अखिल( क्रान्तिकारी) कञ्चनपुर संयोजकमा अनिल

२०७९ पुष २७ गते, बुधबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारी कञ्चनपुरको संयोजकमा अनिल घरडी चयन भएका छन । मंगलबार जिल्लाको महेन्द्रनगरमा बसेको संगठनका केंद्रीय सचिव प्रकाश जप्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले संयोजकमा अनिललाई गरेको हो । प्रमुख अतिथी जप्रेलले वर्तमान अवस्थामा शिक्षा क्षेत्रमा देखिएका शैक्षिक समस्यालाई समाधान गर्नका लागि अखिल क्रान्तिकारीले आफ्नो गतिविधिलाई तिब्रता दिन निर्देशन दिएका छन। उनका अनुसार देशमा फरक राजनीतिक अभ्यासमा रहेको पार्टीको भातृ संगठन भएकाले पनि हामीले हाम्रो बैज्ञानिक समाजवादी शिक्षाको महान लक्ष्यलाई कार्यान्यवनका निमित्त आफ्ना कार्यक्रम तय गरी लाग्नु पर्ने बताए ।
नेता जप्रेलले भने , “ अहिलेको संसदीय व्यवस्थाले निःशुल्क तथा अनिवार्य शिक्षाको अधिकार संविधानमा लेखे पनि त्यसको कार्यान्वयन गरिएको छैन छैन र जनताका छोरा छोरीलाई गुणस्तरीय र निःशुल्क शिक्षा उपलब्ध गराउन अखिल क्रान्तिकारी निरन्तर संघर्ष गर्नेछ ।”
त्यसैगरी अतिथि रूपमा सहभागी अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश इन्चार्ज बबरजंग सिंहले -संगठनलाई सुदृढ बनाएर विद्यार्थीका हकहितका लागि काम गर्न जिल्ला समिति कञ्चनपुरलाई निर्देशन गरे । नजिकिँदै गरेको त्रिभूवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रित रही संगठनले आफ्ना गतिविधि अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।
बैठकले संयोजक घरेडिको नेतृत्वमा १८ औँ जिल्ला सम्मेलन आयोजक समिति घोषणा गरेको छ भने संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको संयोजक घरडिले बताए । बैठकमा अतिथिका रूपमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु ललित एसके, महेश पातलीलगायत अन्य जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रियाहरु