संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता

२०७९ पुष २१ गते, बिहीबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य मिलनले संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भएको बताउदै संसदीय व्यवस्था असफलसिद्ध भइ सकेको ठोकुवा गरेका छन । अखिल(क्रान्तिकारी) बागमती प्रदेशद्वारा बुधवार काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित स्व.वि.यु. निर्वाचण -२०७९ बिशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। नेता मिलनले अब नयाँ ढंगले आफ्नो पार्टीले दलाल पुजीवादी सत्ताको विरुद्ध आन्दोलन गर्ने प्रष्ट्याउदै भने – ‘सत्तामा साम्राज्यवाद हावी छ । गगन भन्दा बढी रविबाट काम हुने भएकाले साम्राज्यवादले रविलाइ सत्तामा पुर्याएको छ । हामीले साम्राज्यवादको चालबाजी बुझेका छौँ ,कुनैपनी हालतमा हामी यो देशलाइ अमेरिकी साम्राज्यवादको उपनिबेश हुन दिदैनौ । हामी यो देशको प्रतिक्रियावादी सत्ता र साम्राज्यवादको विरुद्धमा निर्मम ढंगले लड्छौ तर झुक्नेछैनौं ।’
नेता मिलनले लाखौं बामपंथी , प्रगतिशील एवम जनतान्त्रिक बिद्यार्थीहरुको साझा संगठन अखिल(क्रान्तिकारी)ले चुनाव जित्नुपर्ने बताउदै भने – ‘यो बिद्यार्थीको चुनाव मात्रै होइन , यो बुर्जुवा शिक्षा पद्धतिको कारणले लाखौं बिद्यार्थीहरुले भोग्नुपरेको सास्ती हल गर्ने विषय पनि जोडिएको छ । यो दलाल पुजीवादी संसदीय व्यवस्था र यसको शिक्षा प्रणालीले गर्दा लाखौं बिद्यार्थीहरु आत्महत्या गर्न बिबस छन तसर्थ यो बदल्ने हो । यसका लागि क्रान्तिकारीले स्ववियु जित्नुपर्छ ।’
सोहि कार्यक्रममा मन्तव्य राख्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश सीले काठमाडौं महानगरका मेयर बालेनलाई सुकुम्बासीको झुप्रोमा डोजर लाउन छोडेर अमेरिकी दूतावासले महाराजगन्ज देखि चक्रपथसम्म सडक मिचेर बनाएको पर्खाल भत्काउन खुल्ला चुनौती दिए । उनले भने – ‘गरिबहरुको गित गाएर गरिबहरुलाइ छुरा हान्ने प्रवृत्ति बालेन प्रवृत्ति हो । बागमतीको फोहोर डंगुरमा बस्ने सुकुम्बासीका घरटहरामा डोजर लगाएर फिल्मी शैलीमा टहरा हटाएर काठमाडौलाई सौन्दर्यकरण गर्ने र यो शहरका पुजिपतीलाई फुल फुलाएर सुगन्ध दिलाएर हजारौं सुकुम्बासीलाई बेघर वनाउने बालेनको विरुद्ध हामी आन्दोलन गर्छौं ।’


एक अर्को प्रसंगमा बोल्दै अध्यक्ष प्रकाशले स्ववियुको भुमिका र औचित्य नयाँ ठाउमा पुगेको बताए । सर्टिफिकेट झोलामा राखेर बिदेशमा भौतारीरहेका युवा बिद्यार्थीको विषय अबको स्ववियुको एजेन्डा बन्नुपर्छ , उनले भने – ‘बिश्वबिधालयबाट उत्पादित जनशक्ति कहाँ छ ? सरकारी बिधालय भन्नेबित्तिकै लथालिङ्ग र भताभिङ्ग भएको छ । सरकारीमा पढाउने शिक्षकहरुले निजि शिक्षालयहरु खोलेर नवधनाढ्य वर्गमा परिणत भएका छन् । प्लस टु पुस्ता बिदेश जान लालायित छ । हाम्रा युवाले दुवइ , कतार , मलेसिया , साउदी अरविया बनाए तर आफ्नो देश बनाउने वातावरण यो सत्ताले बनाएन । पुर्व मेचिदेखी पश्चिम् महाकालीसम्मका जमिन बाझा छन , युवाहरू बिदेशमा छन । अबको स्ववियु जस्तो साझा फोरमले युवाहरुलाइ संगठित गरि आफ्नै देश बनाउने अभियानसंग जोड्नुपर्छ ।’
अध्यक्ष प्रकाशले अहिलेको सरकार बिचित्रको समीकरण भएको र यसले राजनीतिक संकट बढाएर लैजाने बताए । उनले भने -‘ केही राजनितिक चेतना विहिन युवाले बालेनको हर्कतमा ताली पिटिरहेका छन , ‘देशको अर्थतन्त्र धराशायी छ । प्रतिव्यक्ती ऋण ६८ हजार पुगेको छ । समाजमा गरिबी , गाँस , बास , कपास शिक्षा ,स्वास्थ्य , रोजगारको समस्या हल नगरेर दलाल पुजिपतीलाई फुलको सुगन्ध सुघाउने बालेनको विरुद्ध आन्दोलन हुन्छ ,त्यसको नेतृत्व हामी गर्छौं ।’
शैक्षिक मुद्दा , पठनपाठन , भौतिक पुर्वाधार लगाएतका एजेन्डाहरुमा अबको स्ववियु केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।
सोहि कार्यक्रममा मन्तव्य राख्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय महासचिव ललित सीले पुरानो मूल्य मान्यतामा नभइ नयाँ ढंगले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने बताए ।उनले भने – ‘ अबको स्ववियु पुरानो मूल्य मान्यतामा होइन नयाँ ढंगले हुनुपर्छ । त्रिभुवन बिश्वबिद्धालयबाट सम्बन्धन प्राप्त सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन हुनुपर्छ साथै निर्वाचन प्रणाली पुर्ण समानुपातिक हुनुपर्छ । मुद्दा र एजेन्डाका हिसाबले अबको स्ववियु जस्तो फोरमले यो शिक्षा प्रणालीलाई बदल्ने गरि कामकाज अघि बढाउनुपर्ने हुन्छ ।’
महासचिव ललितले बिद्यार्थी आन्दोलन सिंहदरबारभित्र छिरेको बताउदै स्ववियु निर्वाचन जित्ने मन्त्रीका पिए बन्ने , ठेक्कापट्टा गर्ने , भ्रष्टाचार ,अनियमितता र कमिसन खाने ठाउमा संस्थागत ढंगले केही संसदवादी दलका बिद्यार्थी नेताहरूले पुर्याएको ठोकुवा गरे । उनले भने – ‘पुरानो चरित्र बोकेको स्ववियु चाहिएन , राजनीतिक आन्दोलनलाई जोड्दै शैक्षिक आन्दोलनलाई अघि बढाउने अबको स्ववियुको एजेन्डा हुनुपर्छ ।’
महासचिव ललितले भने – ‘बालेनको फर्माण हामी मान्दैनौं । भर्खरै काठमाडौंका मेयर बालेनले बिज्ञप्ति निकालेका रहेछन , कोहि बिधालय प्रवेश गर्दा अनुमती लिनुपर्ने । त्यो बिज्ञप्ति हामीप्रती लक्षित छ । बालेनलाई थाहा छ काठमाडौका विभिन्न कलेजहरुमा किन बिद्यार्थीहरुले आत्महत्या गरिरहेका छन?किन मनोमानी शुल्क लिइरहेका छन त्यो खोज्नु पर्दैन?छात्रामाथी किन दुर्व्यवहार र यौन हिंसा भइरहेका छन ? बालेनले यी सबै तथ्य खोजिरहेका छैनन् , उनले जारी गरेको कागजी फर्माण मानिदैन् ।’
उनले अहिलेको शिक्षा प्रणालीले बिद्यार्थीलाई आत्महत्या गर्न बाध्य बनाएको भन्दै यो शिक्षा पद्धतिलाई बदलेर वैज्ञानिक समाजवादी शिक्षा प्रणाली लागू गर्नुपर्नेबताए ।
अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा त्रिभुवन बिश्वबिद्धालयका इन्चार्ज अनिल सीको स्वागत मन्तव्यबाट सुरु भएको बिशेष प्रशिक्षण कार्यक्रममा नेकपाका पोलिट्ब्युरो सदस्य एवम अखिल(क्रान्तिकारी)का फ्र्याक्सन इन्चार्ज मिलनको प्रमुख आतिथ्य रहेको थियो भने अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी र केन्द्रीय महासचिव ललित सीको आतिथ्य रहेको थियो ।
अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य तथा क्याम्पस जिल्ला इन्चार्ज प्रकाश सीले संचालन गरेको बिशेष प्रशिक्षण कार्यक्रमको अध्यक्षता संगठनका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु