नेकपा ललितपुरद्वारा राजबन्दीहरुलाई न्यानो कपडा वितरण

२०७९ पुष २० गते, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति ललितपुरले राजनीतिक आस्थाका बन्दीहरुसँग भेटघाट गर्दै न्यानो लुगा वितरण गरेको छ । मंगलबार ललितपुरको नक्खु कारागारमा रहेका बन्दीहरुसँग नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य एवम् ललितपुर इन्चार्ज हितमान सी सहितको टोलले भेटघाट गरी लुगा वितरण गरेकाे हो । भेटघाटमा बन्दीहरुसँग तीनबुँदे सहमति कार्यान्वनको सन्दर्भमा पार्टीले गरेको संघर्ष, बन्दी रिहाईको लागि गरीएको पहल ,वर्तमान विश्व राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारको बारेमा बिशेष क्षलफल भएको नेकपा ललितपुर इन्चार्ज तथा पोलिट ब्युरो सदस्य हितमान सी ले जानकारी गराएका छन। छलफलका क्रममा नेता हितमानले -राजनीतिक आस्थाकै आधारमा निर्दोष मानिसलाई फसाउनु दलाल सत्ताको अमानवीय (शान्ति भाँड्ने)चरित्र भएको भन्दै तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारले ल्याएको अध्यादेश शान्ति नचाहने तत्वले षड्यन्त्रपूर्वक रोकेको र बन्दी रिहाइका लागि पार्टीले पहल गरिरहेको हुँदा उच्च मनोवल सहित जेलमोर्चा डटेर सामना गर्न आग्रह गरेका छन् । देशभर जाडो बढेसँगै नेकपा ललितपुरले नक्खु कारागारमा रहेका ८ जना बन्दीहरुलाई एक/एक सेट न्यानो कपडा(ज्याकेट) सहित जनही एक हजारका दरले नगत खर्च स्वरुप सहयाेग बितरण गरेकाे छ । – कमल विश्वकर्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु