माओको अध्ययन गर्दै नेपालको क्रान्तिको ढोका खोल्न जरुरी

२०७९ पुष १२ गते, मंगलवार


काठमाडौं । माओको १३० औं जन्मजयन्तीकाे अबसरमा नेपाल कम्युनिस्ट पार्टी उदयपुरको आयाेजनामा सम्पन्न प्रशिक्षणत्मक कार्यक्रममा नेकपा केन्द्रिय सदस्य तथा तथा उदयपुर ,ओखलढुंगा जिल्लाको जिल्ला ईन्चार्ज विवेक सी ले कार्यक्रममा बोल्दै आज भन्दा १ सय ३० बर्ष पहिले चिनको हुनान प्रान्तमा मध्यम परिवारमा जन्मिएका माओले चीनिया कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनलाई जापानीज साम्राज्यवादको उत्पीडन बाट मुक्त गरी आजको चिनियाँ व्यवस्था स्थापना गरेको कुरा जानकारी गराउदै नेपालको एकीकृत जनक्रान्तिमा त्यसकाे महत्त्व र सान्दर्भिकताका विषयमा प्रष्ट पारेका थिए । एकीकृत जनक्रान्तिमा माओले विकास गरेकाे दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद विषयमा गहिरिएर अध्ययन गर्नु पर्ने पनि बताए । साथै माओले विकास गरेकाे अनुशासनका नियमहरु दृढतापूर्वक पालना गरेर २१ औँ शताब्दीमा नेपालमा वैज्ञानिक समाजवादको झन्डा फरफराउनु पर्ने बताए ।नेपालका कम्युनिस्टहरु टुट्फुट भएर हैन एकीकृत भएर अगाडि बढ्न पनि अनुरोध गरेका थिए ।
कार्यक्रममा त्रियुगा नगरपालिका वार्ड न ११ का पुर्ब निजमती कर्मचारी योगेन्द्र बहादुर तामाङ्गलाई कार्यक्रमका अतिथिहरुले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रमका अतिथि नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य प्रयास सुनार ले मओको योगदान र माओले देखाएको बाटोमा सबै लामबद्द हुन अनुरोध गरेका थिए । त्यस्तै मजदुर पार्टीका महासचिव हिमालले पनि माओको योगदान र माओले देखाएको बाटो बिश्वका सबै कम्युनिस्टहरुले समात्नु पर्ने कुरामा जोड दिएका थिए। कार्यक्रमकाे संचालन पार्टीका जिल्ला कमेटि सदस्य युबराज सी ले गरेका थिए भने अध्यक्षता जिल्ला सेक्रेटरी मिन प्रसाद सि ले गरेका थिए ।- अनिता गजमेर

प्रतिक्रियाहरु