युवा सङ्गठन नेपाल, कास्कीको अध्यक्षमा युवराज

२०७९ पुष १२ गते, मंगलवार


काठमाण्डाैं । युवा सङगठन नेपाल कास्कीको चौथो जिल्ला सम्मेलन पोखरामा सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा युवराज सी, उपाध्यक्षमा भिम सी र मिलन सी, सचिवमा महेन्द्र सी, सहसचिवमा सन्दीप सी र काेषाध्यक्षमा विबेक सी सहित २५ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
१३० औं माओ जयन्तीको अवसर पारेर आयोजना गरिएको उक्त सम्मेलनलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय सदस्य तथा संगठनका केन्द्रीय अध्यक्ष पाटन सी ले संसदीय व्यवस्थाको मलामी जान तयार हुन युवाहरुलाई आग्रह गरे । माओको बाटो र विचारलाई त्यागेर व्यवस्था परिवर्तन नहुने समेत प्रमुख अतिथि पाटन सी ले बताए । कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि सदस्य तथा जिल्ला सेक्रेटरी काजी सी ले पनि सम्बोधन गरेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश संयोजक प्रकाश सी ले शुभकामना मन्तव्य राखेका थिए भने महानगर सेक्रेटरी सोममाया सी र कार्यालय सदस्य परिवर्तन सी ले नवनिर्वाचित समितिलाई बधाई दिएका थिए । नवनिर्वाचित समिति सदस्यहरुलाई सेक्रेटरी तथा केन्द्रिय प्रतिनिधि सदस्य काजीले सपथ खुवाएका थिए । कार्यक्रमको अध्यक्षता सम्मेलन आयोजक समिती संयोजक युवराजले गरेका थिए भने स्वागत मन्तव्य भिम सी ले गरेका थिए । कार्यक्रमको सञ्चालन भने सन्दीप सी ले गरेका थिए । कार्यक्रममा जिल्ला सचिवालय सदस्य कुमार , कर्ण , जिल्ला सल्लाहकार पुस्प लगाएत जिल्ला समिती सदस्य , युवा सङ्गठनका केन्द्रीय सदस्य अनिल र अन्य युवाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु