अस्पतालको उपचार कक्षवाटै गिरफ्तार गरेका कार्यकर्तालाई झुट्ठा मुद्धा नलगाउन आग्रह

२०७९ पुष २६ गते, मंगलवार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले प्रहरीले अस्पतालको उपचार कक्षवाटै गिरफ्तार गरेका अखिल क्रान्तिकारीका बाँकेका अध्यक्ष डिल्ली क्षेत्री र नेकपाका जिल्ला सदस्य धर्मराज सुनारको स्वास्थ्य स्थिति बुझ्न जिल्ला प्रहरी कार्यालय पुगेका छन । सोमवार जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा पुगेर दुर्घटनाका घाईते धर्मराज सुनार र डिल्ली क्षेत्रीको स्वास्थ्य स्थिति बुझेका थिए ।
उनले घाईते दुवै जनाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीले रिहाको पहल गरिरहेको जानकारी गराएका थिए ।
स्थायी समिति सदस्य भरतले भेटघाटको क्रममा सरकारले तीन वुँदे सहमति यथाशिघ्र कार्यान्वय गर्दै कार्यकर्ता रिहा गर्नु पर्ने बताउदै सरकारले सहमति कार्यान्वयमा ढिलाई गरेका कारण आफ्ना कार्यकर्ता अहिले पनि हिरासत भित्र वस्नु परेकोमा आपत्तिसमेत जनाएका थिए ।
गत कार्तिक ३० गते नेकपाका कार्यकर्ता सुनार र क्षेत्री नेपालगंजको भृकुटीनगरमा रहेको कोठामा खाना पकाउने क्रममा प्रेसर कुकुर विष्फोट हुदा घाईते भएका थिए । प्रहरीले भने चुनाव खारेजीका क्रममा तर्साउने बम वनाउने क्रममा बम विष्फोट भएको भन्दै नियन्त्रणमा लिएको थियो ।
घाईते दुवै जनाको नेपालगंज मेडिकल कलेजमा उपचार भईरहको थियो । घाईतेहरुको राम्रो संग उपचार नहुदै प्रहरीले डिस्चार्ज गर्न लगाएर पुस १९ गते अस्पतालको शैयावाटै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष पुर्याएको थियो । प्रहरीले उनीहरु दुवै जनालाई बम विष्फोटको मुद्धा चलाएको छ । नेकपाले भने झुट्ठा मुद्धा नचलाउन र राजनैतिक सहमतिको आधारमा तत्काल रिहा गर्न माग गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु