आगामी शनिवार सबै कर कार्यालय खुला राख्न निर्देशन

२०७९ पुष २७ गते, बुधबार


काठमाडौँ । आन्तरिक राजश्व विभागले आगामी शनिवार राजस्व संकलन गर्ने कार्यालयहरु खुला राख्न निर्देशन दिएको छ। विभागले पुस ३० गते शनिवार पनि राजस्व संकलन गर्ने बैक शाखा तथा काउण्टरसँग समन्वय गरी कार्यालय खुला राखी राजस्व बुझ्ने व्यवस्था गर्न निर्देशन दिएको हो । विभागले ठूला करदाता कार्यालय , मध्यम स्तरीय करदाता कार्यालय, सबै आन्तरिक राजश्व कार्यालय, र सबै करदाता सेवा कार्यालय शनिवार पनि खुला राख्न निर्देशन दिएको हो । सरकारले आर्थिक वर्ष ७९/८० को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न ताकेता गरेकोले शनिवार पनि कार्यालयखुला राख्न विभागले भनेको हो ।
अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ७९/८० को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण पुस मसान्तसम्म दाखिला गर्न आग्रह गरेको छ । विभागले ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनामा भनिएको छ ‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) वमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ वमोजिम कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आय वर्ष २०७९/८० को वार्षिक आयकर रकमको पहिलो किस्ता वापतको चालीस प्रतिशतले हुने रकम २०७९ पुस महिना भित्र दाखिला गर्नु पर्ने कानूनी व्यवस्था भएकोले सो अनुसार म्याद भित्रै विवरण तथा कर दाखिला गर्नु हुन अनुरोध छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार