यातायातका शाखा अधिकृतविरुद्ध एक करोडको भ्रष्टाचार मुद्दा

२०७९ पुष २९ गते, शुक्रबार


काठमाडौं । यातायात व्यवस्था कार्यालय, सुकेधाराका पूर्व निमित्त प्रमुख गणेशप्रसाद पोखरेलमाथि गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरेलमाथि गैरकानूनी सम्पत्तिआर्जन गरेको आरोपमा १ करोठ ६ लाख रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो । यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र सुकेधारा चावहिलका तत्कालीन निमित्त कार्यालय प्रमुख पोखरेल हाल राष्ट्रिय भूमि आयोग, ताहाचलमा कार्यरत छन् । उनी शाखा अधिकृत स्तरका कर्मचारी हुन् । १ असार २०४६ मा सेवा प्रवेश गरेका उनीमाथि उजुरी परेपछि अख्तियारले १५ फागुन २०७८ सम्मको सम्पत्ति जाचबुझ गरेको थियो । त्यसक्रममा उनले ४ करोड ३७ लाख रुपैंया सम्पत्ति जोडेको भेटिएको हो । छानविन हुदा उनले ३ करोड ३१ लाख रुपैंयामात्रै कानूनी रुपमा आर्जन गरेको खुल्यो । स्रोत नखुलेको सम्पत्ति जफत हुनुपर्ने माग राखी अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले उनकी श्रीमती विमला न्यौपाने पोखरेललाई पनि मुद्दामा प्रतिवादी बनाएको छ ।
यातायात कार्यालयका शाखा अधिकृत पोखरेलले बारिश्रमिक बाहेक घर बहाल, बीमा, रेमिट्यान्स, मोटरसाइकल विक्री, शेयर लगायतबाट सम्पत्ति जोडेको दावी गरेका थिए । उनको दावीलाई स्विकार गरेर हेर्दा पनि त्यसबाहेकको आर्जनको स्रोत नखुलेको अख्तियारको दावी छ ।
यातायात कार्यालयहरु भ्रष्टाचारका कारण बदनाम छन् । सेवाग्राहीलाई समयमा लाईसेन्स नदिई सास्ती दिने र त्यही लाईसेन्स महंगोमा बेच्ने गरेको आरोपमा यातायात कार्यालयका कर्मचारीहरुमाथि पटकपटक छानविन भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ३.२४ अंकले घट्यो

२०८१ बैशाख १३ गते, बिहीबार

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार