संसदीय व्यवस्था बिघटनको संघारमा !

२०७९ पुष १७ गते, आईतवार


हालै संघ र प्रदेश सभाको निर्वाचन सम्पन्न भएर संघीय सरकार गठन भएको छ भने प्रदेश सरकार गठन हुने तयारी भइरहेको छ । संघीय सरकार गठनमा संसद्वादी दलहरुको हर्कतले जग हसाएको छ । संसदीय व्यवस्थाको अंक गणितीय खेलकै कारण संसदमा ठूलो दल रहेको नेपाली कांग्रेसलार्ई पछार्दै तेस्रो ठूलो दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदहरुको समर्थनसहित प्रधानमन्त्री बन्न सफल भएका छन् । सरकार गठनसँगै सत्ता गठबन्धनका दल र नेताहरु देश र जनताको एजेन्डाभन्दा पनि कसरी सरकारमा आफ्नो दल र नेताको वर्चश्व सुनिश्चित गर्ने भन्नेमा केन्द्रित भएका छन । सत्ताधारी गठबन्धन र सरकार देश र जनताको पक्षमा खडा भएका राजनीतिक दल र शक्तिलार्ई मूलधारमा ल्याएर देशलार्ई अग्रगमन्तर्फ लैजानुको सट्टा आपूm सरकारमा पुग्न सहमति गरेका आफ्नै सहयात्री गठबन्धनका दल र नेतासँगको सहमति उल्लंघन गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् । सरकार गठनले पूर्णता प्राप्त नगर्दै सत्ता गठबन्धनभित्र देखिएको रडाकोले संसद्वादी दल र नेताहरु आपूm सत्ता र सरकारमा पुग्न जस्तोसुकै जालझेल गर्छन्, उनीहरुलार्ई आपूm र आफ्नो दलबाहेक अरु कसैको चिन्ता रहँदैन भन्ने पुष्टि हुन्छ । सत्ताधारी पार्टी र सरकार गठनमा देखिएको यो रडाको सँगै वैदेशिक शक्तिहरु आफ्नो स्वार्थपूर्तिका लागि नेपाल केन्द्रित भएका छन्, जसको कारण देश र जनताको भविष्यमाथि प्रतिदिन खतरा बढ्दै गएको छ । यस विषयमा आमक्रान्तिकारी, राष्ट्रवादी, प्रगतिशील दल, नेता र सबै तह र तप्काका जनता सचेत हुनै पर्छ ।
यस्तो अवस्थामा संसदीय व्यवस्थाले देश र जनतालार्ई अग्रगमनतर्फ लैजान नसक्ने भन्दै नेपाल कम्युनिस्ट पार्टीले गरेको संसदीय निर्वाचन खारेजको संघर्ष सही भएको पुष्टि भएको छ । किनकि संसदीय निर्वाचनमा जनताले देखाएको उदासीनता र त्यसपछि सरकार गठनमा संसद्वादी दल र नेताहरुले खेलेको भूमिका ज्यादै लाजमर्दो र घृणित देखिएको छ । यो सरकारले पनि देश र जनताको पक्षमा सिन्कोसमेत भाँच्न नसक्ने छनक देखाइसकेको छ । बरु सरकारकै रबैयाका कारण देश द्वन्द्वमा फस्ने संकेत देखिन थालेको छ । यस्तो अवस्थामा देश र जनतालार्ई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिबाहेक अर्को विकल्प हुनै सक्दैन । तसर्थ, देश र जनतालार्ई वर्तमान संकटबाट पार लगाउन नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिमा सम्पूर्ण क्रान्तिकारी राजनीतिक दल, नेता र राष्ट्रवादी शक्ति गोलबद्ध हुनैपर्छ । देशलार्ई वर्तमान संकटबाट मुक्त पार्न संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादबाहेक अर्को हुनै सक्दैन । वैज्ञानिक समाजवाद प्राप्त गर्न नेपाल कम्युनिस्ट पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिमा गोलबद्ध हुँदै सरकार र संसदीय व्यवस्थाको विरुद्ध संघर्षको आँधी–बेहरी सिर्जना गर्नुको विकल्प छैन । किनकि जबसम्म देशमा संसदीय व्यवस्था रहन्छ, तबसम्म देश र जनता संकटबाट मुक्त हुन सक्दैन, जुन कुरा संसद्वादी दल र नेताहरुले पटक पटक पुष्टि गरि सकेका छन्, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु