नेकपाद्वारा माओ दिवसमा जनसभा:दर्जनौ नेता नेकपामा प्रवेश

२०७९ पुष ११ गते, सोमबार


काठमाण्डाैं । नेपाल कम्युनिस्ट पार्टीद्वारा काठमाण्डाैंमा १३० अाैं माओ दिवसकाे अवसरमा आयोजित जनसभा समाराेहमा विभिन्न पार्टीबाट १०० जनाबढि नेता तथा युवाहरु नेकपामा ध्रुविकृत भएका छन । काठमाण्डाैं महानगरपालिका, भक्तपुर, ललितपुर । नेकपा बहुमतबाट पनि ध्रुविकृत भएका हुन् । काठमाण्डाैंको शान्तिबाटिकामा भएकाे उक्त जनसभालाई सम्बाेधन गर्दै प्रमुख अतिथि दीर्घ सीले बिभेदकाे मुख्य जरा सम्पति हाे, त्यसकाे नेतृत्व पुँजिवादीहरुले गरेकाे बताए । उनले भने, ‘पुँजीवादीहरुले स्वार्थ अनुरुप सुरक्षा संयन्त्रहरुलाई राेबाेर्ट बनाउँछन् । जहाँ आदेशकाे भरमा प्रयाेग गर्छन् । याे सबै अन्त्य गर्नकाे लागि बैज्ञानिक समाजवादी राज्यब्यवस्थाकाे आवश्यक्ता छ ।’
माओले चिनमा च्याङ्काईसेकसँग लड्न बीसौं वर्ष लागेकाे र लाखाैंले सहादत्त गर्नु परेकाे बताए । माओ मुक्तिदाता, संसारका सर्वहारा वर्गकाे नेता भएकाे बताए । उनले भने, ‘माओ बिचारले चिनलाई वर्तमान अवस्थामा पुर्याए, कम्युनिस्टहरुकाे आदर्श, सर्वहारा वर्गकाे मुक्तिदाता हुन् । संसारका सर्वहारा वर्गकाे नेता हुन् । तर, पुँजीवादीहरुकाेचाहिँ हाेईन ।’
जनसभालाई सम्बाेधन गर्दै, सहिद परिवार समाजका अध्यक्ष खुमा सीले वन्दुककाे छुट्कारा पाउनकाे लागि २०५२ सालमा शुरु भएकाे संघर्ष नसकिएकाे बताए । उनले, हिज क्रान्तिकाे नेतृत्व गर्नेहरु आज साम्राज्यवादीहरुकाे दलाल भएर सहिदकाे रगतमा खेलवार्ड गरिरहेकाे आराेप लगाए ।
नेवा मुक्ति माेर्चा अध्यक्ष सुरेन्द्र महर्जनले वाङ्मिन र लिन्पियाओकाे षड्यन्त्रलाई चिर्दै चिनलाई आजकाे अवस्थामा ल्याउनु भएकाे जस्तै नेपालकाे क्रान्तिलाई पनि नेकपा महासचिव बिप्लवले बैज्ञानिक समाजवादमा पुर्याउने बताए । उनले, संसदीय ब्यबस्था केवल प्रधानमन्त्री र मन्त्री उत्पादन गर्ने भट्टीबाहेक केही नभएकाे बताए ।

त्यस्तै, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महासचिव राजकुमारी सीले ‘सत्ताबाहेक सबै भ्रम हाे ।’ भन्ने माओकाे भनाईलाई आत्मसाथ गर्नुपर्ने बताए । कार्यक्रमलाई पाेलिटब्यूराे सदस्य माईला लामाले अध्यक्षता गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

उपनिर्वाचन : मौन अवधि सुरु

२०८१ बैशाख १३ गते, बिहीबार