माक्र्सवाद कि मनोगतवाद ?

२०७९ पुष १२ गते, मंगलवार
सञ्जीव सी



हिजो आज रातोखवर साप्ताहिकमा धर्वेन्द्र वास्तोला उर्फ कञ्चनको नाममा “विप्लवका खण्डनहरु” शिर्षकमा हाम्रो पार्टी र महासचिव कमरेड विप्लव सीका बिरुद्धमा तथ्यहरुको टोडमरोडसहित अनेक भ्रमहरुको सिर्जना गर्दै कथित क्रान्तिकारीताको प्रहसन गरिदैछ । कञ्चन र उनी सम्वद्ध गुटका केहि मानिसहरुद्वारा हाम्रो पार्टी र नेतृत्वहरुको बिरुद्धमा चलाइएका अनर्गल प्रचारहरुलाई हेर्दा लाग्दछ कि –उनीहरुको एकसुत्रीय प्रस्ताव नै क्रान्तिकारी पार्टी र नेतृत्वका बिरुद्ध तथानाम गर्नु, तथ्यहरुको टोडमरोड गर्दै भ्रमको खेती गर्नु, वर्गदुश्मनका बिरुद्ध होइन बरु क्रान्तिकारी पार्टी र नेतृत्वका बिरुद्ध सम्पूूर्ण ताकतको प्रयोगद्वारा हमला गर्नु र आफ्नो अस्तित्व रक्षा गर्नुमा अन्तरनिहित रहेको छ । गएको २०७९ वैशाखमा सम्पन्न आठौं केन्द्रीय समितिको बाह«ौं पूर्ण वैठकमा स्थानीय निर्वाचन सम्वन्धि चलेको वहसलाई बाहना वनाएर पार्टीवाट भागेको कञ्चन गुटले अलिकति पनि लाज–शरम नमानीकन त्यस प्रकारको हद दर्जाको तथ्यहीन अनर्गल प्रचार गर्नुलाई अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माक्र्सदेखि माओका पालासम्म व्यक्त भएका नकारात्मक बिरासतका अभिव्यक्तिका रुपमा हेर्नु र वुझ्नु सहि हुने छ । प्रथम अन्तराष्ट्रियताका माक्र्सलाई जर्मन तानाशाह, यहुदी र सामन्ती देख्ने बाकुनिन, दोश्रो अन्तराष्ट्रियताका लेनिनलाई एकेश्वरवादीहरुको ईश्वर, राजधर्मको गुरुको रुपमा आरोपित गर्ने ट्रटस्की, तेश्रो अन्तराष्ट्रियताका स्टालिनलाई तानाशाह, जुवाडेका रुपमा आरोपित गर्ने ख्रुस्चेभ, र सन सत्तरीको दशकमा माओलाई प्रोजेक्ट ५७१ अन्तर्गत बम विष्फोट गरी हत्याको योजना वनाउने लिन पियाओ आदि केहि प्रतिनिधि घटनाहरुभन्दा पनि अझ डरलाग्दो र नयाँ सँस्करणका रुपमा आज कञ्चन गुटमा रहेको व्यक्तिवादी अराजकतावाद व्यतm भएकोछ ।
राजनैतिक विज्ञानका अनेक आयामहरुमा व्यक्तिवादी अराजकतावादले रणनैतिक महत्वका विषयहरुलाई कार्यनैतिक महत्वका विषय बनाउने वामपन्थी अवसरवाद र कार्यनैतिक महत्वका विषयहरुलाई रणनैतिक महत्वका विषय बनाउने दक्षिणपन्थी अवसरवादको दलदलमा पु¥याउने गर्दछ । व्यक्तिवादी अराजकतावादको यहि विशेषताका करण राजनैतिक र साङ्गठनात्मक रुपले मालेमावादका सार्वभौम सच्याइलाई समेत लत्याउदै एकाङ्गीपनको डरलाग्डो भूमरीमा फस्न पुग्दछ र अन्तत्त क्रान्तिकारी पार्टी र आन्दोलनलाई नै बिर्सजनमा पु¥याउँदछ । व्यक्तिवादी अराजकतावादको दार्शनिक श्रोत मनोगतवाद हो । मनोगतवादले विज्ञानका तथ्यहरुका आधारमा होइन बरु आफूलाई जे लाग्यो त्यहि कुरालाई नै अन्तिम सत्य मान्दै तथ्यहरुको टोड–मरोड गर्न पुग्दछ । त्यसले मालेमावादी विचार–राजनीति, पार्टी कार्यदिशा, संगठनात्मक सिद्धान्त, नीति कार्यक्रमहरु तथा कार्ययोजनाको आधारमा होइन बरु त्यस विपरित आफूलाई लागेको कुरालाई नै सार्वभौम तथ्यहरुको कसीमा व्याख्या गर्दै विज्ञानलाई नै विषयान्तर गर्ने प्रयत्न गर्दछ । ठीक यहि कुरा आज नेपालको कम्युनिस्ट आन्दोलनमा कञ्चन गुटले पछयाईरहेकाछ । उक्त गुटले आफूलाई बडोे क्रान्तिकारी देखाउने नाममा नेकपा र यसको नेतृत्व तथा एकिकृत जनक्रान्तिको कार्यदिशाका बिरुद्ध तथानाम गरिरहेको छ । उक्त गुटमा विकास भैरहेको मनोगतवादले मालेमावादी राजनैतिक विज्ञानको सहि रुपमा अध्ययन र प्रयोग तथा विकास गर्ने कुरालाई इन्कार गर्दै विज्ञानलाई अनुसन्धान होइन बरु अनुकरण मात्र गर्ने जडसुत्रिय परंपरागत धर्राको रुपमा थोपर्न पुगेकोछ । मनोगतवाद अन्तत्त गुटवाद, अराजकतावाद र फुटवादमा व्यक्त हुन पुग्दछ । कञ्चन गुटमा अन्तर्निहित मनोगतवादको विश्लेषण गर्दै आठौं केन्द्रीय समितिको तेह«ौ पूर्र्ण वैठकको प्रस्तावमा भनिएकोछ – “एउटा आश्चार्यलाग्दो र विश्व कम्युनिस्ट आन्दोलनमा कमै भेटाइने गुटवाद, अराजकतावाद र फुटवाद सुर्दशन–कञ्चनमा देखाप¥यो । पार्टीले अगाडि सारेको एउटा कार्यनीति जुन कार्यनीति मुख्य पनि होइन, सहायक खालको हो, लाई कारण देखाएर पार्टीभित्र एक महिना पनि वहस, छलफल नगरी पार्टीका सारा मूल्य–मान्यता,विधि–पद्धतिहरुलाई मिच्दै–किच्दै हदै अराजकतावादको प्रयोग गर्दै फुटको घोषणा गर्नु भनेको द्वन्द्वात्मक भौतिकवाद र सजातीय विपरितहरुको एकत्वको नियमलाई पार्टी जीवन र क्रान्तिमा आत्मसात गर्न नसक्नु हो ।” माथि उल्लेखित सारांशले स्पष्ट गर्दछ कि कञ्चन गुट मनोगतवादले ग्रसित हुन पुगेको छ र आफनो अस्तित्व रक्षाको लागि पागल प्रलापको सहारा लिन पुगेको छ । उक्त गुट वामपन्थी वचकनाका रुपमा पनि राम्रोसँग स्थापित हुन पुगेको छ । वामपन्थी वचकनाले राजनैतिक विज्ञान, कम्युनिस्ट आन्दोलन, नेतृत्व र संघर्षको मामिलामा हददर्जाको मनोगतवाद र केटाकेटीपना देखाउन पुग्दछ । नेपाली कम्युनिष्ट आन्दोलनमा पछिल्लो पटक माओवादी पार्टी र नेतृत्वका आत्मसमर्पनवाद तथा विर्सजनवादविरुद्वको पहिलो र जडसुत्रिय सँशोधनवादको विरुद्वको दोश्रो पटकको पार्टी पुनरगठन चानचुने विषय थिएन, निकै जटिल तर अनिवार्य मामिला थियो । त्यसको मूल अन्तरवस्तु भनेको नेपालमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नु थियो । हाम्रो पार्टीको मूल नेतृत्व जसलाई आज उनीहरुले प्रमुख निशानाका रुपमा आक्रमन गरिरहेका छन् । उक्त जटिल कार्यको नेतृत्व गरिरहँदा कञ्चनले हद दर्जाको वैचारिक र संगठनात्मक अवसरवादको भूमिका निर्वाह गरिरहेका थिए । कमरेड किरणको जड्सूूत्रीय संशोधनवादको बिरुद्धमा पहिलो पटक शिवगढीको भेला चल्दै गर्दा उनी मोहन वैद्यसँग एउटै कोठामा खानपान गर्दै थिए । पछि वैद्यका सल्लाहकारहरुले उनलाई वैचारिक र सँगठनिक रुपमा अवसरवादी रहेको विश्लेषण गर्दै बरियताक्रममा पुच्छरमा राखेपछि मात्र वाध्य भएर हाम्रो पार्टीमा सहभागी भएको तथ्य कसैवाट छिपेको छैन । कञ्चनलाई न यो पार्टी पुनरगठनको चासो र चिन्ता थियो न त क्रान्तिकै चासो र चिन्ता, उनले त जहिले पनि मनोगतवादले ग्रस्त भएर आफ्ना विषयहरु प्रस्तुत गर्ने गर्दथे । केन्द्रीय समितिको एउटा वैठकमा उनले लाखौ जनमुक्ति सेना भर्ना गर्ने त्यो कुरा थाहा पाएर पुरानो सत्ता हामीसँग आत्मसमर्पन गर्न आउछ र कम्युनिस्ट सत्ता स्थपाना गर्न सकिन्छ भन्ने उताउलो र फतुर तर्क गर्दा वैठकमा हाँसो चलेको थियो । उनमा रहेको अन्र्तनिहित सिद्धान्त र व्यावहारका विचमा रहेको अन्तरविरोधका कारण पनि मनोगतवादकै समस्याको रुपमा वुझ्नुु सहि हुनेछ । यहि मनोगतवादका कारण उनले पार्टीको सामान्य कार्यनैतिक महत्वको विषयलाई रणनैतिक महत्वको विषय वनाएर पार्टीलाई फुटमा पु¥याए । एउटा सजीव र जीवन्त पार्टीमा वहसहरु हुन्छन् तर त्यस प्रकारको वहसमा धैर्य गर्ने, त्यसलाई सत्य कुराको अन्वेषणको थलो वनाउने,व्यवहारद्वारा आफ्नो मतहरुलाई सावित गर्ने हिम्मतका विपरित कञ्चन गुटले मनोगतवादी दम्भका कारण पार्टीलाई एकतावद्ध राख्ने हिम्मत गर्न सकेन । हिजोआज उनले हाम्रो पार्टी र नेतृत्वका बिरुद्ध जुन तथानाम गर्ने तरिका अवलम्वन गरिरहेकाछन् त्यसले उनको वामपन्थी वचकपनाको मनोगतवादी रोगलाई अझ वढाइरहेको कुरा प्रष्ट हुदै गईरहेको छ । एउटा सामान्य चुनावी कार्यनीतिको वहसवाट भागेर ठूला र चर्का क्रान्तिकारी कुरा गर्ने मात्र होइन बरु पार्टी फुटाएर किरणसँग पार्टी एकताको हार–गुहार गर्नुले कञ्चनमा अन्तरनिहित मनोगतवादलाई राम्रोसँग पुष्टि गरेको छ । कमरेड विप्लवले चुनावको कार्यनीति पेश गरेर संसदवादमा प्रवेश गरेकोले पार्टी पुनरगठन गर्नुपरेको हवाला दिइरहेको कञ्चन गुटको तथयहीन तर्कहरुको विश्लेषण गर्दै आठौं केसको तेह«ौं पूर्ण वैठकको प्रस्तावमा भनिएकोछ – “चुनाव त केवल निमित्त र देखावटी कारण मात्र हो । भित्री कारण भनेको सुदर्शन–कञ्चनमा वर्ग संघर्ष, क्रान्ति, नेपाली विशेषताको एकीकृत जनक्रान्ति र यसका रणनीति र कार्यनीतिलाई वुझ्ने र प्रयोग गर्नेमा रहेको कमजोरीका साथै त्यसवाट पैदा भएको आर्थिक एवँ संगठनात्मक विचलन मुख्य हो ।” सोही प्रस्तावमा कञ्चन गुटमा विकसित भैरहेको प्रवृत्तिहरुको किटान गर्दै भनिएकोछ – “दर्शनको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादका विपरित अधिभूतवाद र यान्त्रिक भौतिकवाद, राजनीतिक क्षेत्रमा–खोक्रो वामपन्थी अवसरवाद, सँगठनात्मक क्षेत्रमा – वुर्जुवा अराजकतावाद,गुटवाद र फूटवाद, आर्थिक रुपले – पँुजीवादी अराजकतावाद, वर्ग संघर्षका दृष्टिले – आत्मसुरक्षावादी, पश्चगामी र अवस्तुवादी तथा साँस्कृतिक रुपले – पुँजीवादी सँस्कृति रहेको” निष्कर्ष निकालिएको छ । हाम्रो पार्टीले अँगाालेको र प्रयोग गरिरहेको द्वन्द्वात्मक भौतिकवादी दर्शन हो । जसले हरेक वस्तुमा अन्तरनिहित सारतत्वलाई एक पक्षीय रुपमा नभई वहुआयामिक कोणवाट हेर्ने, वुझ्ने र प्रयोग गर्ने कुरालाई प्रस्थान विन्दु बनाउँदछ । यसका विपरित कञ्चन गुटले हददर्जाको अधिभूतवाद र यान्त्रीक भौतिकवाद प्रयोग गर्नुका साथै हाम्रो पार्टीको आठौ महाधिवेशन द्धारा सँश्लेषण गरिएको सजातिय विपरितहरुको एकत्वको नियम प्रयोग गर्दा उनमा अन्र्तिहित मनोगतवाद एक्सपोज हुन पुगेको मात्रहो । उनिहरुले भन्ने गरेको कथित पार्टी पूणरगठनको अघिल्लो दिनसम्म उनीहरुले सात वर्षसम्म पार्टीले अँगालेको विचार, कार्यदिशा र नेतृत्वलाई महान बताउदै आएका थिए । आठांै महाधिवेशनवाट अगाडि सारिएको मालेमावादी विचारको विकासलाई ऐतिहासिक बताउदै त्यसलाई विकास गर्नु पर्ने अपरिहार्यतामाथि जोड दिइरहेका थिए । त्यसका विपरित आज उनीहरुले पार्टी विचार, कार्यदिशा र नेतृत्वका बिरुद्ध तथानाम गरिरहेका छन् । पार्टी विचार र कार्यदिशालाई सारसङ्ग्रहवादी भएको, नेतृत्वलाई बिरुप्पनसँग तुलना गर्दै उनीहरुले आफ्नै निर्णय र निष्कर्षहरुप्रति मजाक गर्न पुगेका छन् । यस अर्थमा उनीहरु प्रकारान्तरले पार्टी र क्रान्ति तथा देश र जनताप्रति गम्भीर घात गर्न पुगेका छन् । आज उनीहरुले पार्टी विचार, कार्यदिशा र नेतृत्वका बिरुद्ध जुन निष्कर्ष निकालेका छन्, त्यस विपयमा समयमै पार्टीको केसमा भिन्न प्रस्ताव या आफ्नो मौखिक मत दर्ज गर्ने आँट किन गर्न सकेनन् र स्थानीय चुनावको कार्यनैतिक प्रस्तावलाई निहुँ बनाउनु प¥यो ? माथि उल्लेख गरिएझैं यो केवल निमित्त कारण मात्र हो । बरु तथ्य कुरा यो हो कि उनीहरुमा अन्तरनिहित राजनैतिक–वैचारिक, संगठनात्मक, आर्थिक र साँस्कृतिक अराजकताका समस्याहरु केसको वैठकमा छताछुल्ल हुन पुग्यो र उनीहरुलाई अनुशासनको दायरामा लिन पार्टीले कदम चाल्नु पर्ने भयो । समय र सन्दर्भका दृष्टिले यसको इपिसेन्टर आठौ केन्द्रिय समितीको बाह्रौं पुर्ण बैठक बन्न पुगेको मात्र हो । यी घटनाक्रम, तथ्य र कारणहरुले उनीहरुमा दार्शनिक रुपले अधिभूतवाद र यान्त्रिक भौतिकवाद रहेको तथ्यलाई स्पष्ट गर्दछ । राजनैतिक रुपले खोक्रो वामपन्थी अवसरवाद जो रुपमा हेर्दा बडोे क्रान्तिकारी देखिने, क्रान्तिका चर्का कुरा गर्ने, वर्ग संघर्षका खास–खास मोडहरुमा पुच्छर लुकाउने या वर्ग संघर्षको महत्वलाई अवमूल्यन गर्ने र विषयान्तर गर्नेका रुपमा देखा पर्दछ । कञ्चन आफै त्यस्ता व्यक्ति हुन् जो जनयुद्धका दौरानमा यूरोपमा वस्दथे । हाम्रो वुझाईमा उनले नेपालको जनयुद्धका दोरानमा सँचालन गरिएका हजारौं फौजी मोर्चाहरुमा एउटा वन्दूकको ट्रिगर अन गरेको या माईन विष्फोट गरेको एउटा पनि रेकर्ड छैन होला । यस अर्थमा उनी आरसीपी अमेरिकाका अध्यक्ष बबअबाकिनका खास चेला मात्र हुन् बरु बबले भलै मालेमावादको विकासका सन्दर्भमा कैयौ खोज, अध्ययन र अनुसन्धानलाई शास्त्रीय रुपमा अगाडि बढाएकाछन् । युद्धको वास्तविक पीडा र जटिलतालाई अनुभव नगरेका बरु उटपट्याङ तर्कका खानी कञ्चनले जनयुद्धका विभिन्न फौजी मोर्चाहरुमा सफल नेतृत्व गरेका नेता–कार्यकर्ताहरुलाई आत्मसुरक्षावादी र लठैटको आरोप लगाउने गरेका छन् । आज उनले बडोे ठूलो स्वरमा आफु नै अरुभन्दा अब्बल क्रान्तिकारी रहेको स्वाङ गरिरहेका छन् । त्यसले उनमा राजनैतिक रुपमा रहेको केवल खोक्रो वामपन्थी अवसरवादलाई मात्र व्यक्त गर्दछ । संगठनात्मक रुपले उक्त गुट वुर्जवा अराजकतावाद, गुटवाद र फुटवादमा लिप्ट रहेको तथ्य त उनीहरुकै क्रियाकलापले पुष्टि गरेकै छ । पार्टीको केन्द्रीय नीतिका बिरुद्ध आफ्नो मनोगतवाद लाड्ने, त्यसका लागि गुटबन्दी गर्ने,पार्टीका सम्वेदनशील सूचनाहरु बाहिर दिने र अन्ततः पार्टीलाई फुटवादमा पु¥याउने, जुन तरिका उनीहरुले प्रयोग गरे, त्यो हददर्जाको बुर्जुवा अराजकता सिवाय केहि पनि होइन । कम्युनिस्ट पार्टीले जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तका आधारमा पार्टी र क्रान्तिलाई एकतावद्ध गर्नु, आफ्ना विचारहरु खुलस्त रुपमा आफ्नो कमिटीमा राख्नु, त्यसलाई प्रयोगको तहमा पु¥याउन सामुहिक निर्णय व्यक्तिगत उतरदायित्वको कम्युनिस्ट परंपरा र मान्यतालाई मिचेर उक्त गुटले आफ्नो मनोगतवादको सारलाई पुष्टि गर्न बुर्जुवा अराजकताको तहमा विकसित गर्न पुगेको छ जुन अन्ततः गुटवाद हुदै फुटवादको तहमा व्यक्त हुन पुग्यो ।
आर्थिक रुपमा उक्त गुट दलाल पुँजीवादी अराजकतावादमा पतन हुन पुगेकोछ । जनयुद्धकालमै निकै अपारदर्शी रहेको, सामुहिक सम्पतिलाई रातारात निजीकरण गरेको र अहिले पनि पार्टीको केन्द्रीय नीतिका विपरित व्यक्तिगत आर्थिक उर्पाजनको क्रियाकलापमा केन्द्रित भइरहेको छ । उतm गुट पार्टीको लाखौं रकम रातारात खर्च गर्ने, करोडौं रकम चन्दाका रुपमा सङ्कलन गर्ने, सामुहिक उत्पादन र श्रम कार्यलाई सामन्ती प्रवृतिका रुपमा परिभाषित गर्ने, आफू महँगो खर्च सहित घरभाडामा वस्ने र अरुलाई आर्थिक पारदर्शिताको उपदेश दिने पँुजीवादी अराजकतावादमा लिप्ट हुन पुगेको छ । वर्ग संघर्षका दृष्टिले उक्त गुट कुहिरोको काग वनेको छ । सिद्धान्तत वर्गसँघर्षका ठूल–ठूला कुरा गर्ने तर व्यवहारमा सिन्को नभाँच्ने, जुझारु माक्र्सवादको सारतत्वमा हद दर्जाको आत्मसुरक्षावादमा व्यक्त हुने, योजना र कार्यक्रममा पश्चगामी चेतनामा व्यक्त हुने जसको कारण समग्र योजना नै अवस्तुवादी हुने उक्त गुटको विशेषता वनेको छ । अहिले उनीहरुले प्रयोग गरेको पार्टी कार्यदिशा एकीकृत जनयुद्धको पदावलीले यो कुरालाई पुष्टि गरेको छ । साँस्कृतिक रुपले उक्त गुटले पुँजीवादी छाडावादलाई प्रश्रय दिइरहेको कुरा पनि कतैवाट लुकेको छैन । माक्र्सवादी एकनिष्ठताका विपरित बहुनिष्ठताको प्रयोग र पक्षपोषण गर्ने, संस्कार, संस्कृतिमा हददर्जाको झुठ र बदमासी गर्ने, पद र प्रतिष्ठाको लागि मरिहत्ते गर्ने र पार्टीमा महान सर्वहारा साँस्कृतिक क्रान्तिद्वारा विश्व दृष्टिकोणको समस्या समाधान गर्ने विचार राख्ने तर सारमा हददर्जाको बुुर्जुर्वा र दलाल पुँजीवादी विश्व दृष्टिकोण अँगाल्नु कञ्चन गुटको लम्पत मनोगतवादी चारित्रिक विशेषता वनेको छ ।
कञ्चन गुटले माथि उल्लेखित आफ्ना गैरमाक्र्सवादी मूल्य–मान्यताको ढाकछोप गर्न हाम्रो पार्टी र नेतृत्वका बिरुद्ध हद दर्जाको तथानाम गरिरहेको छ । वर्ग बैरीहरुलाई सहयोग पु¥याउने उनीहरुको यो हर्कत लामो समय भने चल्ने छैन । किन कि उनीहरुको यो तरिका पुरापुर पार्टी र क्रान्ति तथा देश र जनताको बिरुद्ध रहेको छ । नौ मतलाई वहुमतको हवाला दिएर गणित विज्ञानलाई नै विषयान्तर गरेको उक्त गुटको विश्व दृष्टिकोणमा रहेको अधिभूतवाद र यान्त्रिक भौतिकवाद, राजनीतिमा रहेको खोक्रो वामपन्थी अवसरवाद, संगठनात्मक रुपमा रहेको बुर्जुवा अराजकतावाद, गुटवाद र फुटवाद, आर्थिक रुपमा रहेको पुँजीवादी अराजकतावाद, वर्ग संघर्षको क्षेत्रमा रहेको आत्मसुरक्षावाद, पश्चगमन र अवस्तुवादी तथा साँस्कृतिक क्षेत्रमा रहेको बुर्जुवा अराजकतावाद र छाडावादका कारण यसको पतनलाई कसैले रोक्न सक्ने छैन । उनीहरुले आफ्नै अस्तित्व रक्षाको लागि हाम्रो पार्टी र नेतृत्वका बिरुद्ध हजार बार जोर जुलुम गरे पनि राजनैतिक विज्ञानको कसीमा उनीहरुको मनोगतवादद्वारा निर्देशित व्यक्तिवादी अराजकतावाद आगामी दिनमा पानीका फोका जसरीनै विलिन भएर जाने निश्चित छ । धैर्य गरौं समयले सबै चीजको छिनोफानो गर्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु