संसदवादीहरु एउटै मालिकले परिचालन गरेका जुवाडे !

२०७९ पुष १२ गते, मंगलवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज सुमनसिंहले संसदवादीहरु एउटै मालिकले परिचालन गरेका एकै खालका जुवाडे भएको बताएका छन । माओको जन्मोत्सवमा आयोजित जनभेलामा बोल्ने क्रममा उनले सो कुरा बताएका हुन । नेपालको सत्ता अमेरिकि र भारतिय दलालहरुकै हातमा रहेको र अहिले सरकार गठनमा देखिएको चित्र कुनै नौलो नभएर मालिकले नै सोचि बुझिकन तय गरेको फण्डा भएको बताए । उनले भने ” यि साम्राज्यवादेका कठपुतलि हुन, अहिले सत्ताको चाबि बोकेर बसेका दलालहरुले प्रचण्ड रास्ट्रवादि भएर प्रधानमन्त्री बनाईदिएका होईनन ।” उनले थपे- जुवाडे जुवा खेल्न मस्त हुन्छन छेउ छाउमा बस्ने च्यांखे दाउवाला र दर्शक हुटिङ गर्छन ।” यो सत्तामा सबैभन्दा ठुलो रास्ट्रघात गर्ने सर्तमा, अमेरिकि र भारतियहरुको स्वार्थमा सहयोग गर्ने सर्तमा सरकारमा जाने हो । प्रचण्ड त्यहि गर्न गएको सिंहले आरोप लगाए ।

उनले भने “अहिले अमेरिकिहरुलाई आफ्नो असली गोटी गगन थापा, बिश्वप्रकास वा सिंगो कंग्रेसलाई बदनाम हुनबाट बचाउनै फाईदा रहेको टिप्पणी गरेका छन । उनका अनुसार एकपटक यिनै कम्युनिस्ट नाम गरेकाहरुलाई बदनाम गराउने, कम्युनिस्ट बिरुद्ध दमन गर्न लगाउने, रास्ट्रघात गराउने र यसको उपदेयता खत्तम भएपछि आफ्नो असले कारिन्दालाई अगाडि सार्ने अमेरिकि दाउपेच रहेको बिश्लेसण सुनाए । रबि र सिके सहितको सरकार त्यो पनि महत्वपूर्ण मन्त्रालय सहित रमिता लाग्दो दिन अब सुरु हुने बताए ।
उनका अनुसार ,नेपालका देशभक्त र क्रान्तिकारिहरुको पनि अब दिन सुरु भएको बताए । निक्कै पेचिलो ढंगले आगामि दिन अगाडि बढ्ने उनको भनाई थियो । आफ्नो पार्टीले एकीकृत जनक्रान्ति मार्फत यो षड्यन्त्रकारी पश्चिमा नियन्त्रीत कठपुतलि सत्तालाई ध्वस्त गरेरै छाड्ने र बैज्ञानिक समाजवादि सत्ता स्थापना गर्ने सिंहको भनाई रहेको थियो । कार्यक्रममा बिद्यार्थी नेता बिनोद, लिला लावती, गोपी खुलाल, हुकुम मल्ल, पार्टीका केन्द्रिय सदस्य मौसमले समेत शुभकामना मन्तवय राखेका थिए । कार्यक्रमको अधक्षता जिल्ला सचिब अबिनाशले गरेका थिए भने संचालन नवराजले गरेका थिए ।

प्रतिक्रियाहरु