याएका छैनन् । निर्मला हत्याकाण्ड गुपचुपमै राखिरहेका छन् । यी सब षड्यन्त्र हुन् । चुनावहरु पनि सब षड्यन्त्रमा हुन्छन् । कसलाई के बनाउने भन्ने कुरा पहिले नै त्यो पनि देश बाहिर डिजाइन बनाएर प्रायोजित चुनाव गरिन्छ । यस्तैगरी नेपालको इतिहास हेर्दा दिपेन्द्रसहित १२ जना राजाहरुले २३८ वर्ष खाए । यसबीचमा ९ जना राणा प्रधानमन्त्रीहरुले राजालाई आलङ्कारिक बनाई १०४ वर्ष शासन गरे । १२ जना राजाहरुमध्ये पृथ्वीनारायण शाह जम्मा ५२ वर्ष बाँचे । बुवा नरभूपाल शाहको निधनपछि पृथ्वीनारायण शाह २१ मै राजगद्दीमा बसे । ३१ वर्षमा एकीकृत नेपालको राजा बने । राजा भएपछि उनको जीवन निरन्तर लडाईमै विताए र लडाईकै बीच मरे । उनी नेपालका स–साना रजौटाहरुलाई एकीकरण गर्ने अभियन्ताका नायक थिए । उनले एकीकरण गरेका राज्यहरुमा स–साना खस राज्यहरु पनि थिए र जनजातिका स–साना गणराज्यहरु पनि थिए ।

पृथ्वीनारायण शाह जनजाति थिएनन् । उनका पुर्खा मुस्लिम खाँ (खान) परिवारका थिए । उनका पुर्खा भारतको राजस्थानबाट त्यहाँका सयौं स–साना रजौटाहरुको आपसी लडाई र मुगल साम्राज्यको सामन्ती राज्य एकीकरणका समय सुरक्षाका लागि सुरक्षित स्थानको खोजीमा नेपाल पसे । नारायणी नदी भएर कालिगण्डकी किनार पसेका खाँ परिवार हालको गण्डकी क्षेत्रका विभिन्न ठाउँमा सर्दै बसे । समय क्रममा तिनका सन्तानहरु हालको गण्डकीका तनहुँ, स्याङजा र बाग्लुङको गलकोटसम्म पुगे भन्ने इतिहासमा पढ्न पाइन्छ । धेरै भाइ भएकोले तिनैका एउटा भाइलाई लमजुङतिरबाट राजा भइदिनका लागि माग्न आएपछि उनी राजा बन्न गए । तर, उनलाई शिकार खेल्न जाँदा कसैले मारिदिएकोले फेरि अर्को भाइ लमजुङको राजा बन्न गए । त्यसका एक पुस्ता कुलमन्डन खाँ लमजुङको राजा भए । उनले राजा भएपछि आफ्नो कुलको नालीबेली खोज्न भनेर दिल्लीको वादशाहको दरबार पुगे । दिल्लीका वादशाहलाई भेटेर सम्पूर्ण नालीबेली सुनाए । यो बृतान्त सुनेपछि दिल्लीको वादशाहले आफ्नो सन्तानले त्यो अनकन्टार ठाउँमा गएर पनि राज गरिरहेको सुनेपछि खुशी भएर उनलाई बहादुरीको पदवी बापत “शाह” उपाधि दिएर पठाए । त्यसपछि कुलमन्डन खाँ कुलमन्डन शाह भए । उनका तीन भाइ छोराहरुमा जेठो नरहरि शाह लमजुङका राजा भए । माइलो लाटो भएकोले कुनै लेखाजोखामा आएन । कान्छो द्रब्य शाह चलाख र हृष्टपुष्ट पनि थिए । उनले छिमेकी राज्य माझकोटबाट जोगीको भेषमा आएका बाहुनहरुको सल्लाहमा चलाखीपूर्ण तरिकाले लिगलिगकोटमा घलेहरुलाई पन्छाएर राजा भए । त्यहाँबाट राज्यशक्ति हत्याएका द्रव्य शाहले राज्यशक्तिको बलमा माझकोट कब्जा गरे । त्यसपछि आँट पलाएका द्रव्य शाहले लगतै गोर्खा राज्य पनि अधीनमा लिए । यसरी द्रव्य शाह सन् १५५९ मा गोर्खाका राजा भए । उनले गोर्खामा ११ वर्ष राज गरे । उनीपछि उनको छोरा पूर्ण शाह राजा भए । उनले ३५ वर्ष राज्य गरे । उनीपछिका छोरा, नातिहरु राम शाहले २४ वर्ष, डम्बर शाहले १२ वर्ष, कृष्ण शाहले १६ वर्ष, रुद्र शाहले १२ वर्ष, पृथ्वीपति शाहले ४३ वर्ष र नरभूपाल शाह २७ वर्ष गरी करीव १८० वर्ष शासन गरे । बुवा नरभूपाल शाहको शेषपछि २१ वर्षको उमेरमा पृथ्वीनारायण शाहले गोर्खाको राज्यसत्ता सम्हाले । राजा भएपछि नेपाल एकीकरणको सपना देखेका पृथ्वीनारायण शाहले पहिले काठमाडौँ उपत्यका कब्जा गर्ने योजना बनाए । निकै मेहनत र लामो दीर्घकालिन योजना बनाएर तेस्रो पटकमा मात्र काठमाडौँ हात लिए र क्रमशः उपत्यकाका तीनै राज्यलाई एकीकरण गरेर नेपालका राजा बने । यसपछि उनले नेपाल एकीकरण अभियान चलाए । उनी १८२५ मा ३१ वर्षको उमेरमा नेपालका राजा बने ।

पृथ्वीनारायण शाहपछि प्रतापसिंह शाह, रणबहादुर शाह, गीर्वाणयुद्ध, राजेन्द्र, सुरेन्द्र, पृथ्वी, त्रिभुवन, मेहन्द्र, बीरेन्द्र, दिपेन्द्र र ज्ञानेन्द्र ११ पुस्ताले नेपालमा कुल २३८ वर्ष राजतन्त्र कायम रह्यो । यसबीचमा राजा राजेन्द्रको राज्यकालबाट त्रिभुवनसम्म नौजना राणा प्रधानमन्त्रीहरु (जंगवहादुर राणा, रणदीपसिँह, बीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर, जुद्धशमशेर, पदमशमशेर र मोहनशमशेर)ले १०४ वर्ष पारिवारिक (जहानियाँ) शासन चलाए । राणाहरुभन्दा अगाडि पृथ्वीनारायण शाहदेखि राजेन्द्रविक्रम शाहसम्म पाँचजना राजाको शासनकालमा पाण्डे, बस्नेत, शाह, थापाहरुले भारदारिया शासन चलाए । देवान, मुख्तियार, काजी, मूलकाजी आदि नामबाट हालको प्रधानमन्त्रीसरहको पदवी लिनेहरु बंशराज पाण्डेदेखि भीमसेन थापा, अभिमानसिंह बस्नेत र अन्तिम मुख्तियार फत्तेसिंह शाहसम्म १३ जनाले १८ पटक मुख्तियार दोहो¥याएका छन् । त्यसपछि राजामा सुरेन्द्र शाह र राणाहरुमा जंगबहादुर राणा प्रधानमन्त्री भएपछि नयाँ अध्याय सुरु हुन्छ जहानियाँ राणा शासनको । राजाहरुको शासन पनि आपूmपछि आफ्नो छोरो वा कोही नभएपछि काका–भतिजोले चलाउने एक प्रकारको जहानियाँ शासन नै हो । जहानियाँ शासन भनेको आफ्नो जहान परिवारले मात्र शासन गर्ने प्रणाली हो । अहिले मन्त्री, प्रधानमन्त्री, सांसद हुनेहरुले पनि आफ्नो श्रीमती, छोराछोरी, भाइभतिजो र नातापातालाई सांसद, समानुपातिक र कार्यालय प्रमुख बनाउने गरिरहेका छन् यो तिनै राणा शासन र राजा शासनको अवशेषको रुपमा आएको पारिवारिक शासनको नवसंस्करण हो ।

२००७ सालमा राणा शासनको अन्त्य भयो भनियो तर राजा शासन कायमै रह्यो । पुरानो जहानियाँ शासन अन्त्य भयो तर प्रजातन्त्रको नाममा अर्को प्रकारको जहानियाँ शासन कायमै रह्यो । राजा शासनको नाममा राजतन्त्र र प्रधानमन्त्री आफ्नो परिवारको वरिपरि घुमिरहेको छ र सत्ता अझै पारिवारिक शासनकै वरिपरि घमिरहेको छ । एकातिर राजाको जहानियाँ शासन कायमै थियो । अर्कोतिर बहुदलको नाममा च्याउ जस्तै उम्रेका राजनीतिक दलहरुमा पनि नेताहरुका परिवार वरिपरी नै पद र राजनीति फन्को मारिरहेको छ । ७ सालयता हेर्दा कुल ५६ वर्ष राजतन्त्र कायम रह्यो र २०६३ मा राजतन्त्रको अन्त्यपछि यताका करिव १६ वर्षहरु गणतन्त्र नामको दलाल पुँजीवादी संसदीय व्यवस्था चलिरहेको छ । ७ सालपछिका कुल ७२ वर्षमा ३० वर्ष पञ्चायती व्यवस्थाले खायो । बाँकी ४२ वर्षहरुमा बेलायत र भारतीय मोडेलमा संसदीय व्यवस्था अभ्यासमा छ । ७ सालदेखि १७ सालसम्मको एक दशक र ४६ सालदेखि ६३ सम्मको १७ वर्ष बेलायती मोडेलको राजासहितको संवैधानिक राजतन्त्रको संसदीय मोडेलको अभ्यास भएको छ । ६३ यताका १६ वर्षहरु लोकतान्त्रिक गणतन्त्र भनिने भारतीय मोडेलको संघीय संसदको मोडेल प्रयोगमा छ । अघिल्लो चरणमा राजा र संसदीय राजनीतिक दलहरुबीचको साझेदारी सत्ता चल्दै आएको थियो भने राजतन्त्रको अन्त्यपछि साम्राज्यवादसितको संसदीय राजनीतिक दलहरुको साझेदारी सत्ता चलिरहेको छ । यसबीचमा २००७ सालदेखि २०१७ सम्म राजा त्रिभुवनले १ पटक र राजा महेन्द्रले ६ पटक ‘कु’ गरेर सत्ता आफ्नो हातमा लिएका छन् । यस्तै टिके राजा ज्ञानेन्द्रले पनि २०५९ र ६१ मा गरी २ पटक ‘कु’ गरेका छन् । यसरी तीनजना राजाले ‘कु’ गरेर आफैँ राज्य लिएर एक्लौटी शासन गरेका वर्ष जम्मा ७ वर्ष ४ महिना छ । यस बाहेकका राजतन्त्रात्मक र गणतन्त्रात्मक अभ्यास जोड्दा कुल ४२ वर्षदेखि नेपालमा संसदीय व्यवस्था अभ्यासमा छ । यसरी हेर्दा राजा शासन १३४ वर्ष, राणा शासन १०४ वर्ष, बहुदलीय संसदीय व्यवस्थाले ४२ वर्षहरु खाएको छ । संसदीय व्यवस्थाको ४२ वर्षहरुमा १९ जना व्यक्तिहरुले १ देखि ५ पटकसम्म गरी कुल ३५ पटक प्रधानमन्त्रीको टाउको फेरेका छन् । तिनको समय अवधि एक हप्तादेखि अढाई वर्षसम्मको देखिन्छ । यस्तै पञ्चायत कालमा ६ जनाले ३० वर्ष खाएका छन्, २१ पटक फेरिएका छन् । १ जनाले १ पटकदेखि ६ पटकसम्म प्रधानमन्त्री खाएका छन् । नेपालको इतिहासमा राणाकाल र त्योभन्दा अगाडिकालाई छाडेर ७ साल यताका ७२ वर्षहरुमा ५३ पटक प्रधानमन्त्री फेरिएका छन् । जम्माजम्मी २००७ सालयताका प्रजातान्त्रिक भनिने अभ्यासलाई हेर्दा एकजनाले सरदरमा २ वर्ष ७ महिना (३१ महिना) मात्र प्रधानमन्त्री चलाएका छन् । यो भनेको ज्यादै नै अस्थिरता र तानातानको स्थिति हो । तीन वर्ष पनि स्थिर सरकार नरहने देशमा कसरी देशको विकास हुन्छ । ३ वर्ष पनि चल्न नसक्ने व्यवस्था पूर्ण असफल व्यवस्था हो । त्यसैले संसदीय व्यवस्था देश र जनताको हितमा छैन र यसलाई नबदल्दासम्म न स्वन्तन्त्रता र स्वाधीनता सम्भव छ न देशको विकास र समृद्धि सम्भव छ । यस्तो भएपछि जनताको अवस्था कसरी उँभो लाग्छ ? यो अहिलेसम्मको नेपालको इतिहासको शिक्षा हो ।

जातीय सहभागिताको दृष्टिले हे¥यौं भने राजाबाहेक हालसम्म ५३ पटक प्रधानमन्त्री फेरिंदा जम्माजम्मी २४ जना मात्र प्रधानमन्त्री भएका छन् । यसमा १४ जना बाहुन जातिका प्रधानमन्त्रीले ३३ वर्ष १ महिना खाएका छन् भने ८ जना क्षेत्री प्रधानमन्त्री भएका छन् । तिनले कुल ३० वर्ष १ महिना खाएका छन् । यी बाहेक एकजना कार्यवाहक प्रधानमन्त्रीसहित दुई जना नेवार प्रधानमन्त्रीले ४ वर्ष ९ महिना खाएका छन् । यो भनेको उनीहरुकै तथ्याङ्कअनुसार १२६ ओटा जातिमा १ जना कार्यवाहक प्रधानमन्त्री (गेहेन्द्र राजभण्डारी १ वर्ष) सहित २ जना नेवार बाहेक सबै बाहुन र क्षेत्रीले मात्र शासन गरेका छन् । नेपाल जहाँ ३६ प्रतिशत जनसंख्या भएको ५९ ओटा जन जाति छन्, १३ प्रतिशत श्रमिक समुदाय छन्, १६ प्रतिशत मधेशी र ४ प्रतिशत मुस्लिम समुदाय छन् । यी ६९ प्रतिशतमा रहेका जातिबाट १ जना प्रधानमन्त्रीसम्म बनेका छैनन् । यसबाट यो देशमा अहिलेसम्म एउटै जातिले खस आर्य जातिको परिवारवादमा राज चल्दै आएको देखिन्छ ।

दलगत संरचनाको दृष्टिले हेर्दा — अहिलेसम्म लोकतान्त्रिक पार्टी भनिने नेपाली काँग्रेसको अवस्था हेरौं । नेपाली काँग्रेस पार्टीबाट ब्यक्तिका हिसावले ७ जना प्रधानमन्त्री बनेका छन् र १८ पटक दोहोरिएका छन् । सबैले जम्मा २२ वर्ष ११ महिना शासन गरेका छन् । जसमा ५ जना बाहुन जातिका छन् तिनले मात्र १२ पटक प्रधानमन्त्री दोहो¥याएका छन् भने १५ वर्ष ९ महिना शासन गरेकाछन् । तिनमा पनि ७ जनामा ४ जना कोइराला परिवारका मात्र छन् । तिनले मात्र १३ वर्ष १० महिना प्रधानमन्त्री चलाएका छन् । १० पटक त यो परिवारमा मात्र प्रधानमन्त्री दोहोरिएको छ । यसमा पनि मातृका, बीपी र गिरिजाले ९ पटक प्रधानमन्त्री दोहो¥याउँदा १२ वर्ष ४ महिना त तीन भाइले मात्र शासन गरे । बाँकी ३ जनामा कृष्णप्रसाद भट्टराई २ पटक अन्तरिम प्रधानमन्त्री सम्हालेका छन् । उनले २ पटकमा जम्मा १ वर्ष ११ महिना प्रधानमन्त्रीको कुर्सीमा बसे । अन्य २ जना क्षेत्री छन् । एक जना सुवर्ण समशेर राणा र अर्को एक जना शेरबहादुर देउवा । सुवर्ण समशेर २०१५ सालमा अन्तरिम कालमा १ वर्ष प्रधानमन्त्री बनेकाछन् । चुनावपछि फेरि बीपी निर्वाचित प्रधानमन्त्री बने । शेरबहादुर देउवाले भने प्रधानमन्त्री ५ पटक दोहो¥याएका छन् । उनले ५ पटक दोहो¥याउँदा जम्मा काँग्रसको शासनकालका २२ वर्ष ११ महिनामा ६ वर्ष २ महिना उसको भागमा पर्न आउँछ । यस्तो छ नेपाली काँग्रेसको दलगत प्रजातान्त्रिक प्रणाली ।

यसपछि आउँछ संसदीय कम्युनिष्ट एमालेको रोल नम्बर । एमालेबाट कम्युनिष्ट नाममा नेपालको इतिहासमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री ९ महिनाको लागि मनमोहन अधिकारी बने । यसपछि माधव नेपाल १ वर्ष ८ महिना र झलनाथ खनाल जम्मा ६ महिना मात्र प्रधानमन्त्री बने । २ पटक प्रधानमन्त्री दोहो¥याएर सवभन्दा बढी ४ वर्ष २ महिना प्रधानमन्त्री बन्ने एमाले नेता केपी ओली बने । एमालेका ४ जनाले ५ पटक दोहो¥याउँदा जम्मा ७ वर्ष १ महिना प्रधानमन्त्री चलाए । जातीय हिसावले यी सबै एउटै परिवारका नभए पनि सबै बाहुन छन् ।

तेस्रोमा आउँछ माओवादी केन्द्र- माओवादी केन्द्र २०६४ को संविधानसभापछि माात्र सरकारमा सहभागी भएको हो । नेकपा (माके) संसदीय व्यवस्थामा नाम दर्ता गरेर सरकारमा सहभागी हुने काँग्रेस एमालेको तुलनामा माओवादी सवभन्दा कान्छो र सिकारु संसद्वादी कम्युनिष्ट हो । कान्छाहरु प्रायः उपद्रवी हुन्छन् भन्छन् । कान्छो पार्टीले उपद्रव मच्चाएर छोटो समयमा पनि प्रचण्डले ३ पटक प्रधानमन्त्री पड्काएका छन् । बाबुरामले एक पटक गरी दुई जना प्रधानमन्त्री भएका छन् । प्रचण्ड तेस्रो पटक भर्खरै मात्र प्रधानमन्त्री भएका छन् । यसलाई छाडेर अघिल्ला दुई पटक र बाबुरामको एक पटक गरी दुई जनाले जम्मा ३ वर्ष २ महिना प्रधानमन्त्री भएको देखिन्छ । प्रचण्डले २ कार्यकालमा दुई वर्ष मात्र काम गरेकाछन् । सुरुमा त जम्मा ९ महिना मात्र प्रधानमन्त्री भए । अहिले अढाई वर्षका लागि प्रधानमन्त्रीको ग्यारेण्टीसहित कुर्सीमा विराजमान भएका छन् । अर्को प्रधानमन्त्रीको पात्र बाबुराम भट्टराई हुन् । बाबुराम अहिलेसम्म एकै पटक प्रधानमन्त्री भएका छन् । उनले जम्माजम्मी एक वर्ष ७ महिना मात्र प्रधानमन्त्रीको कुर्सीमा बसे । यो डेढ वर्षको प्रधानमन्त्रीत्व कालमा जनमुक्तिसेनाको हतियार साँचो सरकारलाई बुझाउने, विप्पा सम्झौता गर्ने, सुपुर्दगी विधेयक पास गर्ने, एयरपोर्टमा भारतीय सेना राख्ने, जनमुक्तिसेनाको विघटन गर्ने, पहिलो संविधानसभाको विघटन गरेर अर्को दोस्रो संविधानसभाको चुनाव गरेर काँग्रेसलाई पहिलो र माओवादीलाई तेस्रो पार्टी बनाउने श्रेयकर्ता बाबुराम बन्न पुगे । जातीय हिसावले माओवादीका तर्फबाट प्रधानमन्त्री बन्ने यी दुवै बाहुन नै थिए ।

पञ्चायतकालका ३० वर्षमा ६ जना प्रधानमन्त्री फेरिएका छन् । डा. तुलसी गिरी, ३ पटक सूर्यबहादुर थापा ६, कीर्तिनिधि विष्ट ३ पटक, नगेन्द्रप्रसाद रिजाल २, लोकेन्द्रबहादुर चन्द २ पटक र मरिचमानसिंह श्रेष्ठ १ पटक र गेहेन्द्रबहादुर राजभण्डारी काबा प्रधानमन्त्री १ वर्ष गरी १७ पटक प्रधानमन्त्री फेरिएका छन् । पञ्चायतका अन्तिम प्रधानमन्त्री मरिचमानसिंह बने । सबभन्दा बढी प्रधानमन्त्रीमा दोहोरिने सूर्यवहादुर थापा ८ पटक बनेका छन् । यसमा पनि जातीय रुपले हेर्दा मरिचमान र गेहेन्द्रवहादुर बाहेक, १ जना बाहुन र ४ जना क्षेत्री छन् ।

स्थायी सत्ता निजामति र जंगी क्षेत्रतिर हे¥यौं भने पनि सबै खस–आर्यकै बोलवाला रहँदै आएको देखिन्छ । नेपाली सेना र नेपाल प्रहरीमा एक–एकजना गुरुङ र मगरबाट प्रमुख (चीफ) सम्म मुस्किलले पुगेको देखिन्छ । निजामति क्षेत्रमा यो आँकडा सबैभन्दा तल छ । उपस्थितिको हिसावले जनजाति, महिला, श्रमिक समुदाय र मधेशी समुदायको सबभन्दा निम्न स्तरका पदहरुमा देखिन्छ भने माथि हाकिमका कुर्सीहरुमा जति माथिल्लो मञ्जिल चढ्दै गयो त्यति नै खस–आर्यहरुको बाक्लो उपस्थिति देखिन्छ । यसरी हेर्दा स्थायी सत्ता भनिने व्यूरोक्रेसीमा तल्लो र माथिल्लो तहका कर्मचारीका बीचमा पनि जातीय खाडल निकै गहिरो देखिन्छ । पछिल्लो समयमा एकाधजना व्यक्तिहरु समावेशी र समानुपातिक कोटाबाट अलिअलि देखाउने गरेका छन् । राष्ट्रपति महिला, सभामुख महिला भयो भनेर मान्छेलाई थामथुम पार्ने गरिरहेका छन् । तर यसले वर्गीय खाडल भने पुरिरहेको छैन ।

यसरी इतिहासको ऐनामा देखिने नेपाली समाज र नेपाली राजनीतिको मुहारले के देखाउँछ भने नेपालको राजनीतिक अन्तरविरोध केबल वर्गीय मात्र छैन अरु पनि छ है, भन्ने देखाउँछ । अन्तरविरोध एउटा विचारबाट पैदा हुन्छ दोस्रो भावनाबाट पैदा हुन्छ । यी दुवै क्षेत्रमा देखिने अन्तरविरोध यहाँको ऐतिहासिक वस्तुगत अवस्था र बर्तमानको वस्तुगत अवस्थाले जन्माएको वा पैदा गरेको यथार्थता हो । जाति, महिला, श्रमिक समुदाय, मधेशी, मुस्लिमका समस्याहरुको उत्थानलाई सामान्यत जातिमा, लैङ्गिक रुपमा र क्षेत्रगत रुपमा हेर्दा त एउटा भावना र भावाबेश जस्तो देखिन्छ तर यो ऐतिहासिक उत्पीडनको बर्तमानमा हुने अनुभूति र महसुसीकरण हो । दासत्व र उत्पीडनको अनुभूत सायद भोग्नेलाई मात्र महसुस हुन्छ । त्यसैले “खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ” भन्ने उखान बनेको होला । यसको गहिरो छाप शदियौँ वर्षदेखि राज्यसत्ताले गर्दै आएको उत्पीडनका दामहरुमा छ । यसलाई राज्यले र राजनीतिक दलका नेताहरुले बुझ्न नसके नेपालको राजनीतिक समस्या पनि जस्ताको त्यस्तै रहनेछ । किनकि नेपालको क्रान्तिले हल गर्ने भनेको उत्पीडित नेपाली जनताको उत्पीडनको समस्या हो । नेपाली जनता भनेको यही नेपालभित्र बस्ने नेपाली नागरिक हुन् । त्यो भनेका जातीय हिसावले ६९ प्रतिशतमा रहेका जातीय समुदाय हुन् । वर्गीय हिसावले हेर्दा यहाँका ९५ प्रतिशत उत्पीडित नेपाली जनता हुन् । लैङ्गिक रुपमा हेर्ने हो भने यहाँका ५१ प्रतिशत महिलाहरुको समस्या हो । राष्ट्रियताको हिसावले हेर्ने हो भने यहाँका ९९ प्रतिशत देशभक्त नेपालीहरुको स्वाधीनताको समस्या हल गर्ने हो । अहिलेको राजनीतिक समस्या यहीँनिर छ । यसलाई केवल समावेसी समानुपातिक र पुँजीवादी संघीयताले भावनात्मक नाराले मात्र पुग्दैन । यसलाई यहाँका वर्गीय खाडल पुर्ने राज्यसत्ता र राजनीतिक पार्टीहरुको विचार, नीति, प्रतिबद्धता र व्यहारिक प्रयोगबाट मात्र उचित समाधानको दिशा दिन सकिन्छ ।

यसरी इतिहास र वर्तमानलाई तुलना गरेर हेर्दा अहिलेसम्मको नेपालको राज्यसत्ता आजसम्म निम्न रोगबाट अझै उम्कन सकेको छैन —

ज्ञ)          सामन्तवादी दलदलबाट उम्कन सकेको छैन ।

द्द)           जातिवादी राज्यको दलदलबाट उम्कन सकेको छैन ।

घ)           परिवारवादको दलदलबाट उम्कन सकेको छैन ।

द्ध)           संसदवादी पुँजीवादी अधिनाकत्वबाट उम्कन सकेको छैन ।

छ)          साम्राज्यवादी हस्तक्षेप र नवउपनिवेशबाट उम्कन सकेको छैन ।

यी नै नेपालमा समाजवाद आगमन र नेपाली जनताको स्वतन्त्रता, विकास, प्रगति र समृद्धिका लागि फलामे विर्को बनिरहेका छन् । जसलाई नतोड्दासम्म नेपाल र नेपाली जनताको भविष्य यही परिवारवाद वरिपरी घुमिरहने छ र कुनै पनि बेला द्वन्द्वको सम्भावना रहिरहने छ । शान्तिको परिकल्पना केवल कल्पना मात्र बनिरहने छ ।

अन्तमा जनताको भावना र चाहना तथा देश, समाज र आजको आवश्यकतालाई केन्द्रविन्दुमा राखेर उचित राजनीतिक निकास दिनु नै देश र जनताको विकास र समृद्धिको एक मात्र विकल्प हुन सक्छ । जबसम्म यी आन्तरिक र बाह्य दासत्वबाट नेपाल र नेपाली जनता मुक्त हुँदैनन् नेपाल र नेपाली जनता उपनिवेशबाट कहिल्यै मुक्त हुने छैनन् । जबसम्म उत्पीडन गर्ने वर्ग या समुदायले अरु वर्ग वा जाति–समुदायमाथि दासत्व लादिरहन्छ तवसम्म उ आफैँ पनि दासत्वबाट कहिल्यै मुक्त हुने छैन ।

प्रतिक्रियाहरु