काठमाडौं महानगरको विकास सहायता कार्यक्रमका लागि दुई सय चार प्रस्ताव

२०७९ पुष २२ गते, शुक्रबार


काठमाडौं । काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागमा विकास सहायताका कार्यक्रमका लागि दुई सय चार प्रस्ताव पेस भएका छन् । रु चार करोड ४५ लाख बजेट रहेको उक्त कार्यक्रमका लागि प्रस्ताव आह्वान गर्दै गत मङ्सिर १ गते कामपाले सार्वजनिक सूचना प्रकाशन गरेको थियो ।
उक्त सूचनाका आधारमा १० क्षेत्रगत कार्यक्रमका लागि ती प्रस्ताव पेस भएका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोरखेलले जानकारी दिए। महानगरले सूचनामा उल्लेख गरेको पहिलो कार्यक्रम ‘नमूना छात्रा सांसद कार्यक्रम’ हो ।
यो कार्यक्रमका लागि रु १० लाख विनियोजन गरिएको छ । रु एक करोड विनियोजन भएको खेलकुदसँग सम्बन्धित विभिन्न सङ्घसंस्थालाई सहयोग कार्यक्रमका लागि २६ प्रस्ताव आएका छन् ।
यसैगरी लागुऔषध, मानव बेचविखन, ओसारपसार नियन्त्रण, लैङ्गिक हिंसाविरुद्धको अभियान, अपाङ्गताका क्षेत्रमा कार्य गर्ने संस्थासँग सहकार्य, विभिन्न स्रष्टाको नाममा स्थापना भएका प्रतिष्ठानलाई अक्षयकोष अनुदानलगायतका लागि रकम विनियोजन गरिएको छ । आएका प्रस्तावमध्ये कार्यक्रमको प्रकृति, लक्षित वर्ग, भौगोलिक अवस्थाजस्ता सूचकका आधारमा दोहोरिएका कार्यक्रम घटाउने तथा अपुग भएका क्षेत्रलाई प्रवद्र्धन गर्ने गरी थप काम अघि बढाउने कामपाले जनाएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चिया निर्यात खुला

२०८१ बैशाख १३ गते, बिहीबार

नेप्से ०.१५ अंकले बढ्यो

२०८१ बैशाख १२ गते, बुधबार

हिमालयन हाइड्रो एक्स्पो शुरु

२०८१ बैशाख १२ गते, बुधबार

२९ वटा ठेकेदार कम्पनी कालोसूचीमा

२०८१ बैशाख ११ गते, मंगलवार